सानीभेरी गाउँपालिकाले बनायो पर्यटन प्रबर्धनको पञ्चवर्षे योजना

२२ माघ २०७४, सोमबार १८:०१
 

सदरलाइन / चिना विक
२२ माघ, रुकुम (पश्चिम) : रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा रहेका पर्यटकीय क्षेत्र, धार्मिक तथा ऐतिहाँसिक क्षेत्रको विकास र आन्तरिक तथा बाह्य पर्यक भित्र्याउने लक्ष सहित पञ्चवर्षिय रणनैतिक योजना निर्माण गरिएको छ ।
सानीभेरी गाउँपालिका पश्चिम रुकुमको आर्थिक सहयोग र संस्कृति तथा पर्यटन विकास केन्द्रको आयोजनामा ३ दिने कार्यशालाको आयोजाना गरी सो योजना निर्माण गरिएको संस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष पहल सिं घर्तीले बताए ।
विज्ञ सहितको टोलीले एक हप्ता लगाएर सानीभेरी गाउँपालिका भित्रका पर्यटकिय तथा धार्मिक, ऐतिहाँसिक क्षेत्रको स्थलगत अध्ययन गरी प्रतिवेदनका आधारमा प्राथमिकता क्रममा राखेर योजना छनौट गरिएको छ ।
मौराखारामा भ्यू टावर निर्माण, प्याराग्लाइडिङ तथा पर्यटकिय गुरिल्ला पदमार्ग निर्माण, सानीभेरी नदिमा ¥याफ्टिङ सेवा, पूर्तिमकाडाको मालिका कालिका लेखमा भ्युटावर निर्माण तथा प्याराग्लाइडिङ, रिम्ना दोभानमा धार्मिक स्थल निर्माण, आदि दर्जन भन्दा बढी योजना ५ वर्षे रण नैतिक योजानामा राखिएको छ ।
संस्कृति तथा पर्यटन विकास केन्द्रको पहलमा काठमान्डौंबाट दुइ जना पर्यटन विज्ञ प्रकाश सुवेदी र हिमाल घिमिरले सानीभेरी गाउँपालिकाका विभिन्न क्षेत्रमा स्थलगत भ्रमण गराई सम्भाव्यता अध्ययन गरिएको थियो ।
अध्ययन गर्ने टोलिले फाल्गुनको पहिलो साता सम्भावित क्षेत्रको योजनाको ड्रापफ्ट तयार गरी गाउँकार्यपालिकामा बुझाउने संस्कृति तथा पर्यटन विकास केन्द्रका अध्यक्ष घर्तीले बताए ।
पर्यटनसंग सस्कृति, आर्थिक समृद्धी तथा रोजगारी जोडिएकाले यस क्षेत्रको विकासमा सानीभेरी गाउँपालिकाले पाँच वर्षमा अनुभुती हुने गरी परिवर्तन गर्ने गाउँपालिका अध्यक्ष नरबहादुर पुनले बताए । ३ दिने कार्यशालामा सानीभेरी गाउँ कार्यपालिका सदस्यहरु तथा स्थानीय अगुवाको सहभागिता थियो ।

Next Post

जर्मन दूतावासको प्रतिनिधि मण्डलद्वारा उप–महानगरपालिकाको अवलोकन

२२ माघ २०७४, सोमबार १८:०१
सदरलाइनडटकम   २२ माघ, नेपालगन्ज : नेपालस्थित जर्मनी दूतावासका बैदेशिक सहयोग विभागका प्रमुख श्रीमती क्लाउडिया हिपेलगायतको प्रतिनिधि मण्डलको टोलीले सोमबार नेपालगन्ज उप–महानगरपालिकाको कार्यालयको अवलोकन गर्दै सेवा प्रवाहबारे चासो राखेको छ । विभाग उपप्रमुख फ्लोरेन्स फोग्त, जीआईजेड नेपालका निर्देशक श्रीमती एल्के फोष्टर लगायतले अपरान्ह कार्यालयका विभिन्न शाखाको अवलोकन गरेका थिए । टोलीले […]