ज्योतीले नचाइन, कमलले हसाए

१३ माघ २०७३, बिहीबार १२:३६
 

सदरलाइनडटकम    १३ माघ, नेपालगन्ज : बाँकेको बागेश्वरी गाविसमा सञ्चालनमा आएको मुसवेटवाबाबा मजार मेला तथा व्यापारिक महोत्सवमा चर्चित गायीका ज्योती मगरले जुरुक जुरुक पार्दै नचाएकी छन् ।
छोटा पहिरन र विवादित शब्द प्रयोग गरिएका गीतमा अभिनय गरेका कारण विवादमा तानिएकी ज्योति मगर खजुरामा सञ्चालन भइरहेको महोत्सबमा सबैलाई नचाईन ।
सबै भन्दा पछिल्लो क्रममा आफ्नो प्रस्तुती राख्न स्टेजमा आएकी ज्योती छोटा लुगामा देखिइन । दिनभरी घाम लागे पनि साँझपख मौसम चिसो हुन शुरु गरी सकेको थियो तर ज्योती मगर छोटो लुगामा आफ्नो प्रस्तुति राख्दै गर्दा सयौ युवालाई आफुसगै नचाउदै बताबरण तताईन ।
जिम्वाल बा को आगनीमा, उही मुलाको सिन्की, मायालाई बैना भो, ढाडे बिरालो, सुर्खेत बुलबुल ताल, पिरतीमा दम छ लगायतका आधा दर्जन गीत प्रस्तुत गरेर दर्शकलाई नचाएकी उनको पहिरन र हाउभाउले दर्शकलाई उत्तेजित बनाउदै आएकी ज्योतीको गीत प्रस्तुत गर्ने क्रममा धेरै जसो दर्शक मोबाईलमा दृष्य खिच्न ब्यस्त देखिएका थिए ।
ज्योती भन्दा अगाडि नै आफ्नो पालो पाएका हाँस्य कलाकार कमल गाउलेले दर्शकलाई मजैले हसाए । उनले पछिल्लो राजनीतिलाई व्यङ्गय चटकिलो पारामा आफ्नो प्रस्तुति राखे । कमल गाउलेको तिखो व्यङ्गयात्मक प्रस्तुतिलाई खजुराका दर्शकले सजिलै पचाए । न्युत्याङगना श्रीष्टी शाहिले केहि गीतमा आफ्नो प्रस्तुति राखिन । शाहिको प्रस्तुतिमा उपस्थित दर्शकले तालि बजाएर साथ दिए ।


विहिबार सम्पन्न महोत्सबमा प्रतक्ष दोहोरी, एकल न्युत्य प्रतियोगिताको पहिलो चरणको अन्तिम ६ जना मध्ये ४ जनालाई दोस्रो चरणको लागि छनोट गरीएको छ । महोत्सवमा कृषि उपजहरुको अवलोकन, सांस्कृतिक कार्यक्रमद्धारा मनोरन्जन र ¥याप्टिङको पनि व्यवस्था गरीएको छ ।



महोत्सव माघ २१ गतेसम्म चल्ने छ । कलाकार हाम्रो खजुरा हाम्रो शान, धार्मिक सदभाव हाम्रो पहिचान भन्ने मुल नाराका साथ माघ १० गते देखि बाँकेको खजुरामा सञ्चालन भएको कृषि, पर्यटन प्रवद्र्धन साँस्कृतिक एवं ऐतिहासिक महोत्सवमा विहिबार दश हजार बढि दर्शकले मेला अवलोकन गरेको महोत्सवका प्रचार प्रसार समितिका सम्योजक तिलक गाउँलेले जनाए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँकेमा सबैभन्दा बढी ६० कुष्ठरोगी भेटिए, खुलासीमाका कारण पहिचान र रोकथाम चुनौती बन्दै

१३ माघ २०७३, बिहीबार १२:३६
रुद्र सुवेदी/सदरलाइन     १३ माघ, नेपालगन्ज : बाँकेमा सबैभन्दा बढी कुष्ठरोगी भएको तथ्याङ्क सार्वजनिक भएको छ । सन २००९ मा कुष्ठरोग निवारण गरिएको भनिए पनि त्यसपछि यसक्षेत्रमा खोजतलास तथा रोगको बारेमा जनचेतना फैलाउन नसक्दा एक्कासी कुष्ठरोगीको संख्या र संक्रमितको संख्यामा बाँके मुलुककै अग्र स्थानमा रहेको छ । मध्यपश्चिम क्षेत्रीय […]

सम्बन्धित