बाँकेको खासकुस्मा भवानियापुरमा रहेका ओडारघारी गुफा, प्रचारमा नआउदा पुरिने खतरामा (फोटो फीचरसहित )

१५ असार २०७३, बुधबार ०५:१३
 

r t u w y e i q


जिता केसी/सदरलाइनडटकम
१५ असार, नेपालगन्ज : बाँकेको खास कुस्मा–६ भवानीयाँपुरमा संरक्षणको अभावमा प्राकृतिक र धार्मिक महत्वको गुफा भएर पनि अस्तित्वमा आउन सकेको छैन । स्थानीयले ‘ओडारघारी गुफा’ भनेर पहिचान दिएको सो गुफा पूर्व–पश्चिम राजमार्गको कुसुम झोलुङ्गेपुलबाट करिव २ किलोमिटरको दुरीमा पर्दछ ।
स्थानीय र संबन्धित निकायको बेवास्थाको कारण संरक्षण र प्रचारमा आउन नसकेरै सो गुफा पुरिदै गएको अवस्थामा छ । करिव २० मिटरका दुरिमा अर्को सानो गुफा पनि छ । गुफाको बाहिरी मुखमा गज (हात्तिको) आकारको आकृती छ ।
घाँस र पतिंगरले छोपेको अवस्थामा रहेको सो गुफाको बाहिर मुख सानो भए पनि भित्र ६०÷७० जना सजिलै अटाउन सक्ने र सो गुफाको बाटो हुँदै भारतको उत्तर प्रदेसमा पर्ने पाटनदेवि मन्दीरमा पुग्न सकिने जनविश्वास रहेको स्थानीय शंकरबहादुर खत्री बताउछन ।
गुफा र ताल हेर्नको लागि भनेर पोखरा जानेहरुको संख्या यस क्षेत्रका अत्याधिक आन्तरिक पर्यटक भए पनि बाँके जिल्लामा नै गुफा भएको बारे पर्यटन कार्यालय बाँके अनभिज्ञ छ । पर्यटन कार्यालयसंग सो गुफाको बारेमा जानकारी नै छैन ।
हरेक वर्षातमा पानीको भेलले ल्याउने लेदो माटो तथा विभिन्न सरिसृपले आफ्नो बासस्थानको रुपमा प्रयोग गरीरहेको सो गुफा स्थानीयले महत्व नबुझेको कारण संरक्षणको अभावमा विस्तारै पुरिदै जान थालेको छ । गुफाको संरक्षण गर्नसके खासकुस्माको भवानीयाँपुर गाउको मुहार फेरिने खत्री बताउछन् । फोटो: रुद्र सुवेदी/सदरलाइनडटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बार्ता मोर्चासँग होईन संघीय गठबन्धनसँग गर्नु पर्छः संयोजक यादव

१५ असार २०७३, बुधबार ०५:१३
सदरलाइनडटकम  १५ असार, काठमाडौ : संघीय गठबन्धनका संयोजक उपेन्द्र यादवले गठबन्धन आन्दोलनमा रहेकोले समस्या समाधानकोलागि बार्ता पनि उसैसँग गर्नु पर्ने स्पष्ट पारेका छन । संयूक्त लोकतान्त्रिक मधेसी मोर्चाभित्र मोर्चाको अलग्गै अस्तित्व रहेकोले अलग्गैपनि बार्ता गर्न सकिने धारणा बाहिर आईरहेको बेला रिपोर्टर्स क्लब नेपालले बुधवार आयोजना गरेको साक्षात्कारमा उनले भने,‘ मधेसी […]