सामाजिक गतिविधि

कोहलपुर कार्यालयमा अख्तियार दुरुपयोगका उजुरीको ओईरो

कोहलपुर कार्यालयमा अख्तियार दुरुपयोगका उजुरीको ओईरो

    प्रकाशित मितिः शनिबार, मंसिर २३, २०७४       |
सदरलाइनडटकम  २३ मंसिर, नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्ंधान आयोग कोहलपुर कार्यालयमा विभिन्न विषयमा भएका अनियमितताको छानविनको लागि विभिन्न जिल्लाबाट उजुरीको ओईरो आउने गरेको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्ंधान आयोग कोहलपुर कार्यालयले नेपालगन्जमा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रियाको अवसरमा सो कुरा बताईएको हो । कार्यालय प्रंमुख प्रहरी उपरीक्षक ईश्वर का
बाँकेमा निर्वाचनको तयारी सकियो

बाँकेमा निर्वाचनको तयारी सकियो

    प्रकाशित मितिः बुधबार, मंसिर २०, २०७४       |
सदरलाइनडटकम  २० मंसिर, नेपालगन्ज : बाँकेमा भोली मंसिर २१ गतो हुने निर्वाचनको तयारी सकिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय बाँकेले जनाएको छ । बाँकेमा ३ प्रतिनिधि सभा र ६ प्रदेश सभा निर्वाचन क्षेत्रमा निर्वाचनका लागि आवश्यक सम्पूर्ण सामाग्री सहित प्रत्येक मतदान केन्द्रमा पुगेर केन्द्रमा आवश्यक तयारी समेत गरी सकेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिए । उनले जिल्लाका १३६ मतदान स्थलका
युवा लक्षित युथ सेन्टर नेपालगन्जको न्यूरोडमा सञ्चालनमा

युवा लक्षित युथ सेन्टर नेपालगन्जको न्यूरोडमा सञ्चालनमा

    प्रकाशित मितिः मङ्लबार, मंसिर १९, २०७४       |
सदरलाइनडटकम १९ मंसिर, नेपालगन्ज : नेपालगन्जमा विभिन्न सामाजिक क्षेत्रकम युवाहरुलाई संगठित गर्ने उद्देस्यले युथ भोलेन्टियर सेन्टर सञ्चालनमा आएको छ । बहुमुखी सेवा केन्द्र र क्रियटिभ पिस भोलिन्र्टस क्लबको साझेदारीमा सञ्चालनमा ल्याईएको सो सेन्टरको नेपालगन्जका मेयर डा. धवलशम्शेर राणाले उद्घाटन गरे । युवाहरुको एउटा साझा थलोको रुपमा जहॉ फुर्सदको सदुपयोग गर्दै सकारात्मक जमघट र अन्र्तक्रिया गर्दै नयॉ श
द्वन्द्वप्रभावित महिलाहरुविच सहभोजले आत्मियता कायम गरेको दावी

द्वन्द्वप्रभावित महिलाहरुविच सहभोजले आत्मियता कायम गरेको दावी

    प्रकाशित मितिः शुक्रबार, मंसिर १५, २०७४       |
सदरलाइनडटकम १५ मंसिर, नेपालगन्ज : द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेको आयोजनामा द्वन्द्वप्रभावित महिलाहरु बिच आपसी मेलमिलाप र सहअस्तित्वको भावना विकास गर्नका लागि सहभोजको आयोजना गरिएको छ । सञ्जालले ‘टिआरसी प्रक्रियामा द्वन्द्व प्रभावित महिलाहरुको न्यायमा पहुँच’ परियोजना अन्र्तगत गठन गरिएका महिला शान्ति कक्षका सदस्यहरु विच सहभोज कार्यक्रम गरिएको जनाएको छ । पहिलो चरणको कार्यक्रममा साविकका टि
नेपालगन्जका अनलाईनकर्मीहरु संगठित, सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति

नेपालगन्जका अनलाईनकर्मीहरु संगठित, सुवेदीको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति

    प्रकाशित मितिः शनिबार, मंसिर ९, २०७४       |
सदरलाइनडटकम  ९ मंसिर, नेपालगन्ज : नेपालगन्जका अनलाईन सञ्चार माध्यामलाई व्यवस्थित र डिजिटल सञ्चारको महत्वबारेमा सञ्चार उपभोक्तालाई जानकारी गराउने उद्देश्यले नेपलागन्जका अनलाइनकर्मीहरु संगठित भएका छन् । शनिबार नेपालगन्जमा भएको भेलाबाट रुद्र सुवेदीको अध्यक्षतामा ९ सदस्यीय अनलाईन जर्नालिस्ट एसोसियसन नेपालगन्ज (ओजान) गठन गरिएको हो । ओजानको सचिवमा काशीराम शर्मा र कोषाध्यक्षमा कृष्ण ओली चयन भएका छन् ।
बाँकेका युवाका लागि तीनदिने मानव बेचबिखनबिरुद्ध तालिम

