लिग चरणका खेल सकिए, आईतबारदेखि सेमिफाईनलका खेलहरु हुँदै

५ फाल्गुन २०७४, शनिबार १७:३५
 

प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल

सदरलाइनडटकम
५ फागुन, नेपालगन्ज  :  नेपालगन्ज कर्भडहलमा जारी पाँचौ प्रधानमन्त्री कप अन्तराष्ट्रिय महिला भलिबल प्रतियोगिताको लिगचरणका खेल सम्पूर्ण सम्पन्न भएका छन् ।
नेपाल, भारत र बंगलादेशका गरी पाँच टिम सहभागि रहेको सो प्रतियोगितामा आईतबारदेखि सेमिफाईनल खेल हुने भएको आयोजकले जनाएको छ । आयोजक घरेलु टिम न्यु इन्द्रणी बागेश्वरी युथ क्लब बाहेकका टिमहरु क्रमश सशस्त्र प्रहरीको एपीएफ, नेपाल प्रहरीको पुलिस क्लव, शिवम् न्युडायमण्ड र बंगलादेशको इफाट टिम प्रवेश गरेका छन ।
शनिवार भएको अन्तिम लिग खेलमा एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबलाई ३–० को सोझो सेटमा पराजित गदै समूह ‘ए’ को बिजेताको हैसियतमा सेमिफाईनलमा स्थान बनाएको छ । यसैगरी शिवम् न्युडायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० ले नै पराजित गर्दै सेमी फाइनलमा आफ्नो सिट सुरक्षित बनाएको हो ।
पहिलो खेलमा एपिएफ की सरस्वती चौधरीले आफ्नो टिमलाई जिततर्फ उन्मुख गराउदै वुमन अफ दी म्याच भईन भने एपीएफले आयोजक न्यु इन्द्रणी बागेश्वरी युथ क्लबमाथी २५–१२, २५–१४ र २५–९ को सहज जित निकालेको थियो ।
आयोजक लिग चरणको पहिलो खेलमा पनि बंगलादेशको इफाटसँग पराजित भएको थियो । समूह ए बाट एक खेलमा सफलता निकालेको बंगलादेशी टिमले सेमिफाईनलमा स्थान बनाएको छ ।
नेपालगन्ज कभर्ड हलमा भएको अन्तिम लिग खेलमा शिवम् न्युडायमण्डले भारतको देहरादुन स्पोर्टस् क्लबलाई ३–० को सोझो सेटमा हराउदै समूह बिजेताको रुपमा सेमिफाईनलमा स्थान पक्का गरेको छ । क्विइक स्पाईकर ललिता नाथ वुमन अफ दि म्याच बनेको खेलमा शिवम न्युडायमण्डले देहरादुन स्पोर्टस् क्लबलाई २५–८,२५–९ र २५–४ को सेटमा पाखा लगायो ।
पहिलो खेलमा पनि नेपाल पुलिससँग ३–० को हार ब्यहोरेको पाहुना टिम देहरादुन स्पोर्टस् प्रतियोगिताबाट बाहिरिदा पुलिसले उपबिजेताको रुपमा सेमिफाईनलमा स्थान जमाएको छ । आईतबार हुने सेमिफाईनल खेलमा एपीएफ र पुलिस तथा शिवम् न्यु डायमण्ड र पहुना टिम इफाटबीच प्रतिस्पर्धा हुने छ ।


     

Next Post

डुडुवा गाउँपालिकाको पञ्चवर्षिय रणनीतिक योजना तयार गरिदै

५ फाल्गुन २०७४, शनिबार १७:३५
सदरलाइनडटकम ५ फागुन, नेपालगन्ज : बाँकेको डुडुवा गाउँपालिकाले आफ्नो समस्याको पहिचान गरि समग्र विकासका लागि रणनीतिक योजना तयार गर्न लागेको छ । गाउँपालिकाको पञ्च वर्षिय अद्यावधिक रणनीतिक योजना तयार गरि समस्या समाधान गर्नको लागि पहल सुरु भएको जनाईएको छ । गाउँपालिकाका प्रमुख नरेन्द्रकुमार चौधरीले गाउँपालिकाको भौगोलिक क्षेत्र, जनसंख्या, शिक्षा स्वास्थ्य, […]