प्रदेसको राजधानी माग्दै नेपालगन्जमा पापडको नेतृत्वमा प्रदर्शनी

५ माघ २०७४, शुक्रबार १५:०५
 

सदरलाइनडटकम
५ माघ, नेपालगन्ज : प्रदेस नं. ५ को राजधानी मागगर्दै नेपालगन्जमा प्रदर्शन गरिएको छ । पेशागत संघ संगठनहरुको अगुवाईमा भएको प्रदर्शनीमा प्रदेस नं. ५ को राजधानी बाँकेमा नभए नयाँ मुलुक नयाँ प्रदेशको अवधारणा अघि सार्दै अन्दोलन चर्काईने भएको छ ।
शुक्रबार पापड बाँकेको आयोजनामा आव्हान गरिएको प्रदर्शनीमा रुपन्देही बाँकेका लागि अपायक पर्ने भएकाले रुपन्देहीलाई कुनै पनि हालतमा प्रदेसको राजधानी मान्न नसकिने बाँके निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित सांसद मो. ईस्तियाक राइले बताए । उनले भने–‘ बाँके बर्दियालाई प्रदेसको राजधानी बुटवल रुपन्देही कदापी पायक पर्दैन त्यसैले हामी त्यो मान्न सक्दैनौ । ’
पापडको आयोजनामा भएको प्रदर्शनीमा राजनीतिक दलका प्रतिनिधि, बुद्धिजीवि, उद्योगी व्यापारी, पत्रकार, कानुन व्यवसायी एवं पेशाकर्मीहरुको सहभागिता रहेको थियो । नयाँ मुलुक नयाँ प्रदेशको अवधारणा अघिसार्दै आन्दोलन चर्काईने बाँके निर्बाचन क्षेत्र ३ क बाट निर्वाचित प्रदेस सभा सदस्य आईपी खरेलले बताए ।
नेपाली काँग्रेसका प्रदेस सभा सदस्य सुरेन्द्र हमालले राज्यको नियतको कारण नेपालगन्ज पुरानो र भौतिक प्रर्वाधार भएर पनि पछाडि पारीएको आरोप लगाए ।


नेपालगन्ज उप–महानगरपालिकाका प्रमु्ख डा. धवल शम्शेर राणाले एै्रतिहासिक शहरको रुपमा रहेको नेपालगन्जको अस्तित्व नै समाप्त गर्ने गरी पूर्वाधार सबै भएर पनि बाँकेलाई पछाडी पारीएको बताए । उनले शान्तिपूर्ण तथा दवावमुलक दह्रो आन्दोलनको विकल्प नरहेको ठोकुवा गरे ।
बाँकेलाई राजधानी बनाउन आन्दोलनको विकल्प नभएकोमा सबै बाँकेबासी एकमत हुुँदै आन्दोलन घोषणा गरिएको पापडको नेतृत्व गरिरहेको बार नेपालगन्जका अध्यक्ष बलबहादुर चन्दले जानकारी दिए ।
कार्यक्रममा एमालेका उपाध्यक्ष निरक गुरुङ्ग, नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्य, ईञ्जिनियर एशोसियसनका प्रतिनिधिलगायतले सम्बोधन गरेको र्याली नगर परिक्रमा गरेर बीपी चोकमा समापन भएको थियो ।


    

Next Post

नेपालगन्जमा प्रतिनिधि मुलक उपस्थितिमा राजधानी माग्दै आन्दोलन : समाचार टिप्पणी

५ माघ २०७४, शुक्रबार १५:०५
सदरलाइनडटकम    ५ माघ, नेपालगन्ज : नेपालगन्जमा प्रदेश नं. ५ को राजधानीको माग गर्दै शुक्रबार विभिन्न पेशागत संघ संगठनको छाताको रुपमा रहेको पापड बाँकेको आयोजनामा नेपालगन्जमा प्रदर्शनी समेत गरिएको छ । सरकारले गत बुधबार प्रदेस नं. ५ को राजधानी रुपन्देही तोकेपछि दाङ्गमा कडा आन्दोलन गरिए पनि बाँकेमा भने ३ दिनपछि […]