सन्दर्भ:विश्व स्तनपान सप्ताह ‘नियमित स्तनपान गरेका बालबालिका विरामी पर्दैनन’

२४ श्रावण २०७३, सोमबार १३:४२
 

सपना विष्ट/सदरलाइनडटकम
२५ साउन, नेपालगन्ज : नियमित स्तनपान गराउदा आमा र बच्चाको स्वास्थ्यमा निखार आउने भएकोले यसको अवलम्बनलाई प्रभावकारी बनाउन घरपरिवारको सहयोगको खाँचो रहेको सरोकारवाला निकायले औल्याएको छ । IMG_8484 copy
नेपालगन्जका वरिष्ठ बालरोग विशेषज्ञ डा.बिनोदकुमार खेतानले नियमित स्तनपान गराउने आमा र बच्चा दुबैकोे स्वास्थ्य निरोगी भएर आउने दावी गरे । उनले भने–‘जन्मेदेखि नै कम्तिमा पनि ६ महिनासम्म आमाले आफ्नो बच्चालाई स्तनपान गराउने हो भने त्यो आमा र बच्चा विरामी हुने बिरलै सम्भावना हुन्छ ।’ जन्मेको ६ महिनासम्म नियमित आमाको मात्र स्तनपान गरेको बच्चाले अस्पताल आउन नपर्ने उनको दावी छ ।
उनले आमाको दुधमा अत्यन्तै पौष्टिक तत्व हुनुको साथै रोगसंग लड्ने क्षमता पनि हुने भएकोले बच्चाको लागि आमाको दुध नै उत्तम हुने दावी गरे । ‘केही–केही महिलाहरुमा बच्चालाई स्तनपान गराउदा आफ्नो शाy4 copyरिरीक बनौट ‘फिगर’ विग्रन्छ भन्ने भ्रम रहेको पनि पाईन्छ । म ती आमाहरुलाई भन्न चाहान्छु यदी तपाईले आफ्नो बच्चालाई ब्रेष्ट फिडिङ्ग गराउनु भएन भने मात्र तपाईको ‘फिगर’ विग्रन्छ’–उनले भने ।
उनले केही उच्च घरानामा बच्चा जन्मेको एक दुई महिना नपुग्दै बोतलको दुधमा बानी पार्नको लागि भन्दै विभिन्न ब्राण्डका डिब्बाकोे दुध वा गाई भैसिको दुध खुवाउने चलन पनि रहेको उनी बताउछन् । उनले अगष्ट १ देखि ७ सम्मलाई विश्व स्तनपान दिवसको अवसरमा हरेक दिन ४०÷५० जना आमा र उनीहरुका घरका अभिभावकलाई साथमा राखेर २ घण्टा स्तनपानको महत्व र स्तनपान गराउदा हुने फाईदा, स्तनपान गराउने तरिका जस्ता विषयमा जानकारी दिनुको साथै उनीहरुको अनुभव र जिज्ञासा मेटाउने काम गरेको जानकारी दिए ।
उनले मुस्लिम समुदाय, मधेशी समुदाय, मारवाडी समुुदायमा बच्चालाई स्तनपान गराउनेको संख्या अति नै न्यून भएको बताए । उनीहरुले स्तनपान गराउने भए पनि बच्चालाई सहज हुने गरी स्तनपान गराउन नसक्दा केही जटिलताहरु आउने गरेको बताए । उनले नियमित स्तनपान नगरेका बच्चाहरु हरेक हप्ता विरामी भएर अIMG_8485 copyस्पताल आउने भएकोले स्तनपानको महत्व बुझेर सबै आमाले आफ्ना बच्चालाई स्तनपान गराउन सुझाव दिए ।
उनले भने–‘मुस्लिम, मधेशी, मारवाडी समुदायका महिलाहरुमा स्तनपान गराउने भए पनि उनीहरुमा बच्चालाई सहज र सजिलो तरिकाले वा लोकलाजको कारण बच्चाले खान मागेको बेलामा नखुवाउने र खुवाई हाले पनि बच्चालाई असजिलो हुने गरी खुवाउने गर्दा स्तनमा घाउ हुने गानो आउने हुन्छ ।’
उनले आफुकहाँ उपचारको लागि आउने बालबालिकाका अभिभावकलाई नियमित रुपमा स्तनपान गराउन र आमालाई आफ्नो बच्चालाई स्तनपान गारउने बतावरण मिलाईदिन आग्रह गर्ने गरेको बताए ।
नेपालगन्जमा रहेको निजि स्वास्थ्य संस्थामा कार्यरत उनले कम्तिमा पनि मासिक रुपमा आमा र बालबालिकाको स्वास्थ्यको लागि विभिन्न खाले जनचेनामुलक गतिविधि सञ्चालनमा ल्याउने तयारी रहेको जानकारी दिए ।


  IMG_8486 copy IMG_8490 copy Y1 copy y2 copy y3 copy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पोषाकको कारण विद्यालयबाट बालिका घर फर्काईयो

२४ श्रावण २०७३, सोमबार १३:४२
रुद्र सुवेदी/सदरलाइनडटकम    २४ साउन, नेपालगन्ज : बाँकेका केही संस्थागत विद्यालयमा अध्ययनरत बालिकालाई पोषाकको कारण ती विद्यालयहरुले पढाईबाट बञ्चित गरेको गुनासो अभिभावकबाट आएको छ । बाँकेमा मुस्लिम समुदायका बालिकाको लागि विद्यालयले तोकेको पोषाक अनुसार रंङ्गको कुर्ता र सुरवाल लगाएर विद्यालय जाँदा आफ्ना बालिकालाई विद्यालयले विद्यालयमा प्रवेश नै नदिएपछि सो गुनासो […]

सम्बन्धित