प्यूठानमा पहिरोका कारण ज्यान गुमाउनेको संख्या ३६ पुग्यो, पहिरोका कारण ४ सय ६२ परिवार विस्थापित, तथ्यांक संकलन हुँदै

१३ श्रावण २०७३, बिहीबार १४:०२
 

सदरलाइनडटकम,
१३ साउन प्यूठान : प्यूठानमा १३ गाविसमा गएको पहिरोको कारण बिहीबारसम्म ३६ जनाले ज्यान गुमाउनुको साथै ४ सय ६२ परिवार विस्थापित भएको प्रारम्भिक तथ्यांक संकलन भएको छ ।  जिल्ला दैवि प्रकोप उद्धार समितिका अध्यक्ष तथा प्युठानका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले तथ्यांक संकphoto-2 copyलनका लागि विभिन्न निकाय परिचालन गरि प्रारम्भिक तथ्याङ्ग संकलन गरिएको जानकारी दिए । उनले अन्तिम तथ्यांक प्राप्त हुनासाथ राहतका कार्यक्रम संचालन गरिने बताए ।
बाढिबाट विस्थापित हुनेहरुमा फोप्लीमा १ सय ७०, अर्खामा १ सय १३, पुँजामा ६२, खवांगमा ३२, लुङमा १७, स्याउलिवांगमा १८, लिघामा १७, लिवाङमा ९, डामृमा ८, रजवारामा ६, प्यूठान नगरपालिका १३ विजयनगरमा ४, खुङमा ४, भिंगृमा १, ओखरकोटमा १ परिवार रहेका छन् ।
प्यूठानमा पहिरोका कारण ज्यान गुमाउनेहरुको संख्या ३६ पुगेको छ । ५ अझै वेपत्ता छन् । वेपत्ताको खोजीका लागि नेपाली सेना, नेपाल प्रहरी र ससस्त्र प्रहरी परिचलान गरिएको प्रजिअ पन्तले जानकारी दिए । ‘पहिरो जाने क्रम अझै रोकिएको छैन् । सवैभन्दा बढि मानवीय क्षति भएको फोप्ली गाविसमा अझै पनि पहिरो गइ रहेको जानकारी स्थानीयले दिएका छन’–उनले भने । फोप्लीको वडा नं. ५ को भिरकुना बस्तिमा पहिरो जाने र जमिन भाँसिने क्रम अझै रोकिएको छैन् । पहिरोका कारण बाटो अवरुद्ध हुँदा राहत पु¥याउनमा समेत कठिनाई देखिएको छ । सबै भन्दा बढि प्रभावित क्षेत्र फोप्ली र अर्खामा राहत सामाग्री पुराउन असम्भव जस्तै देखिएकाले हेलिकप्टरको आवश्यक पर्ने देखिएको छ ।


 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

प्रकाश मानवअधिकार पुरस्कार–२०७२, नेपालगन्जका मौलाना अब्दुल जब्बार साफी (मञ्जरी) लाई

१३ श्रावण २०७३, बिहीबार १४:०२
सदरलाइनडटकम, १३ साउन, काठमाडौँ : अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले २२ औँ प्रकाश मानव अधिकार पुरस्कारबाट नेपालगन्जका मौलाना अब्दुल जब्बार साफी (मञ्जरी) लाई सम्मान गर्ने निर्णय गरेको छ । इन्सेक कार्यसमितिका महासचिव रमेशचन्द्र पौडेलको संयोजकत्वमा गठित समितिले गरेको सिफारिसका आधारमा उनलाई सम्मानित गर्ने निर्णय गरिएको इन्सेकका अध्यक्ष सुबोधराज प्याकुरेलद्वारा बिहीबार […]

सम्बन्धित