अमेरिकाले डीभी चिठ्ठा असोज १८ गतेदेखि खोल्दै

१३ आश्विन २०७३, बिहीबार ०३:३०
 

सदरलाइनडटकम  US-2017-Diversity-Visa-DV-Lottery2-1
१३ असोज, नेपालगन्ज : डाइभर्सिटी भिसा (डीभी) मार्फत अमेरिका जानको लागि आगामी १८ असोजबाट डाइभर्सिटी भिसा (डीभी) चिठ्ठा खुला हुने जानकारी दिएको छ । नेपालस्थित अमेरिकी दूतावासले जारी गरेको विज्ञप्ति अनुसार १८ असोजबाट सन् २०१८ को डीभी कार्यक्रमका लागि आवेदन दर्ता अवधि खुला हुने जनाएको हो ।

‘डीभी कार्यक्रम अक्टोबर ४, २०१६ (१८ असोज २०७३) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्यन्ह नेपालमा स्थानीय समय अनुसार ९ :४५ बजेबाट सुरु हुने गरी खुल्नेछ र ७ नोभेम्बर २०१६ (२२ कात्तिक २०७३) मा इस्टर्न स्ट्यान्डर्ड टाइमको मध्यान्ह नेपालमा स्थानीय समयअनुसार १० :४५ बजे बन्द हुनेछ,’ दूतावासले भनेको छ, ‘हामी डीभी आवेदकहरूलाई चाँडै नै आवेदन भर्न प्रोत्साहित गर्छौं ।’
आवेदन निःशुल्क हुने र डीभी चिठ्ठामा प्रवेश गर्नका लागि कुनै पनि शुल्क नलाग्ने जानकारी पनि विज्ञप्तिमा दिइएको छ । यस्तै, कुनै पनि कन्सल्टेन्टको आवश्यकता नपर्ने भन्दै अमेरिकी दूतावासले आवेदकलाई आवेदन भर्दा कन्सल्टेन्टको सहयोग नलिन सुझाव दिएको छ ।

‘आवेदनसम्बन्धी सहयोग चाहिएमा परिवारको सदस्य, साथी वा अन्य विश्वासिलो व्यक्तिको सहयोग लिनेतर्फ विचार गर्नुहोला, सहयोग जसले उपलब्ध गराए तापनि आफ्नो आवेदनका लागि तपाईं स्वयं जिम्मेवार रहनुहुनेछ,’ अमेरिकी दूतावासको विज्ञप्तिमा भनिएको छ ।
सन् २०१८ को डाइभर्सिटी भिसा चिठ्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा डब्लूडब्लूडब्लू डीभी लोटरी डट स्टेट डट जीओभीमा गई डाइभर्सिटी भिसा (ईडीभी) मा पुगेर अनलाइन फाराममार्फत आवेदन फारम भर्नुपर्ने दूतावासको भनाइ छ । ‘फाराम दर्ता गर्दा तपाईंले आफ्नो पति÷पत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचीकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेस गरिएको आवेदन अमान्य ठहरिनेछ,’ दूतावासले भनेको छ, ‘एकजनाका लागि तपाईंले एउटा मात्र आवेदन बुझाउनुपर्नेछ ।

आवेदन दर्ता गर्दा आवेदकहरूले आफ्नो इमेल ठेगाना प्रदान गर्नुपर्ने व्यवस्था रहेको छ । दूतावासले डीभी विजेताका रूपमा छानिँदैमा भिसा पाउने ग्यारेन्टी भने नहुने पनि प्रस्ट पारको छ । ‘तपाईंले भिसाका लागि अन्तर्वार्ता दिने मौका पाउनुभयो भने कन्सुलर अफिसरले तपाईंसँग पुग्ने योग्यता छ वा छैन र अमेरिकी आप्रवासी कानुनबमोजिम डीभीका लागि योग्य हुनुहुन्छ कि हुनुहुन्न भन्ने कुराको निक्र्योल गर्नेछन्,’ विज्ञप्तिमा भनिएको छ ।

डीभी चिठ्ठाको लागि अनलाइन फारम कसरी भर्ने

सन् २०१८ को डाइभर्सिटी भिसा चिठ्ठाका लागि आवेदकहरूले दर्ता अवधिमा www.dvlottery.state.gov मा गई इलेक्ट्रोनिक डाइभर्सिटी भिसा (ई(डि.भी.) आवेदन फारम भर्नु पर्नेछ ।


दर्ता गर्दा आफ्ना पतिपत्नी र आवेदनको समयमा २१ वर्ष नपुगेका सबै अविवाहित सन्तानलाई सूचिकृत गर्नु अनिवार्य छ । उनीहरूलाई समावेश नगरी पेश गरिएको आवेदन अमान्य ठहरिनेछ ।

तपाईँले एउटा मात्र आवेदन बुझाउनु पर्नेछ । एकभन्दा बढी आवेदन बुझाउने आवेदकहरू चिठ्ठाका लागि अयोग्य ठहरिनेछन् ।

अघिल्लो वर्षको डीभी आवेदनमा प्रयोग गरिएको फोटो यस वर्षको आवेदनमा प्रयोग गर्न मिल्दैन । फोटोसम्बन्धी नियमहरू कडाइका साथ पालना गर्नु पर्नेछ र प्रत्येक फोटो आफ्नो आवेदनमा समावेश भएका सही व्यक्तिहरूसँग मेल खाने गरी पेश गर्नु पर्नेछ । र, फोटो खिच्दा आवेदकहरूले चश्मा लगाउनु हुँदैन ।

डीभी भरेपछि आफ्नोे कन्फर्मेसन नम्बरलाई सेभ वा प्रिन्ट गरेर राख्नुपर्नेछ । किनकी यो नम्बर नै स्टेटस चेक गर्ने एक मात्र तरिका हो ।

डीभीका लागि छनोटमा पर्नुभयो कि भएन भनी निर्धारण गर्ने एउटा मात्र विधि भनेको मङ्गलबार, मे २, २०१७ (२०७४ वैशाख १९) वा त्यसपछि www.dvlottery.state.gov मा गई आफ्ने कन्फर्मेसन नम्बर प्रवेश गर्नु हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

कोहलपुरमा कुषक र प्राविधिक विच छलफल

१३ आश्विन २०७३, बिहीबार ०३:३०
सदरलाइनडटकम   १३ असोज, नेपालगन्ज : ज्ञानोदय सामुदायिक पुस्तकालय तथा स्रोत केन्द्र कोहलपुर बाँकेको आयोजनामा कोहलपुरमै कृषक र प्राविधिक विच एक दिने अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । व्यावसायिक कृषिलाई अंगिकरण गर्नको लागि प्रविधिको प्रयोग र ज्ञान आवश्यक हुने सो कार्यक्रमका सहभागिले औल्याए । कोहलपुर–१२ मसुरिखेत बाँकेका प्रगतिशिल प्राविधिक कृषक […]

सम्बन्धित