वाइफाइ पासवर्ड यसरि थाहा पाउन सकिन्छ…

२६ चैत्र २०७३, शनिबार १८:५१
 

एजेन्सी
:
 अहिलेको हाइटेक जमानामा सबैसँग स्मार्टफोन हुन्छ नै । स्मार्ट फोन भएपछि थ्री जी वा वाइफाइबाट इन्टरनेट चलाउने कुरा कुनै नयाँ कुरा भएन । तर कहिले काँहि बाहिर निस्किँदा वा आफ्नो इन्टरनेटले काम नगर्दा नेट चलाउन नपाएर छटपटी हुने गर्छ ।

यस्तै अवस्थामा कसैको वाइफाइ पासवर्ड थाहा पाउन पाए ! पक्कै रमाइलो हुन्छ । कलेज, मल वा सिनेमा हलमा वाइफाइका ओपन नेटवर्क हुने गर्छन् । तर पासवर्ड विना इन्टरनेट चलाउन पाइँदैन । तर तपाइँले सहजै यस्ता नेटवर्कका पासवर्ड थाहा पाउन सक्नु हुन्छ ।

यहाँ पब्लिक बाई-फाईको पासवर्ड थाहा पाउने तरिका उल्लेख गरिएको छः

१- बेष्ट वाइफाइ नेटवर्क ह्याकर
यो एप बनाउने कम्पनीले जस्तो सुकै पासवर्ड पनि आफ्नो एप्लिकेसनबाट एन्क्रिप्शन तोडेर पत्ता लगाइदिने दावी गर्छ । यो एप पब्लिक वाइफाइलाई पासवर्ड ह्याक गर्न चर्चित मानिन्छ ।


२- हाऊ टू ह्याक वायरलेस नेटवर्क
यो पनि अर्को एप हो । जसले वाइफाइ पासवर्ड ह्याकिङको ट्यूटरियल जस्तै काम गर्छ । यसलाई ऐथिकल ह्याकिङ समेत भनिएको छ । यसले वाइफाइ पासवर्ड प्रोटेक्सनका लागि बनाइएको एल्गोरिथम ह्याक गर्न पनि सिकाउँछ ।

३- वाइफाइ ह्याकर
वाइफाइ ह्याकर बीएनजी पनि चर्चित पासवर्ड ब्रेकिङ एप हो । यो एप इन्स्टल गरेपछि ओफन वाइफाइ नेटवर्क रेञ्जमा जानुस् र यसले तपाइँको चाहाना पुरा गरिदिन्छ ।

४- ह्याक बाई-फाई पासवर्ड
यो एप पनि गुगल प्लेमा निशुल्क उपलब्ध छ । यसले केही सेकेण्डमा बाइफाइ पासवर्ड पत्ता लगाउन सहयोग गर्छ । तपाइँलाई अचम्म लाग्ला अहिले सम्म १० लाख भन्दा बढी मानिस यो इन्स्टल गरिसकेका छन् ।

५- फाइण्ड माइ राउटर्स पासवर्ड
डिफल्ट पासवर्ड रिकभरी, म्यानुअल पासवर्ड रिकभरी तथा डिक्सनरी पासवर्ड रिकभरी जस्ता फङ्कसन भएको यो एप तपाइँका तपाइँका लागि फाइदाजनक हुन सक्छ । नयाँ राउटर किनेपछि यसको पासवर्ड थाहा नहँदा समेत यो एपले पत्ता लगाइदिन सक्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

रिपोर्टर्स क्लब नेपालको १९ औं वार्षिकोत्सवको अवसरमा विभिन्न व्यक्तित्वहरु सम्मानित

२६ चैत्र २०७३, शनिबार १८:५१
सदरलाइनडटकम    २६ चैत काठमाडौं : रिपोर्टर्स क्लब नेपालले आफ्नो १९ औं वार्षिकोत्सवको अवसरमा समाजका विधि क्षेत्रमा विशिष्ट योगदान पुर्याउने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । शनिबार काठमाडौंको राष्ट्रिय सभामा आयोजित विशेष कार्यक्रमकावीच उनीहरुलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र क्लबका सभापति ऋषि धमलाले संयुक्त रुपमा सम्मान गरेका हुन् । क्लबले […]