‘गुटगत राजनीतिले पार्टी कमजोर हुँदैछ’

१५ असार २०७३, बुधबार ०३:३०
 

13516343_1108898775850439_5099452333242806191_n


१५ असार, नेपालगन्ज :  नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले एमालेमा गुटगत राजनीति हावी हुँदा पार्टी कमजोर हुन थालेकोमा चिन्ता ब्यक्त गरेका छन् ।
एमालेका पूर्व महासचिव तथा बहुदलिय जनबादका प्रतिपादक मदन भण्डारीको ६५ औँ जन्मजयन्तिको अवसरमा  नेकपा (एमाले) बाँकेले मंगलबार नेपालगन्जमा आयोजना गरेको ‘जनताको बहुदलिय जनबाद र आर्थिक, सामाजिक रुपान्तरणको बाटो’ विषयक विचार गोष्ठीलाई सम्बोधन गर्दै उनले सो कुरामा चिनता व्यक्त गरेका हुन ।
उनले गुटगत राजनीतिकै परिणाम विगतमा एमाले फुटेको बताउँदै उनले अहिले पनि एमालेमा गुटगत राजनीति हावी हुँदै गएको बताए ।
कम्यूनिष्ट पार्टी गुटगत राजनीतिले सकिदै गरेको तर्क अघि सार्दै उनले भने–‘कम्यूनिष्ट पार्टी स्थापना भएदेखि नै नेताहरु गुुटगत राजनीतिमा लाग्दै गुटको राजनीति कै कारण नेकपा मालेले २०१९ सालपछि २०३९ सालमा चौथो महाधिवेशन गर्न सकेको हो ।’
उनले कम्यूनिष्ट नेताहरु त्यतिखेर आफ्नो गुटलाई लिएर अधिवेशन गरेको स्मरण गर्दै उनले गुटकै कारण लामो समयपछि चौथो अधिवेशन गर्न सकिएको बताए । ‘कम्यूनिष्टहरु गुट, उपगुटमा लागेका कारण टुक्रे पार्टीमा विभाजित भएका हुन्, एमाले फुटेका कारण तंग्रिन सकिरहेको छैन,’ नेता खनालले भने, ‘पार्टी फुटेकै कारण उग्रबामपन्थहरुले चलखेल गर्ने अवसर पाए, अहिलेसम्म त्यसको असर एमालेले ब्यहोर्न परिरहेको छ ।’
एमाले पूर्व अध्यक्ष समेत रहेका नेता खनालले देसबाट सामन्ती प्रथा अन्त्य भइसकेको र देस पुजीबादी ब्यवस्थातर्फ उन्मुख भइसकेको बताए । उनले नेपाली जनताले नयाँ जनबाद पूरा गरिसकेको बताउँदै अव समाजबादको क्रान्तितर्फ अगाडी बढिसकेको धारणा राखे ।
‘लोकतान्त्रिक गणतन्त्र भनेकै बहुदलिय जनबाद हो, समाजबाद हो,’ पूर्व प्रधानमन्त्री समेत रहेका खनालले भने, ‘सामन्तबादको अवशेष बाँकी छ भन्ने धङधङ्गी बाँकी नै छ, तर त्यो सत्य होइन ।’
उनले बहुदलिय जनबादका प्रतिपादकको रुपमा मदन भण्डारीलाई लिइए पनि चौथो महाधिवेशनमा आफूले सो कुरा उठाएको समेत जिकिर गरे ।
‘चौथो अधिवेशनका बेला नौलो जनबाद भनेको एकदलिय शासन होइन, नौलो जनबादमा प्रतिष्पर्धा गरेर सत्ता कब्जा गर्न सकिन्छ भन्ने अवधारणा मैले नै ल्याएको हुँ,’ उनले आफ्नो दावी पेश गर्दै भने, ‘बहुदलिय जनबादमार्फत संसदिय ब्यवस्थामा सहभागी भएर सत्ता संचालन गर्ने निर्णय चौथो महाधिवेशनले गरेको हो ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रजनिकान्तको 'काबाली'ले ईरफानको पोस्टर चोरेपछि....

१५ असार २०७३, बुधबार ०३:३०
साउथ सुपरस्टार रजनिकान्तको फिल्म ‘काबाली’ प्रदर्शन पहिले नै चर्चामा छ । तर पछिल्लो पटक फिल्मको पोस्टर चोरी भएको पाईएपछि हंगामा भएको छ । काबालीको पोस्टर जस्ताको तस्तै वलिउड अभिनेता ईरफान खानको फिल्म’मदारी’सँग मिल्छ । दर्जनौं भवनहरुको बीचमा ईरफान रहेको ठाउँमा रजनिकान्त देखिएका छन् । मुम्बईमा आयोजित एक कार्यक्रममा ईरफानले नै […]