राप्तीपारीका ९ गाविसमा मातृ शिशु स्वास्थ्य परियोजना

१० श्रावण २०७३, सोमबार १४:२२
 

सदरलाइनडटकम
१० साउन, नेपालगन्ज : बाँकेको अति विकट क्षेत्र भनेर चिनिने राप्तीपारीका ९ गाविसलाई लक्षित गरि नवजात शिशुis मृत्युदर घटाउन र स्वास्थ्य चौकीमा सुत्केरी गराउनको निमित्त आईएनएफ बाँकेले मातृ शिशु स्वास्थ्य परियोजना कार्यक्रम संचालन गर्ने भएको छ ।   आमा र नवजात शिशुहरुको हेरचाह तथा उनीहरुको सुधारका लागि यस कार्यक्रमले सार्थकता लिने आश गरेको जनाएको छ । राप्तीपारीका गाविस पिछडिएको क्षेत्र रहेको हुनाले त्यस क्षेत्रलाई परिवर्तन ल्याएरै छाडने आइएनएफका प्रबन्धक रामबहादुर सिजालीले दावी गरे ।
आमा बच्चाको स्वास्थ्य कै कारण ज्यान गुमाउन नपरोस भन्ने उद्देश्यका साथ राप्तीपारीका ९ गाविसमा यो कार्यक्रम संचालनमा ल्याएको हो । जिल्लाका अन्य गाविसको तुलनामा राप्ती पारीका ९ गाविस एकदम पिछडिएका र दुर्गम रहेको हुनाले आइएनएफले संञ्चालन गरेकोकार्यक्रमले आमा र नवजात शिशुलाई स्याहार सुसारमा मद्दत पुग्ने जिल्ला विकास समिति बाँकेका वरिष्ठकार्यक्रम अधिकृत सरद पौडेलले बताए । स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरलाई प्रभावकारी बनाउन यस परियोजनाले मद्दत गर्ने कुरामा आफु अशावादी रहेको कार्यक्रम अधिकृत पौडेलको भनाई थियो ।
परियोजना अन्तरगत १ जना सुपरभाईजर ३ जना कर्मचारी लगायत १८ जना स्थानीय जनतालाई सामाजिक परिचालकको रुपमा काम लगाउने आईएनएफ बाँकेले जनाएको छ । आइएनएफले स्वास्थ्य क्षेत्र, अपाङग, एचआईभी लगायतका क्षेत्रमा काम गर्दै आएको छ ।
परियोजनाको बारेमा गरिएको कार्यक्रममा विभिन्न गैर सहकारी संस्था, एनजिओ, आईएनजिओ, स्वास्थ्यकर्मी, सरोकारवाला निकाय, बुद्धिजिवी लगायतको सहभागितामा रहेको कार्यक्रमको संचालन आइर्एनएफ बाँकेका प्रशासन अधिकृत नरेन्द्र साउदले गरेका थिए । तस्बीर : गुगलबाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

मेरो मोबाइल

१० श्रावण २०७३, सोमबार १४:२२
मोबाइलको घण्टी किर किर गरी बज्छ । रातको १० बजेको हुन्छ । म आधा निन्द्रामा हुन्छु, यसैले निरन्तर बजिरहेको घण्टीमा ध्यान गई रहेको हुँदैन । तर पनि रातको १० बजे २,३ पटक एकनासले घण्टी बजेको आवाजले मेरो निन्द्रा भंग गर्छ । म फोन उठाउँछु । निन्द्रैमा ‘हेलो’ भन्छु । उताबाट […]