‘राष्ट्रिय सहमति विना मुलुक चल्न सक्दैन सहमतिका लागि त्याग गर्न सक्नु पर्छ ’

१७ असार २०७३, शुक्रबार ०५:२१
 

IMG_7210

सदरलाइनडटकम
१६ असार, नेपालगन्ज : नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मुलुक राष्ट्रिय सहमति विना चल्नै नसक्ने भएकोले सबै कुरा त्यागेर राष्ट्रिय सहमति गरेर अघि बढ्न आग्रह गरेका छन् ।
गत वर्ष आएको महाभुकम्पमा परी दिवंगत भएका नेपालगन्ज निवासी अच्यूतराज सुुवेदीको विहिबार प्रथम वार्षिकी तथा स्मृति पुस्तक बिमोचन गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आफुले राष्ट्रिय सहमतिको सरकारको पहल गर्दा प्रण्डलाई फेरी प्रधानमन्त्री बन्ने रहर लाग्यो भन्ने प्रचार गरिएकोमा दुख ब्यक्त गर्दै जुन नेताको नाममा सहमति बने पनि आफु तयार रहेको बताए ।
उनले भने–‘वर्तमान प्रधानमन्त्री केपी ओली वा नेपाली का“ग्रेसका सभापति शेरबहादुुर देउवा जसको नेतृत्वमा राष्ट्रिय सहमतिको सरकार बने पनि मलाई आपत्ति छैन । होईन शान्ति सम्झौतमा हस्ताक्षरकर्ताको रुपमा मलाई नै अगाडि सारेर राष्ट्रिय सहमति हुन्छ भने त्यो पनि मान्य हुने छ ।’
उनले नेतृत्व कसले लिने भन्ने कुरामा न अल्झेर राष्ट्रिय सहमति खोज्नमा जोड दिदै उनले भने–भुकम्पपछिको पुननिर्माण र संविधान कार्यान्वयन लगायत सबै समस्याको समाधान राष्ट्रिय सहमतिको सरकारले मात्र गर्न सक्छ । त्यसैले जसको नेतृत्वमा बनेपनि अहिले देशका लागि राष्ट्रिय सहमतिको सरकारको कुनै बिकल्प छैन ।’
उनले देशमा गणतन्त्र र ठूलो परिवर्तन ल्याउन खेलेको भूुमिका र शान्ति प्रक्रियाको महत्वपूर्ण भागको रुपमा रहेको एकिकृत नेकपा माओवादी केन्द्रको अध्यक्षको हैसियतमा आफुुलाई राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्ने जिम्मेवारी सबैले दिए भने आफु त्यो जिम्मेवारी लिन तयार रहेको पनि उनले सो अवसरमा जनाए ।
गत बर्ष आएको महाभुकम्पपछि नेपालका राजनितिक शक्तिहरु बिच भएको एकता र सहमतिकै कारण संविधान सभाबाट संविधान बनेको जनाउंदै उहांले पुनःनिर्माण र संिवधान कार्यान्वयनका लागि अहिले फेरी सोही प्रकारको एकता र सहमतिको खांचो रहेको बताएका छन् ।
दलहरुबिच एकता भएन र सहमतिको सरकार बनेन भने आगामी वर्ष माघसम्म संविधान कार्यान्वयन हुननसक्ने भएकाले त्यसपछि देशमा ठुलो अन्यौल सृजना हुने र ठुलो दुुर्घटना समेत हुनसक्ने आशंका अध्यक्ष प्रचण्डले ब्यक्त गरे ।
राष्ट्रिय सहमतिकै अभावमा पुुननिर्माणका कामले गति लिन नसकेको र मधेश लगायतका समस्या समेत समाधान हुननसकेको प्रष्ट पार्दै उहाँले देशलाई निकास दिन सहमति अपरिहार्य भएको बताए ।
देश अझै संकटमा रहेको र प्रतिगामी खेलहरु पनि शुरु भैसकोले प्राप्त उपलब्धीमाथि खतरा देखिएकाले दलहरु बिच राष्ट्रिय सहमतिका लागि जनताले पनि दवाव सृजना गर्नु पर्नेमा उनको जोड थियो । जनता विकासको चाहनामा रहेको जनाउँदै नेताहरु मिलेनन् भने जनताको चाहना पुरा नहुने प्रचण्डको भनाई थियो ।
भुकम्पमा परी दिवंगत भएका अच्यूतराज सुुवेदीकी आमा तथा पूर्व उपसभामुख पूर्णा सुवेदी, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद श्रेष्ठ, स्थानीय ब्यबसायी बसन्त लामिछाने, लायन लिडर शेम शाक्य, नरेन्द्रजंग पिटर लगायतले पनि सो अवसरमा सुवेदीलाई स्मरण गरे ।
एकिकृत नेकपा माओवादी केन्द्रका नेता पूर्णा सुवेदीका छोरा अच्यूत सुवेदी गत वर्ष बैशाख १२ गतेको भुकम्पमा परेर घाइते भई उपचारका क्रममा असार १६ गते भारतको नयां दिल्लीमा मृत्यु भएको थियो ।


IMG_7203  IMG_7171

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विद्यालय शान्ति क्षेत्रसम्वन्धी १४ बुंदे सामुयिक प्रतिवद्धता

१७ असार २०७३, शुक्रबार ०५:२१
सदरलाइनडटकम १६ असार, कालिकोट   :    कालिकोटका राजनीतिक दल र शैक्षिक सरोकारवालाहरुले विद्यालय शान्ति क्षेत्र घोषणा गर्न सामुयिक प्रतिवद्धता गरेका छन । जिल्लाको शैक्षिक अवस्था राजनीतिक कारणले अस्त ब्यस्त भएको प्रति गम्भीर चासो राख्दै जिल्लाका राजनीतिक दल र शिक्षा क्षेत्रका सरोकारवालाहरुले विद्यालय शान्ति क्षेत्र घोषणा–२०७३ जारी गर्दै १४ वुद्धे सामुयिक प्रतिवद्धता […]