पोखरीमा डुवेका युवकको २४ घण्टापछि शव भेटियो

२० श्रावण २०७३, बिहीबार १३:२७
 

सदरलाइनडटकम
२० साउन, नेपालगन्ज : नेपालगन्जको कारकाँदो पछाडि13901740_414122468757964_2090730369_oको बाबाकुट्टी तलाउमा डुवेर एक युवक वेपत्ता भएको २४ घण्टापछि शव पेलापरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले दिएको जानकारी अनुसार नेपालगन्ज–२४ का १७ वर्षिय मोहम्द सफिक अन्सारीको पौडि खेल्न पोखरीमा पसेको अवस्थामा डुबेर बेपत्ता भएका थिए ।
दिउसो करिव डेढ बजेतिर पौडिखेल्नको लागि पोखरीमा पसेका उनी बाहिर ननिस्केपछि उनको उद्दारको लागि प्रहरीलाई खवर गरिएको थियो ।    अत्यन्तै गहिरो अवस्थाको तलाउमा प्रहरीले अन्सारीको खोजीको लागि सबै प्रयत्न गर्दा पनि उनी नभेटिएपछि उनको खोजतलासको लागि पानीमा खोजी तथा उद्दारको लागि गोताखेरीमा तालिम प्राप्त सशस्त्र प्रहरीका गोताखोर बोलाएर उनको व्यापक खोजि गरिएको थियो ।
बुधबार राती ८ बजेसम्म पनि उनको कुनै पत्तो लगाउन नसकेपछि सशस्त्रका गोताखोर पनि बिहीबार बिहान साढे छ बजेदेखि पुन खोजी तथा उद्दारमा जुटेको थियो । डुबेको करिव २४ घण्टापछि अन्सारीको शव मृत अवस्थामा प्रहरीले तलाउबाट निकालेको प्रहरी उपरीक्षक राईले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मकालु एयरका पाईलट को–पाईलट भन्छन,‘अर्को जुनी पाएको जस्तै भएको छ’

२० श्रावण २०७३, बिहीबार १३:२७
सदरलाइनडटकम २१ साउन, नेपालगन्ज : हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतको लागि उडेको मकालु एयरको नाईन एनएएलडि कलसाईनको किलोचार्ली (सिंगल ईञ्जिन) विमानका चालकदलका सदस्यद्वयले ‘अर्को जुनी पाए’को जस्तै भएको बताएका छन् । नेपालगन्ज मेडिकल कलेज कोहलपुरको प्राईभेट वार्डको बेड नं २ उपचारको लागि भर्ना भएका दुर्घटनाग्रस्थ जाहाजका पाईलट सांगे लामाले भने–‘अर्को जुनी […]