न्यायीक समितिको घुम्ती बैठक बाँकेको डुडुवामा, आगामी बैठक राप्ती सोनारीमा हुने

१० फाल्गुन २०७४, बिहीबार १९:१०
 

सदरलाइनडटकम 
१० फागुन नेपालगन्ज : बाँकेका सबै स्थानीय तहका न्यायिक समितिको घुम्ती बैठक डुडुवा गाउपालिकाको आतिथ्यतामा सम्पन्न भएको छ । समितिका संयोजकहरुको बिहीबार बसेको बैठकले न्यायीक समितिका पदाधिकारी र कर्मचारीलाई क्षमता अभिवृद्धिको तालिम दिनुपर्ने निर्णय गरेको छ ।
बैठकमा बाँकेका ८ वटै स्थानीय तहका न्यायीक समितिका संयोजकहरुको उपस्थिति थियो । न्यायीक समितिको संयोजकमा स्थानीय निकायका उपप्रमुख रहने व्यवस्था छ ।
बैठकले बाँकेका ८ वटै स्थानीय तहका उपप्रमुखबीच समितिको कामलाई प्रभावकारी संचालनका विषयमा छलफल समेत भएको थियो । त्यस अवसरमा नेपालगन्ज उप–महानगरपालिकाका उपमेयर उमा थापा मगरले स्थानीय निकायबीच आपसी समन्वय गरेर काम गर्नु पर्नेमा जोड दिईन ।
बैठकमा डुडुवा गाउँपालिकाका अध्यक्ष नरेन्द्रकुमार चौधरीले त्यस गाउँपालिकाद्वारा संचालन भइरहेका काम, कारवाहीका विषयमा जानकारी गराएका थिए । गाउँपालिका अध्यक्ष चौधरीले जिल्लाका ८ वटै स्थानीय तहका उपप्रमुखहरुलाई अविर लगाई खादा ओढाएर स्वागत गरे ।
त्यसक्रममा गाउँपालिकाको भौतिक पुर्वाधार शाखा व्यवस्थापन लगायका विषयमा अनुगमन गर्दै उपमेयर थापाले न्यायीयक समितिलाई सहजताका लागि इजलास कक्ष, कानून शाखा कर्मचारीको व्यवस्थापन गर्न गाउँपालिकालाई आग्रह गरीन ।
समितिको अर्को बैठक राप्तीसोनारी गाउँपालिकामा बस्ने निर्णय भएको छ । गाउँपालिकामा बैठक राख्दा न्यायीक समितिको काम कर्तव्य र अधिकार लगायत प्रक्रियाबार अध्यक्षलाई पनि थाहा होस र उपाध्यक्षको जिम्मेवारी स्पष्टता हुने समितिले जनाएको छ ।


 

Next Post

बागेश्वरी मन्दिर परिसरमा चारदिने होली महोत्सव तथा ब्यापार मेला सुरु

१० फाल्गुन २०७४, बिहीबार १९:१०
सदरलाइनडटकम १० फागुन, नेपालगन्ज : बाँकेका उद्यमी महिलाको आयोजनामा बिहीबारदेखि चारदिने होली महोत्सव तथा ब्यापार मेला सुरु भएको छ । बागेश्वरी मन्दिर परिसरको पार्किङ क्षेत्रमा भैरहेको सो मेलामा घरेलु उत्पादन र कृषि क्षेत्रमा काम गरि रहेका महिलाका स्टलहरु छन । महिलालाई ब्यापार, ब्यावसाय र उद्योग क्षेत्रमा प्रोत्साहन गर्ने लक्ष्यसहित नेपालगन्जमा […]