प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा, प्रचण्डले उद्घाटन गर्ने

९ माघ २०७४, मंगलवार १८:३३
 

सदरलाइनडटकम 
९ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा आगामी बिहीबारदेखि सुरु हुने प्रादेशिक महोत्सव–२०७४ को ९५ प्रतिशत तयारी पुरा भएको छ ।  पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गर्ने महोत्सव यहि माघ ११ देखि २२ गतेसम्म नेपालगन्जको सडक डिभिजन परिसरमा सञ्चालन गर्न लागिएको आयोजक संघले पत्रकार सम्मेलन गरि जानकारी दिएको छ ।
महोत्सवको तयारीका बारेमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा बोल्दै महोत्सव आयोजक मुल समितिका संयोजक नन्दलाल बैश्यलले उद्योग वाणिज्य संघको विशेष आग्रहमा प्रचण्ड नेपालगन्ज आउन लागेको बताए ।
उनले पूर्व प्रधानमन्त्री प्रचण्डसँगै नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणा पनि महोत्सवको उद्घाटन समारोहमा सहभागी हुने जानकारी दिए । उनले उद्दघाटन समारोहमा हेलिकोप्टरबाट पुष्पवर्षा गर्ने तयारी गरिएको बताए ।
संघिय संरचना कायम भएपछि नेपालगन्जमा पहिलो पटक प्रादेशिक महोत्सव आयोजना गर्न लागिएको बताउँदै संयोजक बैश्यले महोत्सवबाट संकलीत रकम बहुउद्धेश्यीय सभागृह निर्माणमा खर्च गरिने बताए ।
उनले महोत्सवमा २ सय ६० वटा ब्यवसायीक स्टल, ५ कृषी, ४ जडिबुटी, १४ अटोमावाईल्स, २२ रेष्टुरेन्ट र १६ विदेशी स्टलसहित कुल ३ सय २१ स्टल रहने जानकारी दिए । उनले आन्तरिक र भित्रि साजवटको काम बाहेक अन्य सबै तयारी पुरा भएको जानकारी दिएका छन् ।
महोत्सवका लागि आवश्यक सम्पूर्ण तयारी पुरा भएको बताउँदै नेपालगन्ज उद्योग वाणिज्य संघका महासचिव तथा सचिवालय ब्यवस्थापन समितिका संयोजक अजय कुमार टण्डनले महोत्सवबाट १ करोड बढि रकम बचत गर्ने लक्ष्य लिईएको बताए ।
५ लाख बढिले महोत्सवको प्रत्यक्ष अवलोकन गर्ने बताउँदै टण्डनले राष्ट्रिय तथा अन्तराष्ट्रिय उत्पादनको प्रवद्र्धनमा महोत्सवको भूमिका महत्वपूर्ण रहने बताए । महोत्सवलाई ब्यवस्थितरुपमा संचालन गराउन तथा दर्शकहरुको सुरक्षा ब्यवस्थालाई मध्यनजर गर्दै महोत्सव परिसरमा २४ वटा सिसि क्यामरा जडान गरीएको महासचिव टण्डनले जानकारी दिए ।
माघ ११ गतेबाट संचालन गरीने महोत्सवको उद्घाटन समारोह अघि नगरका बिभिन्न क्षेत्रबाट साँस्कृतीक झाँकी सहितको कलश यात्रा निकाल्ने तयारी गरीएको छ । सो समारोहका लागि हात्तीको पनि ब्यवस्था मिलाइएको र आवश्यक तयारी समेत पुरा भैसकेको बताईएको छ । महोत्सवमा अमेरिकी ब्याण्डका कलाकारहरुको समेत विशेष प्रस्तुती रहने उद्योग वाणिज्य संघद्धारा जारी प्रेस विज्ञप्तीमा उल्लेख गरिएको छ ।


Next Post

कृष्णी थारु मुक्त कमैयाँ महिलादेखि प्रदेससभा सदस्यसम्म !

९ माघ २०७४, मंगलवार १८:३३
सदरलाइनडटकम     ९ माघ, नेपालगन्ज : कमैया महिलाको पहिचानको अधिकारका लागि करिब दुई दशकदेखि अभियानमा अगुवाई गर्दै आएकी बर्दियाकी कृष्णी थारु ५ नम्बर प्रदेश सभा सदस्य बनेकी छन् । बाल्यकालदेखि अरुको घरमा काम गर्दै आएकी कृष्णी विवाह पश्चात पनि उनी जमिन्दारको घरमा बुक्रहीको रुपमा काम गर्द थिइन । तत्कालिन सरकारले […]

सम्बन्धित