गाईको पिसाबमा भेटियो सुन ! अब किसान मालामाल

२० असार २०७३, सोमबार १४:२१
 

is सदरलाइनडटकम : गाईको गहुँत पवित्र मानिन्छ र हिन्दु धर्मका देव तथा पितृ कार्यहरुमा गौमूत्रको ठूलो महत्व छ । हुनत विज्ञानले समेत गहुँतको सेवनले मानिसका विभिन्न रोगहरु निको हुने भएकाले गहुँतलाई औषधि नै मानेको छ । धार्मिक तथा आध्यात्मिक रुपमा महत्वपूर्ण मानिएको गाईको गहुँत हुँदा हुँदा आर्थिक रुपमा पनि बहुमुल्य बनेको छ । किनकी गाईको पिसाबमा सुन भेटिएको छ ।
भारतको गुजराँतको जूनागढ कृषि विश्वविद्यालयका प्राध्यापक डाक्टर बि ए गोलकियाले गाइको पिसाबमा सुन भेटिएको दाबी गरेका छन् । उनले आफ्नो एक शोधबाट यो प्रमाणित गरेका छन् की गाईले दुधमात्र होइन सुन पनि दिने गर्छ ।
विश्वविद्यालयको बायोटेक्नोलोजी विभागका प्रमुख गोलकियो आफ्नो ४ वर्षे शोधका दौरान गिर नश्लका ३ सय भन्दा बढि गाईको पिसाबको निरन्तर परीक्षण गरे । गौमुत्रको परीक्षण पश्चात उने यो पत्ता लगाए की गाईको १ लिटर गहुँतमा ३ देखि १० मिलिग्रामसम्म सुन निकाल्न सकिन्छ । उनका अनुसार गहुँतमा लवणको रुपमा सुन पाइन्छ जुन पानीमा घुलनशील हुन्छ ।
टाइम्स अफ इण्डियामा छापिएको खबर अनुसार शोधकर्ताहरुले क्रोम्याटोग्राफी मास स्पेक्ट्रोमी विधिको प्रयोग गरी गौमुत्रको परीक्षण गरेका थिए ।
शोधकर्ताका अनुसार गाइको साथै उँट, भैँसी तथा भेँडाको पिसाब पनि परीक्षण गरिएको थियो । तर अन्यको पिसाबमा सुन भेटिएन, केबल गाइको पिसाबमा मात्र सुन भेटियो । साथै शोधकर्ताहरुले गौमूत्रमा ३ सय ८८ प्रकारका औषधीय तत्व समेत फेला पारेका छन् । यी औषधिय तत्वमा मानिसको सरीरमा लाग्ने विभिन्न खाले रोग निको पार्ने दाबी शोधकर्ताको छ । एजेन्सीको सहयोगमा

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपद्बाट हुने क्षती कम गर्नका लागि हदैसम्मको पूर्वतयारी

२० असार २०७३, सोमबार १४:२१
सपना विष्ट/सदरलाइनडटकम २० असार, नेपालगन्ज : बाँकेमा विपद्बाट हुने क्षती जतिसक्यो कम गर्नका लागि हदैसम्मको पूर्वतयारी अपनाइएको सम्वद्ध सराकोरवालाहरुले दावी गरेका छन् । जिल्ला दैवी प्रकोप उद्दार समितिले नेपालगन्जमा सोमबार आयोजना गरेको मनसुन पूर्व तयारी कार्यशाला गोष्ठीमा बिपद्का क्षेत्रका काम गर्ने सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पूर्वतयारीका कार्यक्रमलाई चुस्तदुरुस्त राखिएको दावी […]

सम्बन्धित