ताजा समाचार

स्वागतगेटको लागि खनेको खाडल आयोजकले नै मर्मत गर्ने

स्वागतगेटको लागि खनेको खाडल आयोजकले नै मर्मत गर्ने

    प्रकाशित मितिः मङ्लबार, मंसिर २६, २०७४       |
सदरलाइनडटकम   २६ मंसिर, नेपालगन्ज : नेपालगन्जमा बिहिवारदेखि सुरु हुने आठौ राष्ट्रिय शैक्षिक महोत्सवको तयारीको लागि नगरका विभिन्न स्थानहरुमा स्वागत गेट बनाउन आयोजकले तीब्रता दिएकै बेलामा सडक खनेर स्वागत गेट बनाएको भनेर सामाजिक सञ्जालमा व्यापक विरोध जनाईएको छ । पप्पु कन्सट्रक्सनले गुणस्तरहीन सडक निर्माण गरेको कारण खाडलमात्रै रहेको सो सडकमा बौद्धिक क्षेत्रले समेत स्वागत गेट निर्माणको लागि बाटो भरी
नेपालगन्जमा हुने आठौं शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा

नेपालगन्जमा हुने आठौं शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा

    प्रकाशित मितिः मङ्लबार, मंसिर २६, २०७४       |
सदरलाइनडटकम   २६ मंसिर, नेपालगन्ज : ‘सामाजिक रुपान्त्रणका लागि शिक्षामा नयाँ अभियान’ भन्ने मूल नाराका साथ नेपालगन्जमा बिहीबारदेखि सुरु हुन लागेको आठौं राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ । मंसिर २८ देखि पुस ५ गतेसम्म नेपालगन्जको कारकाँदोस्थित सडक विभागको परिसरमा सञ्चालन हुने सो महोत्सवको महामहिम उप–राष्ट्रपति नन्दबहादुर पुनले उद्दघाटन गर्ने गरी तयारी अगाड
प्रतिनिधि सभामा ५ सिट र प्रदेश सभाको १२ सिटको नतिजा आउन बाँकी

प्रतिनिधि सभामा ५ सिट र प्रदेश सभाको १२ सिटको नतिजा आउन बाँकी

    प्रकाशित मितिः मङ्लबार, मंसिर २६, २०७४       |
सदरलाइन डेस्क  २६ मंसिर, नेपालगन्ज : गत मंसिर १० र २१ गते भएको निर्वाचनको मत परिणाम आउन अव केही सिटमात्र बाँकी रहेको छ । प्रतिनिधिसभा तथा प्रदेशसभाको मंसिर १० र २१ गते भएको निर्वाचनमा प्रतिनिधि सभाका १६५ सिटमध्ये हालसम्म १६० सिटको नतिजा सार्वजनिक भएको छ । प्रतिनिधि सभामा ५ सिटमात्रको घोषणा हुन बाँकी रहेको छ । प्राप्त मत परिणामअनुसार नेकपा एमाले ७५, नेकपा माओवादी केन्द्रले ३६, नेपाली कांग्रेसले
नवनिर्वाचित उम्मेदवारहरु खुशी साँटनमै व्यस्त

नवनिर्वाचित उम्मेदवारहरु खुशी साँटनमै व्यस्त

    प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       |
सदरलाइनडटकम २५ मंसिर नेपालगन्ज :  हालसालै निर्वाचित भएका प्रदेशसभा तथा प्रतिनिधिसभाका सदस्यहरु बधाई तथा खुशीयाली साँट्न व्यस्त देखिएका छन् । आइतबार मध्यराती बाँकेको सम्पूर्ण प्रत्यक्षतर्फको सम्पूर्ण मतगणना सम्पन्न भएपछि निर्वाचित सांसदहरु मतदातालाई धन्यवाद दिनुका साथै कार्यकर्तामाँझ खुशीयाली साँट्नमा व्यस्त देखिएका हुन् । सबैभन्दा धेरै सिट जितेको वाम गठबन्धनले सोमबार दिनभर बाँकेका विभिन्न स्थानम
शहरी स्वास्थ्य सेवा सञ्चालनका लागि भवन शिलन्यास

शहरी स्वास्थ्य सेवा सञ्चालनका लागि भवन शिलन्यास

    प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       |
सदरलाइनडटकम   २५ मंसिर, नेपालगन्ज :  शहरी स्वास्थ्य क्लीनिक सञ्चालनको लागि नेपालगन्ज – २३ स्थित ३ कठ्ठा सरकारी जमीनमा आठ कोठे भवनको सोमबार भवनको शिलान्यास गरिएको छ । स्वास्थ्य मन्त्रालय प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले भवन निर्माण गर्ने भएको हो । ६५ लाख ४३ हजार लागतमा निर्माण हुने भवनको उप–महानगरपालिकाका प्रमुख डा धवल शमशेर राणाले एक कार्यक्रमकावीच
बाँके क्षेत्र नंं १ बामगठबन्धनको कब्जामा परेपछि यसरी मच्चाए धुम…  (भिडियोसहित)

