जिविस बाँकेको विकास मध्येको साढेपाँच प्रतिशत रकम फ्रिज

३ श्रावण २०७३, सोमबार १३:५३
 

रुद्र सुवेदी/सदरलाइनडटकम
३ साउन, नेपालगन्ज : जिल्ला विकास समिति बाँकेले चालु आर्थिक वर्ष २०७२÷७३ का लागि विभिन्न शिर्षकमा विनियोजन गरेको रकम मध्ये विकास रकमको ५ दशमलभ ५ प्रतिशत रकम फ्रिज भएको छ ।  जिल्ला विकास समिति बाँकेका अनुसार विभिन्न शिर्षकमा ५२ करोड ५५ लाख ८४ हजार ५ सय ३ रुपैयाँ विनियोजन गरिएको थियो । यस मध्येबाट सामाजिक सुरक्षा भत्ता र बढी तलव आदीका कारण ‘भोलुम’मा हेर्दा ४ करोड ८ लाख ८७ हजार ३ सय २१ रुपैयाँ खर्च नभएर फिर्ता भएको देखिए पनि यस रकमबाट तत्काल केही रकमको अख्तियारी सहित फिर्ता आउने बताईएको छ ।
स्थानीय विकास अधिकारी जीवलाल भुसालले जिविसको वित्तिय प्रगति ९५ र भौतिक प्रगति ९७ प्रतिशत भन्दा माथि13734738_10210175359523491_295521547_n  रहेको भए पनि विभिन्न कारण बस सो रकम खर्चहुन नसकेको जानकारी दिए । उनले दिएको जानकारी अनुसार सबैभन्दा बढी निर्वाचन क्षेत्र विकास कार्यक्रमको रकम फ्रिज भएको छ ।
जिल्लाका संसदले संसद विकास कोष मार्फत विनियोजन गरेका योजना स्थानीय तहमा जनताले सांसद संबन्धित राजनीतिक दलको मात्र जस्तो व्यवहार देखिएकोले समयमा रकम पनि नलिने र योजना पनि सम्पन्न हुन नसक्दा संसद विकास कोषको रकम तोकीएको काममा खर्च हुन नसकेको जिविसको भनाई छ ।
जिविस बाँकेका अनुसार प्रत्यक्षतर्फ निर्वाचित चारवटै निर्वाचन क्षेत्रका सांसदहरुको निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तरगत् १ करोड ४ लाख ९० हजार ६ सय १६ रुपैयाँ फ्रिज भएको हो ।
यसैगरी स्थानीय स्तरका सडक पुलको १ करोड ३ लाख ७ हजार १ सय ९४ रुपैयाँ फ्रिज भएको छ । सो कार्यको लागि टेण्डर भई सकेकोले यो रकम तुरुन्तै नयाँ अख्तियारी सहित फर्केर आउने जिविसले जनाएको छ ।
त्यसैगरी जिल्ला विकास समितिको अनुदान कार्यक्रमको ३० लाख ३ हजार ९ सय ७६ रुपैयाँ जेके विल्डर्सले लिएको ठेक्काको काम समयमा काम सुरु नगरेको कारण फिर्ता भएको बताईएको छ । सोही ठेकेदारकै कारण संसद विकास कोषको रकम पनि फ्रिज भएको जिविस बाँकेले जनाएको छ ।
संस्कृती प्रर्वधन कार्यक्रमको १७ लाख ३५ हजार ९ सय ७५ रुपैयाँ रकम पनि फ्रिज भएको छ । सो कार्यक्रम अन्तरगत प्रस्ताब मागिए पनि आएका प्रस्तवहरुबाट सम्झौता गर्नै नआएको कारणले रकम फ्रिज भएको स्थानीय विकास अधिकारी भुसालले जानकारी दिए ।
स्थानीय शासनतर्फ २६ लाख २१ हजार, गरिवसँग विशेश्वर कार्यक्रमको १ लाख ९ सय ८६ रुपैयाँ फ्रिज भएको जिल्ला विकास समितिले जनाएको छ ।
चालु आर्थिक वर्षमा २ सय २० वटा विकास निर्माणका काम भएका छन् । जनसहभागिता नजुट्दा र उपभोक्ता तथा निर्माण व्यवसायीले सम्झौता अनुसार समयमा काम सम्पन्न नगर्दा बजेट फ्रिज भएको स्थानीय विकास अधिकारी भुसालले वताए ।
उनले भने–‘समयमा जनसहभागिता जुट्न नसक्नु, उपभोक्ता र निर्माण व्यावसायीले पनि समयमा काम सुरु नगर्ने गरे पनि गुणस्तरीयतामा कमी गर्दै सुरु गर्ने भएकोले पनि योजना निर्धारित समयमा सकिन कठिन हुने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

हराउनेको तुलनामा भेटिनेको संख्या अत्यन्तै न्यून : माईती नेपाल

३ श्रावण २०७३, सोमबार १३:५३
सदरलाइनडटकम, ४ साउन, नेपालगन्ज : मानव बेचखिनका बिरुद्ध क्रियाशिल माईती नेपाल नेपालगन्जमा आर्थिक वर्ष २०७२/०७३ मा खोजतलासका लागि ५ सय ८४ उजुरी परेको छ । यी मध्ये ७७ जनालाई मात्र फेला पार्न सकिएको वा उद्दार गरिएको पाइएको छ । खोजतलास तथा उद्दारको लागि बलियो सरकारी संयन्त्र नहुँदा हराएका वा वेपत्ता […]

सम्बन्धित