फेरी दोहोरियो होटलमा बलात्कारको घटना

२६ माघ २०७४, शुक्रबार २०:१०
 

सदरलाइनडटकम
२६ माघ, नेपालगन्ज : नेपालगन्जमा रहेका ठूला होटलहरु नै असुरक्षित देखिएका छन् । एकपछि अर्को श्रृंखलाबद्ध तरिकाले नाम चलेका होटलमा नै युवतीहरु बलात्कारको शिकार हुन थालेपछि सबैको चासो यहाँका होटलहरु प्रति गएको छ ।
एक महिनाअघि मात्रै तीन तारेस्तरको होटेलमा दुईजना युवतिमाथि बलात्कार प्रयास भएको घटना सेलाउन नपाउँदै बिहीबार राती पुनः दरबार होटेलमा एक जना नाबालिका बलात्कारको चपेटामा परेको घटना सार्वजनिक भएको छ ।
खाजाखाने बाहानामा आएका युवाहरुले सँगै ल्याएका बालिकालाई बलात्कार गरी फरार हुँदासम्म होटेलले पत्तो पाउन सकेन । नेपालगन्जको पुष्पलाल चोक नजिक रहेको होटल दरबार ‘खाजा खान’ पुगेकी एक बालिका बलात्कृत भएकी छन् । बिहीबार राती करिव सवा १० बजेतिर होटलको २१० नम्बर कोठामा १४ बर्षिया बालिका बलात्कृत भएकी हुन् ।
पीडित युवतिहरुले आफै प्रहरीलाई खबर गरेपछि एकजना आरोपी पक्राउ परेका छन् भने मुख्य आरोपी प्रहरीको आँखा छलेर भागेका छन् । सँगै आएका अर्की युवतिलाई बलात्कारको प्रयास गर्ने सुरेन्द्र बुढालाई कोहलपुर प्रहरीले बिहीबार राती नै पक्राउ गरेको छ भने, बलात्कारमा संलग्न रुकुम चौरजहारीका २१ वर्षिय गोपाल गोपाल ऐरी फरार रहेको जिल्ला प्रहरी कार्यालय बाँकेका निमित्ति प्रहरी प्रमुख राजेन्द्र अर्यालले बताए ।
होटलमा बलात्कार भएको घटना राती साढे १० बजेतिर मात्र थाहा भएको प्रहरीले जनाएको छ । ‘पीडित बालिका आफै आएर पुष्पलाल चोकमा रहेको प्रहरी बिटलाई घटनाको बयान दिएपछि प्रहरीले तत्काल घटनापछि प्रहरीले होटलका अन्य कोठामा पनि छापा मारेको थियो । पीडित बालिकाको उद्धार गरी प्रहरीले स्वास्थ्य परिक्षण गरिसकेको जनाएको छ । स्वास्थ्य परिक्षणका क्रममा पनि बालिका बलात्कृत भएको संकेत देखिएको प्रहरी स्रोतले जनाएको छ ।

Next Post

कोहलपुर महोत्सव सुरु : कोहलपुरलाई व्यापारिक केन्द्र विन्दु बनाउने पहल गरिने

२६ माघ २०७४, शुक्रबार २०:१०
सदरलाइनडटकम २६ माघ, कोहलपुर(बाँके) : बाँकेको कोहलपुरलाई अन्र्तराष्ट्रिय व्यापारिक केन्द्र विन्दुका रुपमा विकास गर्नुपर्नेमा जोड दिएका छन् । कोहलपुरमा शुक्रबार कोहलपुर उद्योग वाणिज्य संघले आयोजना गरेको ‘कोहलपुर औद्योगिक व्यापार मेला तथा पर्यटन महोत्सव–२०७४’ को उद्घाटन गर्दै बाँके क्षेत्र नं. १ का सांसद महेश्वर गहतराजले कोहलपुरलाई भारत र चिन जोड्ने माध्यमका […]