राप्ती नदीमा बाढी खतराको चिन्ह भन्दा ३ मिटर, डेढ हजार परिवार बाढीको जोखिममा हेलिकप्टरबाट सुत्केरीसहित ४ सय १ जनाको उद्दार (फोटो फीचरसहित)

१२ श्रावण २०७३, बुधबार ०६:१२
 

सदरलाइनडटकम
१२ साउन, नेपालगन्ज : समयमै सुझबुझका साथ उद्दार संयन्त्र परिचालन गर्दा बाँकेमा बाढीबाट कुनै मानविय क्षति हुन पाएन । राप्ती नदिमा पानीको सतह ८ दशमलभ १५ मिटरसम्म पुगेको थियो ।
बाढी पूर्वसुचना प्रविधिको प्रयोग तथा जिल्ला दैवि प्रकोप उद्दार समिति बाँकेका विभिन्न क्लष्टरहरुलाई समयमै परिचालित गरेको कारण बाढीका कारण मानविय क्षति हुन नपाएको जिल्ला दैवि प्रकोप उद्दार समिति बाँकेका अध्यक्ष तथा बाँकेका प्रमुख जिल्ला अधिकारी रबीलाल पन्थले जानकारी दिए ।
उनले राप्तीको खोचमा ठूलो संख्यामा मानिसहरु फसेको जानकारी आउने वित्तिकै तत्काल सेनासंग समन्वय गरी उद्दारको लागि हेलिकप्टर पठाईएको जानकारी दिए । सो हेलीकप्टरले बाँके गंगापुर–३ कि शान्ति लोहार स्थानीय स्वास्थ्य केन्द्रमा सुत्केरी हुन नसकेर जटिल अवस्थामा पुग्दा उद्दार गरी नेपालगन्ज नर्सिङ्गहोममा उपचारका लागि भर्ना गरिएको प्रजिअ पन्थले बताए ।
उनले भने–‘नदीमा पानीको सतह बढेको जानकारी पाउने वित्तिकै सुरक्षाका सबै क्षेत्र परिचालन गर्दै उद्दारमा खटायौ । डुंगाबाट संभव हुनेसम्मलाई डुंगाले असम्भव भएको ठाउकालाई हेलिकप्टर प्रयोग गरी उद्दार गरिएको छ ।’
मंगलबार बिहान ६ बजेदेखि राप्ती नदीमा पानीको सतह बढ्न सुरु गरेको थियो । राती १० बजे राप्ती नदीमा बाढीको सतह बढेर ८ दशमलब १५ मिटर पुगेको थियो । यो अहिलेसम्मकै मापन गरिएको बाढी सबैभन्दा बढी हो । यस अघि २०७१ सालमा ७ दशमलभ ७७ सम्म पुगेको थियो । बुधबार विहान ९ बजेसम्म राप्तीमा पानीको सतह ६ दशमलभ ६० मिटर रहेको छ ।
राप्तीमा बाढी खतराको संकेत भन्दा माथि पुगेपछि जोखिमपुर्ण अबस्थामा रहेका बाँकेको होलिया गाविसको चौफेरीका ४ सय १ जना स्थानीय बासिन्दालाई नेपाली सेनाले हेलिकोप्टर मार्फत उद्दार गरि सुरक्षित स्थानमा सारिएको छ ।
सेनाले हेलिकप्टरमार्फत उद्दार गरेकाहरु अधिकांश बालबालिका, जेष्ठ नागरिक, महिला, पुरुष रहेका छन्् यसमा बालबालिका १ सय ९२, महिला १ सय २६, र पुरुष ८३ रहेका छन् । उद्दारको लागि नेपाली सेनाको नं.४ बाहिनीका बाहिनीपति सहायक रथी नवजीव शम्शेर जवरा, रुद्रध्वज गणका गणपती प्रमुख सेनानी अशोक चन्दको नेतृत्वमा २० ईञ्जिनियर्सको टोली र ४० जना मोटरबोट तथा अन्य उद्दार कार्यमा खटिएका थिए ।
