सरकार टिक्ने नटिक्नेमा चिन्ता छैन : प्रम ओली

१५ असार २०७३, बुधबार १३:५७
 


१५ असार, ललितपुर : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई सरकार टिक्ने र नटिक्नेको चिन्ताभन्दा पनि मुलुकको विकासको चिन्ता भएको बताएका छन् ।
एमाले ललितपुरको निवनिर्मित ‘मदन भण्डारी स्मृती भवन’ उद्घाटन गर्दै उ

4270355451ab48599515df6b3190c039_18

नले एमाले आफ्नो सरकार टिकाउनेभन्दा पनि मुलुकको वृहत्तर विकासमा लाग्न चिन्तित भएको बताएका हुन् ।
‘सरकार टिक्छ की टिक्दैन भन्ने विषयमा मैले कहिल्यै चिन्ता गरिन,’ प्रधानमन्त्री ओलीले भने, ‘मुलुकको विकाससंगै जनताको आर्थिकस्तर उकास्ने कसरी भन्ने विषयमा मात्रै चिन्तित भएको छु ।’
उनले एमालेले जनताको दुःखमा सधै साथ दिने भन्दै मुलुकको विकासमो एमालेले सधै जित हासिल गर्ने बताए । उनले एमालेको जितलाई कोही कसैले रोक्ने नसक्ने बताए ।
संविधान निर्माणमा एमालेले महत्वपूर्ण भूीमका निर्वाह गरेकोले नै संविधान जारी भएको र त्यसपछि पनि संविधान कार्यान्वयनका लागी एमाले नेतृत्वको सरकारले भूमिका निर्वाह गरिरहेको उनले बताए ।
‘एमालेले अघि सारेका कामहरुमा सफलता हासिल गरिरहेको छ,’ उनले भने, ‘एमालेको जित रोक्न सक्ने तागत कसैसंग पनि छैन ।’
मदन भण्डारीको जन्मजयन्तिको असरमा ललितपुरको पार्टि कार्यलय उद्घाटन गरिएको हो । भण्डारीले प्रतिपादन गरेको जनताको बुहदलिय समाजबाद विचारधाराले मुलुकको विकास संगै जनताको आर्थिक स्तरोन्नती गराउने प्रधानमन्त्री ओलीले बताए ।
उनले एमालेले मान्दै आएको माक्र्सबाद र जनताको जनवादले जनसुत्र नमान्ने भन्दै उग्रवामपन्थि र दक्षिणपन्थिका कारण नेपालको स्वाधिनताको साथै विकासमा समस्या उत्पन्न भएको बताए ।
एमालेले सबै जितको बाटोमा अघि बढेको बताउँदै उनले सबैले जित्ने गरी संविधान कार्यान्वयनको बाटोमा लाग्न आग्रह गरे ।
२०५६ सालमा ललितपुरका संगठित सदस्य तथा पार्टीलाई माया गर्नेहरुको सहयोगमा कुमारी पाटीमा कार्यालय निर्माणको लागि भएको पहल २०७३ मा सम्पन्न भएको छ ।
एमाले ललितपुरले कुमारीपाटीमा किनेको जग्गामा भवन निर्माण गर्न विवाद उत्पन्न भएपछि २०६४ सालमा सातदोवाटोमा जग्गा किनी भवन निर्माण गरिएको हो ।
२०६६ सालमा तत्कालिन पार्टी अध्यक्ष एवं प्रधानमन्त्री झलनाथ खनालले शिलन्यास गरेको कार्यालय ५ आना २ पैसा २ दाममा जग्गा भवन बनेको हो । भवन भूकम्प प्रतिरोधी रहेको एमाले ललितपुरक अध्यक्ष हरिकृष्ण व्यजनकारले जानकारी दिए ।

Next Post

राप्तीमा पक्की तटवन्ध निर्माणमा जोड

१५ असार २०७३, बुधबार १३:५७
१६ असार, नेपालगन्ज : हरेक वर्ष राप्ती नदीमा आउने बाढीको रोकथामका लागि पक्की तटवन्ध निर्माण नै बचाउको भरपर्दो विकल्प हुने सम्वद्धहरुले बताएका छन् । वर्षेनी आउने बाढीले जनधनको क्षती पु¥याइदा पनि उचित निकास खोज्न नसकिएको भन्दै बाढी पीडित तथा सम्वद्ध अधिकारीले राप्ती नदि दुवै किनारमा पक्की तटवन्ध निर्माणमै जोड दिएका […]