घाइते चितुवालाई बर्दिया पठाइयो

१९ असार २०७३, आईतवार १२:३४
 

सदरलाइनडटकम
१९ असार, दैलेख  : दैलेखको नारायण नपा–२ कुसाडामा बिरामी अबस्थामा भेटिएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा पठाईएको छ । विरामी अवस्थामा भेटिएको सो चितुवालाई स्थानीयले समातेर एक दिनभर स्कुलमा बाधेर

SAM_6662


राखेका थिए ।
सो बारे ज्ल्लिा बन कार्यालय दैलेखले जानकारी पाए लगत्तै चितुवालाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई दैलेख बोलाएको थियो ।
निकुञ्जको प्राबिधिक टोली आई बहोस बनाएको र पछि खोलेर छोड्दा समेत उठेर हिड्न नसकेपछि उपचारका लागि चितुवा बर्दिया निकुञ्जमा पठाएको जिल्ला बनले जानकारी दिएको छ ।
जिल्ला बन कार्यालय दैलेखका नायब सुब्बा तिर्थ जिसिले आफुहरुले चितुवालाई दैलेखको जंगलमा छोडने भनेर टोली बोलाए पनि चितुवा धेरै दिनदेखि खान नपाएर कमजोर अबस्था भएको र आवश्यक उपचारका लागि निकुञ्जमा पठाउनु परेको बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

पुरिँदैछ ओजोन तहको प्वाल

१९ असार २०७३, आईतवार १२:३४
  सदरलाइनडटकम/ वैज्ञानिकका अनुसार सन् २००० मा अन्टार्कटिका माथिको आकाशमा रहेको ओजोन तहको प्वालको क्षेत्रफल झण्डै भारतको क्षेत्रफल जत्तिकै ठूलो रहेकोमा सन् २०१५ को सेप्टेम्बरमा त्यसको क्षेत्रफल ४० लाख वर्ग किलोमिटरले कमी आएको  दावी गरेका छन्। ओजोन तहमाथिको आकाशमा पातलिएको ओजोनको तहको विनाश रोकिएको र ओजोन तह बाक्लिँदै गएको पछिल्लोपटकको […]

सम्बन्धित