नेपालगन्जदेखि जुम्लाका लागि सुविधयुक्त टाटासुमो सञ्चालनमा

८ असार २०७३, बुधबार ०३:४७
 

सदरलाइनडटकम
८ असार, नेपालगन्ज :  नेपालगन्जमा प्रधान कार्यालय रहेको सनराईज यातायात ब्यवसायी संघ मध्यपश्चिमका पहाडी जिल्लाहरुलाई लक्षित गरी टाटा सुमो गाडीहरु सञ्चालनमा ल्याएको छ ।
पहाडी बाटो सुहाउदो थोरै सिट क्षमता भएको र सुबिधा सम्पन्न टाटा सुमो गाडी सार्वजनिक प्रयोगका लागि सन्चालनमा ल्याइएको संघका अध्यष गोपाल रन्जितले जानकारी दिए ।
‘मंगलबारबाट जुम्लाका लागि टाटा सुमो गाडी सञ्चालनमा ल्याएका छौं ’–अध्यक्ष रन्जितले भने । संघले बैशाखदेखि पहिलो पटक जाजरकोटमा सो गाडी सञ्चालनमा ल्याएको थियो ।
जाजरकोटमा सफल भएपछि आफुहरुले जुम्लामा गाडी सञ्चालन गरेको उपाध्यक्ष प्रबिण बिसीले जानकारी दिए । ‘बिस्तारै मध्यपश्चिमका बाटो पुगेका सबै पहाडी जिल्लाहरुमा सञ्चालन गर्ने लक्ष्य राखेका छौं ’–उपाध्यक्ष बिसीले भने । पुरानो तथा जिर्ण अवस्थाका गाडीहरु सन्चालन हुदै आएको सो रुटमा बिहिवारबाट सुबिधा सम्पन्न गाडीहरु सन्चालनमा ल्याएको छ ।
नेपालगन्जबाट दुबै जिल्लामा दैनिक चारपटक सो गाडी सन्चालन हुनेछ । उपाध्यक्ष बिसीले,–‘जायज भाडा लिएर हामी त्यस क्षेत्रका सर्बसाधारणहरुलाई सुबिधा सम्पन्न गाडीमा यात्रा गराउछौ ।’ मध्यपश्चिमका पहाडी जिल्लामा पुराना बसहरु सन्चालनमा आउदा सर्बसाधारणहरु जोखिम मोलेर त्यस्ता बसहरुमा यात्रा गर्न बाध्य छन् ।
जिपहरु सञ्चालनमा आएपछि पर्यटकहरुलाई पनि सजिलो भएको छ । सर्बसाधारणहरु मात्र नभई पर्यटकहरुले पनि जिप धेरै चढ्ने गरेको समितिले बताएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

विपन्न एकल महिलालाई बाख्रा पैचो

८ असार २०७३, बुधबार ०३:४७
सदरलाइनडटकम ८ असार, नेपालगन्ज :  द्वन्द्व पीडित तथा एकल महिला सञ्जाल बाँकेले नेपालगन्ज उप–महानगरपालिकासंगको सहकार्यमा नेपालगन्ज–१९  का एकल महिलाको आयअर्जनमा सुधार ल्याउनको लागि बाख्रा पैचो कार्यक्रम सुरु गरेको छ । नेपालगन्ज उप–महानगरपालिकाका सामाजिक विकास अधिकृत कृष्णप्रासद जोशीले उपमहानगरपालिकाले विपन्न तथा एकल महिलाको आयआर्जनको लागि सहयोग पु¥याउने उदेश्यले बाख्रा पैंचो कार्यक्रम […]