अञ्चल प्रहरी भेरीले सार्वजनिक ग¥यो आफ्नो ३ महिने प्रगती

२३ असार २०७३, बिहीबार १०:१६
 

सदरलाइनडटकम

aaa


२३ असार नेपालगन्ज : प्रहरीले बितेका तीन महिनामा ठूलो परिणामको लागू औषध र सो को कारोवारमा संलग्न ४६ जनालाई नियन्त्रणमा लिएर कारवाही प्रकृया अघि बढाएको छ ,  अञ्चल प्रहरी कार्यालय भेरीले आफ्नै कार्यकक्षमा आयोजना गरेको पत्रकार सम्मेलनमा ३ महिनाको अबधीमा मातहातका जिल्लाहरुबाट ६० ग्राम ४ मिलिग्राम ब्राउन सुगर, ५ किलो अफिम, १२ किलो ४ सय ७६ ग्राम चरेश, नाईट्रोजेपाम ५सय ७१ ट्याब्लेट र गाँजा ३ सय ८८ ग्राम नियन्त्रणमा लिन सफल भएको छ ।
पत्रकार सम्मेलनमा बोल्दै अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख बरिष्ठ प्रहरी उपरिक्षक धिरु बस्न्यातले ब्राउनसुगर आफ्ना मातहतको बाँकेका विभिन्न युनिटले विभिन्न समयमा पक्राउ परेको जानकारी दिए । उनले जाजरकोटमा अवैध तरवरले लगाईएको करिव २ सय ५० रोपनीमा लगाईएको अफिम खेती नष्ट गरेको बताए ।
उनले पछिल्लो समयमा प्रहरीका हरेक मुद्दा चल्ने युनिटमा मुद्दाको चाप समेत बढेको बताए । उनले आफ्नो कर्य क्षेत्रका विभिन्न १३ युनिटमा तीन महिनामा ४ सय २७ बटा मुद्दा दर्ता भएको यसमा ठूलो संख्यामा लागु औषधको रहेको दावी गर्दै भने–‘हरेक मुद्दा चल्ने युनिटमा मुद्दाको चाप बढ्दो छ । सबै भन्दा चिन्ताको विषय लागू औषधका मुद्दा बढ्नु रहेको छ ।’
उनले प्रहरीले ७ किलो २२ ग्राम चाँदी, कपडा, सुपारी सिमेन्ट लगायतका तस्करीको सामान सहित १७ जनालाई
नियन्त्रणमा लिएको र बरामद सामानबाट ६९ लाख ६३ हजार ८ सय ९५को सामान राजश्व कार्यालयमा पठाएको जानकारी दिए ।
प्रहरीले विभिन्न अपराधमा सजाय पाएका फरार अपराधीहरु बाँकेका ११, सुर्खेतका ४ बर्दियाका १० दैलेख ७ र जाजरकोट गरी ३७ जनालाई नियन्त्रणमा लिएको जानकारी दिदै भने–‘हाम्रा विभिन्न युनिटले अदालतले सजाय तोकेका फरार अपराधीहरु ३७ जनालाई नियन्त्रणमा लिएका छौ । ’
उनले आफ्नो कार्यालयको क्षेत्राधिकार भित्रका विभिन्न युनिटमा कार्यरत प्रहरीलाई पुरस्कृत र दण्डित गरेको जानकारी दिए । उनले राम्रो काम गरेर पुरस्कृत हुनेमा १४ जना रहेका छन् भने २४ जना प्रहरी कारबाहीमा परेका छन् । यसरी कारबाही हुनेहरुमा प्रहरी उपरिक्षक (एसपी) देखि जवानसम्म रहेका छन ।
अञ्चल प्रहरी कार्यालय भेरीले ३ महिनाको अबधीमा प्रहरी अनुशासन भंग गरेको मानब अधिकार उलंघन गरेको, यातना, भष्ट्राचारलगाएतका बिषयमा दोषि पाएपछि प्रहरी उपरिक्षकदेखि जवानसम्मलाई कारवाही गरेको जानकारी दिएको हो ।  जनतालाई शान्ति शुरक्षाको प्रत्याभुत गराउनका लागि प्रहरीबाट नै शुद्धिकरण अभियानको थालनी गरिएकोले कारवाही र पुरस्कृतको व्यवस्था गरिएको बताए ।
उनले विभिन्न समयमा विभिन्न खालका अप्रेशन चलाई ३ महिनाको अबधीमा अञ्चल प्रहरीले जाजरकोटबाट १ अरब ३७ करोड ५० लाख बराबरको लागुऔषध अफिम खेती नष्ट, बर्दियाबाट जुवाडे सहित ३ लाख १ हजार ५ सय ३३, तस्करीको सामान ६९ लाख ६३ हजार ८ सय ९५, पन्छी र चौपायबाट १ लख ६३ हजार ५ सय ९२ र ट्राफिक कारवाहीबाट ५१ लाख ९६ हजार ५ सय ५० रुपैया राजश्व संकलन गरिएको एसएसपी बस्न्यातले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

‘रामप्यारी–रामआधार शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना

२३ असार २०७३, बिहीबार १०:१६
सदरलाइनडटकम २३ असार नेपालगन्ज :  नेपाल पत्रकार महासंघ बाँके शाखाले ‘रामप्यारी–रामआधार शिक्षा पत्रकारिता पुरस्कार’ स्थापना गर्ने भएको छ । नेपालगन्ज उपमहानगरपालिका–७, फुल्टेक्राका समाजसेवी माधवराम बर्माले आफ्नो आमा रामप्यारी बर्मा र बुवा रामआधार बर्माको नाममा १ लाख १ हजार १ सय ११ रुपैयाँको अक्षयकोष प्रदान गरेपछि महासंघले ‘रामप्यारी–रामआधार’ शिक्षा पत्रकारिता पुरस्कार […]