यस्तो छ निशा देसारको पपगीत

१५ असार २०७३, बुधबार ०३:५८
 

ssकाठमाडौं । आधुनिक गायनमा सक्रिय गायिका निशा देसारको पपगीत ‘लत लाग्यो’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्दमा निशा देसारको स्वर रहेको उक्त गीतमा शीखर सन्तोषको संगीत रहेको छ । मुख्य त चलचित्र र आधुनिक गायनमा सक्रिय छिन् निशा ।

पछिल्लो पुस्ताका दर्शकका चाहना अनुसार पपसंगीतमा स्वर दिएको उनको भनाई छ । तन्नेरी पुस्ताका दर्शकको चाहनालाई ध्यानमा राखेर स्वर दिएको भनाई राख्ने निशा भिडियो रिलिजपछि प्राप्त प्रतिक्रियाले उत्साहित भएको बताउछिन् । ‘धेरैले राम्रो भन्नु भएको छ, खुसी लागेको छ’ उनले भनिन् ।


समन अधिकारीको निर्देशन रहेको भिडियोमा सुपि्रया र पवनले मोडलिङ गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

भारोत्तोलन एकेडेमीको शिलान्यास

१५ असार २०७३, बुधबार ०३:५८
१५ असार, नेपालगन्ज : एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक आन्दोलनको अध्याय समाप्त भइसकेकोले अब आर्थिक क्रान्तिको बाटोमा अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् । नेपालगन्ज रङ्गशालामा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको भारोत्तोलन एकेडेमी भवनको मंगलबार शिलान्यास गर्दै बरिष्ठ नेता खनालले नेपाल ऐतिहासिक कालखण्डबाट नव युगमा प्रवेश गरेको […]

सम्बन्धित