टेलिकममा कार्यरत सेक्युरिटी मजदुर न्यूनतम ज्याला कार्यान्वयनको माग गर्दै आन्दोलनमा

१९ असार २०७३, आईतवार ०५:३७
 

IMG_7222
सदरलाइनडटकम


१९ असार, नेपालगन्ज : नेपाल टेलिकममा मध्यपश्चिम विकास क्षेत्र अन्तरगतका कार्यालयहरुमा सुरक्षागार्डको रुपमा कार्यरत सेक्यूरिटी राज्यले तोकेको न्यूनतम ज्याला कार्यान्वयनसहित ९ बुदे मागपत्र अघि सार्दै आन्दोलनको घोषणा गरेका छन् ।
अखिल नेपाल सेक्युरिटी मजदुर संघको अगुवाईमा टेलिकममा कार्यरत १सय ५५ जना सेक्यूरिटी गार्डहरुले राज्यले तोकेको न्यूनतम ज्याला ९ हजार ७ सय लागू गर्नको लागि पटक–पटक पहल गर्दा पनि सुनुवाई नभएपछि आन्दोलनमा उत्रनु परेको संघका अध्यक्ष शान्ति बमले जानकारी दिईन ।
नेपाल टेलिकम मध्यपिश्चम क्षेत्रीय कार्यालय नेपालगन्ज अन्तरगतका कार्यालयहरुमा रिसर्च सेक्युरिटी सर्भिसेज प्रालिले सुरक्षा गार्ड उपलब्ध गराएको छ । ‘सरकारले नै बनाएको नीति सरकारले नै कार्यान्वयन नगरे कसले हो कार्यान्वयन गरिदिने’–अध्यक्ष बमले भनिन्–‘राज्यले नीति बनाई सकेपछि सबै क्षेत्रमा लागु गर्नु पर्छ ।’
अखिल नेपाल टे«ड युनियन महासंघका केन्द्रीय सदस्य बसन्त मल्लले सुरक्षाको जिम्मेवारी पाएका सुरक्षा गार्डलाई कम वेतन दिने र कार्यालय प्रमुखले कार्यालयमा झाडुपोछादेखि खाना बनाउनसम्म लगाउने गरेको पाईएको छ । ‘अति नै श्रम शोषण र राज्यको निकायले राज्यकै नियम मान्दैन भने आन्दोलनको विकल्प नदेखेर आन्दोलित हुनु परेको हो ’–उनले भने ।
उनले आफुहरुले गर्ने आन्दोलन पूर्ण शान्तिपूर्ण रहने कोण सभा, कालो पट्टि बाँधेर काममा जाने, पोषाक नलगाई डिउटीमा खटिने, कार्यालयमा धर्ना दिने र अन्तिममा ताला बन्दी गर्ने जस्ता आन्दोलनका कार्यक्रम तय भएको जानकारी दिए ।
कोहलपुर कार्यालयमा कार्यरत अम्बरबहादुर बुढाले दुई–तीन वर्षमा एकजोर ड्रेस दिने जुत्ता नदिने अनि डिउटीमा बस्दा ड्रेस र जुत्ता नमिलेको भन्दै हप्काउने दप्काउने गर्ने गरेको बताए ।
नेपालगन्जमा कार्यरत जग बहादुर थापाले सरकारले तोकेको न्यूनतम ज्याला भन्दा निक्कै कम ५ हजार ५ सय देखि ७ हजार ८ सय ३० सम्म दिने गरेको तर, त्यो पनि नियमित नपाउदा आफूहरु दोहोरो मर्कामा परेको बताए ।
अखिल नेपाल सेक्यूरिटी मजदुर संघ, नेपाल टेलिकम मुल ईकाइ समितिले  सरकारले राजपत्रमा उल्लेख गरेको तलवमान लागू गराउन, नियुक्ति पत्र दिनुपर्ने, सार्वजनिक विदा कार्यान्वयन गराउन, मौसम अनुसारको पोषाक र जुत्ता उपलब्ध गराउन, २४ घण्टे दुर्घटना विमा लागू गराउन, सामाजिक सुरक्षा लागु गराउन, दशै भत्ताको व्यवस्था गराउन लगायतका विभिन्न माग अघि सारेर चरणबद्ध अन्दोलनको घोषणा गरेको हुन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

घाइते चितुवालाई बर्दिया पठाइयो

१९ असार २०७३, आईतवार ०५:३७
सदरलाइनडटकम १९ असार, दैलेख  : दैलेखको नारायण नपा–२ कुसाडामा बिरामी अबस्थामा भेटिएको चितुवालाई बर्दिया राष्ट्रिय निकुञ्जमा पठाईएको छ । विरामी अवस्थामा भेटिएको सो चितुवालाई स्थानीयले समातेर एक दिनभर स्कुलमा बाधेर राखेका थिए । सो बारे ज्ल्लिा बन कार्यालय दैलेखले जानकारी पाए लगत्तै चितुवालाई नियन्त्रणमा लिन बर्दिया राष्ट्रिय निकुञ्जको टोलीलाई दैलेख […]