कोहलपुर औद्योगिक व्यापार मेलाको तयारी अन्तिम चरणमा

२४ माघ २०७४, बुधबार १९:२७
 

सदरलाइनडटकम 
२४ माघ, कोहलपुर (बाँके) : शुक्रबारदेखि सुरु हुने कोहलपुर औद्योगिक व्यापार मेलाको तयारी पुरा भएको आयोजक कोहलपुर उद्योग वाणिज्य संघले जनाएको छ । ‘देश निर्माणमा कृषि, उद्योग र व्यापारको आवश्यकता, व्यवसायिक हितसँगै सामाजिक एकता’ भन्ने मुल नाराका साथ कोहलपुर व्यापारिक मेलाको मेलाको तयारी पुरा भएको बुधबार पत्रकार सम्मेलनमा जानकारी दिएको हो ।
संघको बहुआयामिक भवन निर्माणका लागि आयोजना हुन लागेको मेलाबाट स्थानीय स्तरमा पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनलाई स्थापीत गराउने कोहलपुर उद्योग वाणिज्य संघका अध्यक्ष तथा मेला आयोजक समितिका संयोजक चक्रबहादुर अधिकारीले जानकारी दिए ।
‘उपभोक्ता र व्यवासायीहरुको जम्काभेट गराउनेछ, जहाँ सस्तोमा उपभोक्ताले सामग्रीहरु खरिद गर्न सक्नेछन,’ अध्यक्ष अधिकारीले भने, ‘साथै स्थानीय उत्पादनको बजारिकरणमा समेत योगदान हुनेछ, त्यसैले सबैलाई महोत्सवको एकपटक अवलोकन गर्न अनुरोध गर्दछु ।’
उद्योग वाणिज्य महासंघका केन्द्रीय अध्यक्ष भवानी राणाले उद्घाटन गर्ने महोत्सवमा दुईसय ८ वटा व्यवसायिक स्टलहरु रहनेछन् । ५० वटा कृषि, जडीबुट, महिला लगायतका घरेलु, १८ होटेल, १५ सूचना प्रविधि, ८ वटा अटोपार्टस् र ११ वटा स्टल थारु गाउँका लागि बुकिङ्ग गरिएको र व्यवसायिक हरुमध्ये पनि ७० वटा लत्ताकपडाका स्टलहरु रहेको आयोजकले जनाएको छ ।
महोत्सवमा मुख्य आकर्षणको केन्द्रका रुपमा थारु गाउँलाई लिइएको छ । थारु संस्कृतिसँग जोडिएको सबै पहिचान देख्न पाइने आयोजकको दाबी छ । एकसय वर्ष पुृरानो तेल पेल्ने कोल प्रदर्शनमा राखिने र प्रयोग देखाएने छ । मेलाको सुरक्षाका लागि १८ वटा सीसी टिभी क्यामेरा जडान गरिएको र निजी क्षेत्रका साथै प्रहरी, सशस्त्र प्रहरी बलले समेत सुरक्षाका पहरा दिनेछन् ।

Next Post

२५ माघ २०७४ बिहिवारको राशिफल

२४ माघ २०७४, बुधबार १९:२७
मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) पूर्वाह्नको समय फलदायी रहनेछ। व्यापार–व्यवसायमा मनग्य लाभ हुनेछ। प्रेम वा मित्रताको बन्धन कसिलो हुनेछ। व्यावसाय विस्तारका लागि यात्रा गर्ने अवसर प्राप्त हुनेछ। दिउँसोदेखि भने सानातिना समस्यामै अल्झनुपर्ने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले चिताएको काम सम्पादन गर्न नसकिएला। श्रमपूर्वक समर्पित […]