बाँकेका युवाका लागि तीनदिने मानव बेचबिखनबिरुद्ध तालिम

    प्रकाशित मितिः सोमवार, मंसिर ४, २०७४       |
सदरलाइनडटकम   ४ मंसिर, नेपालगन्ज : हाम्रो आवाज चेलिबेटी वेचविखन मुक्त समाज भन्ने मूल नाराका साथ माईती नेपाल नेपालगन्जद्वारा बाँके जिल्लाका मानववेचविखनको उच्चजोखिममा रहेका गाँउपालिका, नगरपालिका र उप–महानगर समेतका युवाहरुलाई मानव बेचविखनविरुद्धको तीन दिने तालिम दिईएको छ । मानव बेचविखन विरुद्ध क्रियाशील माईती नेपाल नेपालगंन्जले आयोजना गरेको सो कार्यक्रमा युवाहरुलाई श्रव्य र दृश्य सामग्रीहरु मार्फत
नरैनापुर गाँउपालिकामा समाजिक सद्भाव बारे स्थानीयबीच सम्बाद

नरैनापुर गाँउपालिकामा समाजिक सद्भाव बारे स्थानीयबीच सम्बाद

    प्रकाशित मितिः शुक्रबार, मंसिर १, २०७४       |
सदरलाइनडटकम १ मंसिर, नेपालगन्ज : एक समुदायले अर्को समुदायको सम्मान र अस्तित्वलाई ध्यान राख्न सक्दा मात्र बाँकेको नरैनापुर गाँउपालिकाका स्थानीय बासिन्दाहरुका बीचमा सामाजिक सद्भावको भावना विकसित हुदै आएको पाईएको छ । यूएनडिपीको सहयोगमा बास नेपालगन्जद्धारा बाँकेको मटेहियामा शुक्रबार आयोजित संचारकर्मी र स्थानीयबिचको छलफल कार्यक्रममा सहभागिहरुले यस्तो बताएका हुन । उनीहरुले एकले अर्कालाई स्वीकार्दा मात्
पचहत्तर वर्षे गन्धर्बलार्ई बृद्धभत्ता दिने पार्टी कै भर

पचहत्तर वर्षे गन्धर्बलार्ई बृद्धभत्ता दिने पार्टी कै भर

    प्रकाशित मितिः आइतवार, कार्तिक २६, २०७४       |
सदरलाइनडटकम   २६ कात्तिक, नेपालगन्ज : बाँकेको कोहलपुर नगरपालिका–११ न्यूरोडका भद्रबहादुर गन्धर्व उमेरले ७६ वर्षको भए । साथमा रहेको सारङ्गी र सामाजिक सुरक्षा भत्ता कै भरमा जीवनयापन गर्दै आएका उनी आगामी मंसिर २१ गते हुने निर्वाचनमा आफुलाई घरबासको व्यवस्था गरिदिने पार्टीका उम्मेदवारलाई भोट हाल्न जाने बताउछन् । ‘उमेरले डाँडो काट्नै लाग्यो भएका ४ भाई छोरा मध्ये ३ भाई भारतमा रोजगारीको लागि गएका फर्केका
नेपालगन्जका विभिन्न वडाहरुमा सरसफाई अभियान

नेपालगन्जका विभिन्न वडाहरुमा सरसफाई अभियान

    प्रकाशित मितिः शनिबार, कार्तिक २५, २०७४       |
सदरलाइनडटकम २५ कात्तिक, नेपालगन्ज : नेपालगन्ज उप–महानगरमा विभिन्न वडाहरुमा स्वस्फूर्त सरसफाई अभियान सञ्चालन गरिएको छ । यस क्रममा नेपालगन्ज उप–महानगरपालिका वडा नं. १२ र २० मा सरसफाई कार्यक्रम सञ्चालन गरिएको हो । तेस्रो हप्तामामा गरिएको कार्यक्रमले बिपी चोकदेखि मुक्तिपुर जाने बाटोको सरसफाई गरिएको वडा नं.१२ का अध्यक्ष बुद्धिसागर सुवेदीले जानकारी दिए । सो कार्यक्रममा प्रतिनिधि सभा तथा प्रदेश सभाका उ
लायन्स क्लवको रक्तदान सम्पन्न

लायन्स क्लवको रक्तदान सम्पन्न

    प्रकाशित मितिः बिहिबार, कार्तिक २३, २०७४       |
सदरलाइनडटकम २३ कात्तिक, नेपालगन्ज : लायन्स क्लव ईन्टरनेशनल डिस्टिक ३२५ वि–२ अन्तरगतका जोन ७४, ७५ र ७७ अन्तरगतका लायन्स क्लव को आयोजनामा नेपालगन्जमा बृहद रक्तदान सम्पन्न भएको छ । डिष्ट्रिक गर्भनर लायन मधुसूदन रिजाल शर्माको प्रमुख आथित्यमा सम्पनन सो कार्यक्रममा ५१ जनाले रक्तदान गरेको आयोजक क्लवका जोन चियरपर्शन लायन रमेश श्रेष्ठले जानकारी दिए । सो अवसरमा जोन चियरपर्शन गिता प्रसाई, सुरेश चन्दलगायतले