बाँके क्षेत्र नंं १ बामगठबन्धनको कब्जामा परेपछि यसरी मच्चाए धुम… (भिडियोसहित)

    प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       |
सदरलाइनडटकम  २५ मंसिर, नेपालगन्ज  : बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभाका ३ वटै सिट बाम गठबन्धनको कब्जामा परेपछि कार्यकर्ताहरुले नाचगानका साथ धुम मच्चाएका छन् । गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा बाम गठबन्धका तर्फबाट महेश्वर गहतराज अथकले ३१ हजार १ सय ७३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधवराम खबीले २८ हजार २ सय १० मै चित्त बुझाउनु परेको
बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले भने ‘साम्प्रदायिकताको राजनीति अन्त्य हुन्छ’

बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले भने ‘साम्प्रदायिकताको राजनीति अन्त्य हुन्छ’

    प्रकाशित मितिः सोमवार, मंसिर २५, २०७४       |
सदरलाइनडटकम   २५ मंसिर, नेपालगन्ज : वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको चुनौतीलाई पछारेर निर्वाचित भएका बाँके क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य मोहम्मद इस्तियाक राईले जातियता र धार्मिक नारा लगाएर राजनीति गर्ने दिनको अन्त्य हुने बताएका छन् । संघिय समाजवादी फोरम नेपालबाट निर्वाचित भएका राईले सोमबार बिहान बाँकेमा पत्रकार सम्मेलन गरी साम्प्रदायिकता नारा राजनीतिक गर्ने दिन अन्त्य भएको बताएका हुन्

बाँके क्षेत्र नं. १ र ३ मा बाम गठबन्धनको कब्जा

    प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४       |
सदरलाइनडटकम २४, मसिर, नेपालगन्ज : गत मंसिर २१ गते भएको निर्वाचनमा बाँकेको निर्वाचन क्षेत्र नं. १ र ३ मा बामगठबन्धनले आफ्नो कव्जा जनाएको छ । ३ निर्वाचन क्षेत्र रहेको बाँकेमा दुई प्रतिनिधि सभा र ४ प्रदेश सभामा निर्वाचित भएका छन् । बाँके निर्वाचन क्षेत्र नं. ३ मा बाम गठबन्धनले तीनै सिटमा कब्जा जमाएको छ । एमालेका नन्दलाल रोकायले ३१ हजार ५ सय १७ मत सहित बिजयी भएका छन् उनका प्रतिस्पर्धी काङ्ग्रेसका बा
सुशील ‘दा’ को क्षेत्र संघिय समाजबादी फोरमको कब्जा, यसरी मनायो खुसीयाली

सुशील ‘दा’ को क्षेत्र संघिय समाजबादी फोरमको कब्जा, यसरी मनायो खुसीयाली

    प्रकाशित मितिः आइतवार, मंसिर २४, २०७४       |
सदरलाइन / रुद्र सुवेदी   २४ मंसिर, नेपालगन्ज : बाँकेमा बहुचर्चित निर्वाचन क्षेत्र नं.२ जुन क्षेत्रबाट काँग्रेसका पूर्व सभापति सुशील कोईरालाले चुनाव लड्दै आएका थिए त्यो क्षेत्र काँग्रेसले राप्रपालाई सुम्पदा पनि आफ्नो बर्चस्व बचाउन सकेन । बाँके प्रतिनिधि सभामा क्षेत्र नं २ बाट संघिय समाजबादी फोरमले जीत निकालेको छ । बाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनको कडा घेराबन्दीलाई तोड्दै संघिय समाजबादी फोरमका
१४ किलो चरेशसहित ४ पक्राऊ

१४ किलो चरेशसहित ४ पक्राऊ

    प्रकाशित मितिः शनिबार, मंसिर २३, २०७४       |
सदरलाइनडटकम  २३ मंसिर, नेपालगन्ज : प्रहरीले १४ किलो चरेश सहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार राती करिव ११ बजे विशेष सुचनाको आधारमा संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट १४ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो । प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा जाजरकोट कुसे गाउँपालिका पजारु–८ बस्ने २७ बर्षिय अर्जुन बस्ने