राप्ती नदीमा पानीको सतह अहिलेसम्मकै उच्च बिन्दुमा पुगेको हो । १० बजेदेखि नदीमा पानीको सतह निरन्तर बढी रहेको बाँकेका IMG_7663प्रहरी उपरिक्षक टेकप्रसाद राईले बताए । उनले बाढीबाट प्रभावित लाई तत्काल उद्दारको लागि १ सय ५५ जना प्रहरी परिचालित गरिएको जानकारी दिए । उनले विभिन्न स्थानबाट १ हजार ९ सय ३८ जनालाई हेलिकप्टर, ढुंगा आदीको प्रयोग गरी सुरक्षित स्थानमा सारीएको जानकारी दिए ।
यसैगरी सशस्त्र प्रहरीले पनि उद्दारका लागि गोताखोरीमा विशेष तालिम प्राप्त गरेको टोलीलाई विभिन्न स्थानमा परिचालित गरेको जनाएको छ । सशस्त्र प्रहरीको सीमा सुरक्षा कार्यलय महेन्द्रनगर बाँकेका प्रमुख सशस्त्र प्रहरी उपरिक्षक नेत्र खत्रीले उद्दारको लागि आवश्यक उपकरण सहित २ सय बढी जनशक्ति विभिन्न स्थानमा खटिएको जानकारी दिए ।
बाढी खतराको सतह भन्दा ३ मिटर माथी पुगे पछि राप्ती नदि किनारमा पर्ने आधा दर्जन गाविसका करिब डेढ हजार परिबार बाढीको जोखिममा परेका छन । पानीको सतह अहिले पनि खतराको संकेत भन्दा माथि नै छ । राप्ती नदीमा नदीको सतह ५ मिटर भन्दा माथि पुगेपछि बाढीको खतरा बढ्दै जान्छ । बुधबार विहान ९ बजेसम्म ६ दशमलभ ६० मिटर छ ।
बाँकेको कसुम स्थित बाढी मापन केन्द्रका बाढीको उच्च जोखिममा रहेको होलिया मा बाढी पुग्न करिब ५ घन्टा लाग्ने भएकाले प्रभाबित क्षेत्रमा बासिन्दाहरुलाई बिहानैदेखि सुरक्षित स्थानमा सार्न सुरु गरिएको छ । नदीमा पानीको सहत बढदै गए पछि राप्ती नदी किनाराका होलिया, बेतहनी , मटेहिया, गंगापुर, नरैनापुर, फत्तेपुर र लक्षमणपुर गाविस डुबानको जोखिममा परेका छन । फोटो : रुप्रसु /सदरलाइन
IMG_7723 IMG_7753 IMG_7812

IMG_7602 HoliyaIMG_7541IMG_7863 IMG_7902 copyIMG_7933 copyIMG_7943 IMG_8015


IMG_7608Holiya APFIMG_8021 - Copy

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

आईसिसिको विभेद विरुद्ध आन्दोलनको तयारी

१२ श्रावण २०७३, बुधबार ०६:१२
सदरलाइनडटकम, १२साउन, काठमाण्डौ : अन्तराष्ट्रिय क्रिकेट काउन्सील आईसिसिको विभेदपूर्ण नीतिका कारण नेपाली क्रिकेट धारासायी भएको छ । नेपाल क्रिकेट संघमा राजनीतिक हस्तक्षेप भएको आरोप लगाउदै आईसिसिले निलम्बन गरेको छ । आईसिसि जस्तो क्रिकेटको विकासको लागि खोलिएको संस्थाले एकै प्रकृतिका घटनामा भने फरक–फरक नीति लिईनु राम्रो पक्ष नभएको क्रिकेट प्रेमी राप्रपाका केन्द्रीय […]