फेसबुककी कार्यकारीलाई निको नहुने क्यान्सर

२४ माघ २०७४, बुधबार ०८:२१
 

सोसल मिडिया कम्पनी फेसबुककी बेलायतस्थित एकजना कार्यकारीलाई निको नहुने क्यान्सर रोग लागेको खुलासा भएको छ ।

फेसबुकको युरोप, मध्यपूर्व तथा अफ्रिका शाखाको उपाध्यक्ष रहेकी लेडी मेन्डेल्सनले आफूलाई फोलिक्युलर लिम्फोमा भनिने रक्तक्यान्सर लागेको खुलासा गरेकी हुन् ।

आफूलाई क्यान्सर लागेको कुरा आफ्ना सन्तानलाई बताउनुु आफूलाई अहिलेसम्मकै अप्ठेरो लागेको उनले बताएकी छिन् ।


फोलिक्यूलर लिम्फोमा ढिलोगरी विस्तार हुने क्यान्सर हो, जुन निको हुँदैन । यद्यपि, उपचार गरी बिरामीहरु केही वर्षसम्म बाँच्न भने सक्दछन् ।

लेडीले अब आफूले यो रोगको बारेमा फेसबुक पेजमार्फत जनचेतना जगाउने कार्यमा लाग्ने पनि बताएकी छन् ।

अष्ट्रेलियाका निकी ग्रिनहाल्गले उक्त फेसबुक पेज बनाएका थिए र अहिले लेडी पनि उक्त पेजको को एडमिनिस्ट्रेटर बनेकी छिन् ।

एजेन्सी

Next Post

७०% कर्मचारी अझै कार्यक्षेत्र पुगेनन्

२४ माघ २०७४, बुधबार ०८:२१
काठमाडौँ, २४ माघ — सरकारले ७ वटै प्रदेशमा तत्काललाई आवश्यकभन्दा आधा मात्रै कर्मचारी खटाएको छ । समायोजन प्रक्रिया बाँकी रहेको, कार्यालय व्यवस्थापनसमेत प्रक्रियामा रहेको भन्दै सामान्य प्रशासन मन्त्रालयले मंगलबारसम्म सबै प्रदेशमा करिब ७ सय ६० कर्मचारी खटाएको छ । खटिएकामध्ये ७० प्रतिशत सम्बन्धित कार्यक्षेत्र पुगेका छैनन् । समयमा कर्मचारी नपुगेपछि मन्त्रालयले कारबाहीका लागि […]