एमाले र युवा संघ बाढी प्रभावित क्षेत्रमा

१६ श्रावण २०७३, आईतवार १४:३१
 

20160731_110147 copyसदरलाइनडटकम,
१६ साउन नेपालगन्ज : नेकपा एमाले बाँके र युवा संघ बाँकेको टोलीले बाँकेको राप्तीपारी क्षेत्रका विभिन्न गाविसका बाढी प्रभावित क्षेत्रको स्थलगत जानकारी लिएको छ ।
एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङ, क्षेत्र नम्बर २ का अध्यक्ष राजेन्द्र कँडेल, युवा संघ बाँकेका अध्यक्ष किशोर थापा नेतृत्वको टोलीले राप्तीपारी फत्तेपुर र गंगापुर गाविस र होलिया गाविस १ कुडवामा पुगी बाढीपीडितसँग प्रत्यक्ष भेटघाट गरी अवस्थाबारे जानकारी लिएको हो । सो अवसरमा बाढीपीडितले राप्तीकिनारमा रहेको वस्ती असुरक्षित रहेको भन्दै आफुहरुलाई सुरक्षित स्थानमा सार्न माग गरेका थिए ।
पछिल्लो समय राप्तीनदीले पुर्वतर्फ कटान तीव्ररुपमा गरेका कारण फत्तेपुर र गंगापुरका बासिन्दा बढि जोखिममा रहेको पाइएको एमाले बाँकेका उपाध्यक्ष निरक गुरुङले बताए । बाढीपीडितहरुले अहिलेसम्म आफुहरुको वस्तीमा बाढीको अवस्था बुभ्mन कुनैपनि सरकारी र गैरसरकारी निकाय नपुगेको गुनासो समेत गरेका छन् ।
यसैबीच बाढीप्रभावित क्षेत्रको स्थलगत अनूगमनपछि युवा संघ बाँकेले जिल्ला प्रशासन कार्यालय बाँके मार्फत प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयको ध्यानाकर्षण गराएको छ । युवा संघ बाँकेका अध्यक्ष किशोर थापाद्धारा हस्ताक्षरित ज्ञापनपत्रमा बाढीपीडितको गासबास र कपासको व्यवस्था गर्न तथा औषधी उपचारको व्यवस्था गर्न माग गरिएको छ । भारतीयपक्षले निर्माण गरेको लक्ष्मणपुर बाँध र कलकलवा तटबन्धका कारण बाँकेका होलिया, वेतहनी, फत्तेपुर, गंगापुर लगायतका गाविस बाढीबाट प्रभावित भएको दावी गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेका बाढीपीडितले सुरक्षित बसोबासको व्यवस्था मिलाउन माग गर्दै जिल्ला प्रशासन कार्यालय घेराउ

१६ श्रावण २०७३, आईतवार १४:३१
सदरलाइनडटकम, १६ साउन नेपालगन्ज : बाँकेका राप्ती बाढी पीडितले सुरक्षित बसोबासको व्यवस्था मिलाउनुपर्ने माग गर्दै आईतबार जिल्ला प्रशासन कार्यालय घेराउ गरेका छन् । बाढी प्रभावित होलिया, बेतहनी, फत्तेपुर, बनकट्टी, गंगापुर र मटेहिया गाविसबाट ठूलो संख्यामा सदरमुकाम आएका बाढी पीडितले आइतबार दिउँसो सरकार विरुद्ध प्रर्दशन सहित कार्यालय घेराउ गरेका हुन् । लक्ष्मणपुर […]