भारोत्तोलन एकेडेमीको शिलान्यास

१५ असार २०७३, बुधबार ०४:०३
 

१५ असार, नेपालगन्ज : एमालेका पूर्व अध्यक्ष तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले राजनीतिक आन्दोलनको अध्याय समाप्त भइसकेकोले अब आर्थिक क्रान्तिको बाटोमा अग्रसर हुनुपर्ने बेला आएको बताएका छन् ।
नेपालगन्ज रङ्गशालामा निर्माण हुन लागेको अन्तर्राष्ट्रियस्तरको भारोत्तोलन एकेडेमी भवनको मंगलबार शिलान्यास गर्दै बरिष्ठ नेता खनालले नेपाल ऐतिहासिक कालखण्डबाट नव युगमा प्रवेश गरेको बताए । उनले अब आर्थिक, सामाजिक र सांस्कृतिक समुन्नतीका लागि अगाडी बढ्नु पर्ने बेला भएको बताए ।
करोडबढीको लगानीमा निर्माण हुन लागेको भवनको शिलान्यास पछि पूर्व प्रधानमन्त्री खनालले भारोत्तोलन एकेडेमीले पश्चिम नेपालको गौरव बढाउने बताए ।
क्षेत्रीय खेलकुद विकास समिति परिसरमा निर्माण हुने एकेडेमीको भूइँ तलामा ट्रेनिङ्ग हल, वेटिङ्ग हल, चेन्जिङ्ग रुम, बाथ रुम, साउना बाथ रुम रहने क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी दिए ।
उनका अनुसार पहिलो तलामा किचेन र डाइनिङ्ग रुम, पुस्तकालय, १२ जना महिलाका लागि बेड रुम, ६ वटा महिला शौचालय र अडोटोरियम हल रहने भएको छ ।
त्यस्तै दोस्रो तलामा १२ जना पुरुषका लागि बेड रुम, ६ वटा शौचालय र मनोरञ्जनात्मक हल रहने क्षेत्रीय खेलकुद विकास समितिले जनाएको छ । राष्ट्रिय खेलुकुद परिषद ऐन र निर्देशिकामा रहेर यसै आर्थिक बर्षदेखि निर्माण कार्य थालिने अध्यक्ष ओलीले जानकारी दिए ।
उनले एकेडेमी निर्माणका लागि राखेपले १० लाख रुपैयाँ बिनियोजन गरेकोमा ५ लाख रुपैयाँ पठाईसकेको बताए । क्षेत्रीय खेलकुद विकास समिति परिसरमा रहेको भारोत्तोलन जिम क्लवको समेत पुनर्निमाण गर्दै २ हजार ८ सय दशमलव ५ स्क्वायर फिट क्षेत्रमा निर्माण हुने एकेडेमीको स्वामित्व क्षेत्रीय खेलकुद विकास समितिमा रहने र त्यसको संरक्षण, संचालन एवम् ब्यवस्थापन भारोत्तोलन संघले गर्ने अध्यक्ष ओलीले बताए ।
यसैबीच एमालेका बष्ठि नेता खनालले मंगलबार नै ब्याडमिन्टन प्रतियोगिताको उद्घाटन समेत गरेका छन् । उद्घाटनपछि आयोजित कार्यक्रममा उनले पश्चिम नेपालले राम्रा खेलाडी उत्पादन गरेर देशलाई विश्वसामु चिनाउन अतुलनिय भूमिका खेलेको बताए ।
एमालेका पूर्व महासचिव स्वर्गीय मदन भण्डारीको ६५ औँ जन्मजयन्तिको अवसर पारेर एमाले बाँकेले नेपालगन्ज रङ्गशालामा आयोजना गरेको ब्याडमिन्टन प्रतियोगितामा १२ वटा टिमको सहभागिता रहेको क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भिम ओलीले जानकारी दिए । प्रतियोगिता आज बुधबारसम्म चल्ने एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताए ।
मदन भण्डारीको ६५ औँ जन्मजयन्तिको अवसरमा मदन भण्डारी फाउन्डेशन बाँकेले नेपालगन्जमा विद्यालयस्तरिय खुल्ला बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको छ ।
प्रतियोगितामा बाँकेका १६ वटा विद्यालयका विद्यार्थीले प्रतिष्पर्धा गरेका छन् । प्रतिष्पर्धामा प्रथम हुने विद्यार्थीले ५ हजार, दोस्रोले ३ हजार र तेस्रो हुनेले २ हजार रुपैयाँ प्राप्त गरेका छन् ।
विद्यार्थीको बोल्न सक्ने क्षमता र बौद्धिक विकास गर्न बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको फाउन्डेशन बाँकेका अध्यक्ष सूर्य ढकालले जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेको खासकुस्मा भवानियापुरमा रहेका ओडारघारी गुफा, प्रचारमा नआउदा पुरिने खतरामा (फोटो फीचरसहित )

१५ असार २०७३, बुधबार ०४:०३
जिता केसी/सदरलाइनडटकम १५ असार, नेपालगन्ज : बाँकेको खास कुस्मा–६ भवानीयाँपुरमा संरक्षणको अभावमा प्राकृतिक र धार्मिक महत्वको गुफा भएर पनि अस्तित्वमा आउन सकेको छैन । स्थानीयले ‘ओडारघारी गुफा’ भनेर पहिचान दिएको सो गुफा पूर्व–पश्चिम राजमार्गको कुसुम झोलुङ्गेपुलबाट करिव २ किलोमिटरको दुरीमा पर्दछ । स्थानीय र संबन्धित निकायको बेवास्थाको कारण संरक्षण र […]