केन्द्रीय सरकारको मन्त्रीका लागि बाँकेका ‘अथक’ दौडधुपमा

१० फाल्गुन २०७४, बिहीबार १६:५९
 

सदरलाइनडटकम 
१० फागुन,  नेपालगन्ज : बाम गठबन्धनका तर्फबाट बाँके निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित महेश्वर गहतराज अथक केपी ओली नेतृत्वको मन्त्रीमण्डलमा सहभागि हुने संभावना बढेर आएको छ ।
प्रदेसदेखि केन्द्रमा सरकार गठनसंगै मन्त्री बन्नको लागि व्यापक दौडधुप चले कै बेलामा बाँकेको कर्णाली भनेर पहिचान बनाएको बघौडा क्षेत्रबाट निर्वाचन जितेर आएका अथकको सम्भावना चुलिदै गएको हो । उनी आफै पनि शान्ति प्रकृयामा पार्टी आएपछि लाभको पद लिनु भन्दा पार्टीको संगठनको निर्माणमा जुटेको कारण उनी मन्त्रीको लागि योग्य भएको भन्दै दोडधुपमा लागेका छन् ।
माओवादी केन्द्रमा प्रदेश नं.५ मा पनि चौथो वरियताको नेताको रुपमा रहेका सांसद अथकको मन्त्रीमण्डलमा सहभागितले उत्पीडित समुदायको समेत प्रतिनिधित्व हुने भएकोले पनि उनको सम्भावना बढेर गएको हो । उनी पार्टीका अध्यक्ष प्रचण्ड निकटका नेता हुन ।
माओवादी केन्द्रको केन्द्रीय सचिवालय नेता समेत रहेका अथक पार्टीले थालेको जनयुद्धका समेत कमाण्डरको रुपमा काम गरेका नेता हुन । उनी तत्कालिन जनसरकार उप–प्रमुखको भूमिकामा यसै क्षेत्रमा क्रियाशिल रहदै पार्टीको संगठन विस्तारमा क्रियाशिल रहदै आएका थिए ।
‘समावेशी सिद्धान्त र पार्टी शान्ति प्रकृयामा आउदा पनि हालसम्म कुनै पदमा नपुगेको कारण सांसद अथक केन्द्रीय मन्त्रीका लागि योग्य मानिस हुनुहुन्छ । पार्टी नेतृत्वले पनि उहाँको पक्षमा न्याय गर्ने कुरमा आफुहरु विश्वस्थ रहेका छौ’–पार्टी निकट स्रोतले भन्यो ।

Next Post

यस्तो छ नयाँ सरकार र मन्त्रालयको भागबन्डा

१० फाल्गुन २०७४, बिहीबार १६:५९
सदरलाइनडटकम १०, फागुन काठमाडौ   :  विहीबार सम्पन्न एमाले–माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले मन्त्रालयको बाँडफाँट टुङ्ग्याएको छ। एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बीहिबार विहान बाँडफाँट गरेको स्रोतले दाबी गर्यो। स्रोतले दिएको जानकारी अनुसार एमालेको भागमा १० वटा मन्त्रालय र माओवादी केन्द्रको भागमा ६ वटा […]