मोडल हन्टमा ६५ युवायुवति भिड्दै

१५ असार २०७३, बुधबार ०३:५५
 

model-hontकाठमाडौ । ‘मोडल हन्ट नेपाल २०१६’का लागि ३५ युवती तथा ३० युवा छनौट भएका छन् । बिभिन्न चरणको अडिसनबाट यि प्रतियोगी छनौट भएका हुन् ।देशभरबाट दश हजारबढी प्रतियोगी अडिसनमा सहभागि थिए । ३० युवा र ३५ युवती अन्तिम स्पर्धाका लागी छानिएको आयोजकले जनाएको छ ।

कोरियोग्राफर रोजिन शाक्य, मोडल हन्ट नेपाल २०१५ बिजेता समिर कुवर रानालगायत अडिसनको निणर्ायकमा रहेका थिए । छानिएका प्रतियोगीलाई अब फाइनल प्रतिस्पर्धाका लागी बिभिन्न प्रशिक्षणमा सहभगि गराइने आयोजक नेक्स्ट मोडल्सकी कार्यकारी निर्देशक यतना पाण्डेले जानकारी दिइन् ।


मोडलिङ पेसालाई व्यावसायिक बनाउँदै नयाँ पुस्तालाई मोडलिङ सम्बन्धी आधुनिक ज्ञान दिन यस्तो प्रतियोगिता गरिएको आयोजक संस्थाको दाबी छ । भारत, श्रीलंका, पाकिस्तान, बंगलादेशलगायतका मुलुकमा चर्चित यो सौन्दर्य प्रतियोगिता गत बर्षबाट नेपालमा पनि सुरु भएको हो ।

युवा युवतीको प्रतिभालाई प्रोत्साहित गर्नुका साथै समाजमा जिम्मेवार नागरिक बनाउन र अन्तराष्ट्रियस्तरको मोडल बन्ने अवसर प्रदान गर्न प्रतियोगिता लाभदायक सिद्ध हुने नेक्स्ट मोडल्सका अध्यक्ष रवि धमलाले बताए । प्रतियोगितामा शीर्ष सहित आधा दर्जन उप-विधामा पुरस्कृत गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

यस्तो छ निशा देसारको पपगीत

१५ असार २०७३, बुधबार ०३:५५
काठमाडौं । आधुनिक गायनमा सक्रिय गायिका निशा देसारको पपगीत ‘लत लाग्यो’ सार्वजनिक भएको छ । आनन्द अधिकारीको शब्दमा निशा देसारको स्वर रहेको उक्त गीतमा शीखर सन्तोषको संगीत रहेको छ । मुख्य त चलचित्र र आधुनिक गायनमा सक्रिय छिन् निशा । पछिल्लो पुस्ताका दर्शकका चाहना अनुसार पपसंगीतमा स्वर दिएको उनको भनाई […]