मकालु एयरको विमान दुर्घटना, दुई पाईलट घाइते

२० श्रावण २०७३, बिहीबार ११:४८
 

सदरलाइनडटकम
२० साउन, नेपालगन्ज : हुम्लाको सिमिकोट विमानस्थलबाट सुर्खेतको लागि उडेको मकालु एयरको नाईन एनएएलडि कलसाईनको किलोचार्ली (सिंगल ईञ्जिन) विमान दुर्घटना ग्रस्थ भएको छ । सो दुर्घटनामा मानविय makalu-1क्षति भएको छैन ।
अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक धिरु बस्न्यातले दिएको जानकारी अनुसार सुर्खेतबाट कार्गोलिएर सिमिकोट गएको सो विमान कार्गो छाडेर फर्कने क्रममा हुम्लाको खार्पुनाथ खोला र कर्णालीको दोभानमा फोर्स ल्याण्डिङ्ग गरिएको थियो ।
उडेको केही बेरमै विमानमा समस्या आएको कारण फोर्स ल्याण्डिङ्ग गरिएको हो । बिहीबार दिउसो १५ः ५५ बजे सिमिकोट विमानस्थलबाट उडेर २ माईल पार गरे लगत्तै दुर्घटना भएको बताईएको छ ।
विमानका चालक क्याप्टेन सांगे लामा र सह–चालक प्रशान्त शाह घाइते भएको जानकारी आएको उनले बताए । उनले सिमिकोटमा नै रहेको सिम्रिक एयरको हेलिकप्टरले उनीहरुको उद्दार गरी सिमिकोट पु¥याएको जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाढीप्रभावित गाविसमा भाईरल ज्वरोका विरामी बढे

२० श्रावण २०७३, बिहीबार ११:४८
सपना विष्ट/सदरलाइनडटकम २० साउन, नेपालगन्ज :गत साता राप्ती नदीमा आएको बाढीका कारण डुवानमा परेका गाविसहरुमा विभिन्न रोगका प्रभावहरु देखिन थालेपछि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेले ती गाविसहरुमा औषधीसहित स्वास्थ्यकर्मी खटाएको छ । जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका महामारी रोग नियन्त्रण शाखाका फोकलपर्शन रामबहादुर चन्दले बाढी प्रभावित गाविसमा बाढीपछि माहामारी फैलनसक्ने भएकोले तत्काल […]

सम्बन्धित