राष्ट्रियसभाका मतदातालाई भ्रमण गराइने

२४ माघ २०७४, बुधबार ०८:११
 

दाङ, २४ माघ । राष्ट्रियसभा चुनावअन्तर्गत प्रदेश नं ५ को चुनावका लागि दाङ आउने मतदातालाई दाङको घोराही उपमहानगरपालिकाले पर्यटकीय स्थलहरू भ्रमण गराउने भएको छ ।

प्रमुख नरुलाल चौधरीले घोराही उपमहानगरले घोराहीमा आउने सबै मतदातालाई अतिथिका रूपमा स्वागत गर्दै भोजनको व्यवस्था गर्ने र यस क्षेत्रका पर्यटकीय सम्पदाको अवलोकन गराउने निर्णय गरेको बताए ।

उनले विभिन्न १२ जिल्लाबाट मतदानका लागि दाङ आएका सबैलाई अतिथिका रूपमा गर्न स्वागत गेट निर्माण गर्न लागिएको प्रमुख चौधरीले बताए । त्यसपूर्व नगर क्षेत्रको सरसफाइ गरी मतदान स्थललाई व्यवस्थित बनाएको चौधरीले जानकारी दिए । ऐतिहासिक अवसरमा आउने मतदातालाई घोराही नगरले अतिथिका रूपमा स्वागत गर्न लागेको बताए ।

यसैबीच, आज हुने राष्ट्रियसभा चुनावका लागि सबै तयारी पूरा भएको मुख्य निर्वाचन कार्यालय, दाङले जनाएको छ । पाँच नं प्रदेशका लागि घोराहीमा मतदान हुनेछ । आठजना राष्ट्रियसभा सदस्यका लागि भएको हुन लागेको निर्वाचनमा तीन महिला भने निर्विरोध निर्वाचित भइसकेका छन् ।

नेपाली काँग्रेसबाट महिला कोटाका लागि राष्ट्रियसभा सदस्यका उम्मेदवार अनिता देवकोटा, नेकपा (एमाले)का तर्फबाट महिला कोटाका दाङकी कोमल वली र रोल्पाकी मीना बुढा महिला कोटामा निर्विरोध हुनुभएको हो । माघ १० गते नेकपा एमालेका चार, नेपाली काँग्रेसका चार, नेकपा (माओवादी केन्द्र) का तर्फबाट दुई र राष्ट्रिय जनमोर्चाबाट एकजनाले मनोनयन दर्ता गराएका थिए ।


दाङ, बाँके, बर्दिया, पूर्वी रुकुम, रोल्पा, प्यूठान, अर्घाखाँची, कपिलवस्तु, पाल्पा, रुपन्देही, गुल्मी, परासी जिल्ला गरी १२ जिल्लाका तीन खुल्ला, तीन महिला, एक दलित र एक अल्पसङ्ख्यक, अपांग गरी आठजना निर्वाचीत हुने संवैधानिक व्यवस्था छ ।

आठजना उम्मेदवारका लागि प्रदेश नं ५ का ८७ जना प्रदेशसभा सदस्य, स्थानीय तहअन्तर्गत १२ जिल्ला समन्वय समितिका संयोजक तथा सहसंयोजक, प्रमुख, उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्षसमेत २१८ गरी ३०५ जना मतदाता रहेका मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले जानकारी दिए ।

प्रदेश नं ५ को अस्थायी मुकाम रुपन्देही माघ ३ गते तोके पनि सरकारले प्रदेशको अस्थायी केन्द्र नतोक्दै आयोगले उच्च अदालत रहेका स्थानमा निर्वाचन अधिकृतको कार्यालय खोलेको थियो ।

रासस

Next Post

एनटीसीले प्रिपेड ग्राहकलाई सापटी दिने

२४ माघ २०७४, बुधबार ०८:११
काठमाडौं, २४ माघ : नेपाल टेलिकम (एनटीसी)ले सोमबार ‘नमस्ते क्रेडिट’ सेवाको सुरुवात गरेको छ। टेलिकमको चौधौं वार्षिकोत्सवको अवसरमा कम्पनीले नयाँ सेवाका रूपमा नमस्ते क्रेडिट सेवाको सफ्ट लन्च गरेको हो। कम्पनीले प्रिपेड फोन प्रयोगकर्तालाई लक्ष्य गरी यो योजना सार्वजनिक गरेको हो। एनसेलले उक्त सेवालाई यसअघि नै प्रयोगमा ल्याइसेकको छ। उक्त सेवा सुरु […]