प्रादेशिक महोत्सवको प्राथामिकता उद्योग व्यावसायको प्रर्बद्धन भन्दा साँस्कृतिक कार्यक्रमतर्फ

१ माघ २०७४, सोमबार १९:३१
 

सदरलाइनडटकम
१ माघ, नेपालगन्ज : नेपालगन्ज उद्योग बाणिज्य संघको आयोजनामा नेपालगन्जमा आगामी माघ ११ देखि २२ गतेसम्म हुन लागेको प्रादेशिक महोत्सवको तयारी अन्तिम चरणमा पुगेको आयोजकले जनाएको छ ।
कृषि, जडिबुटी, उद्योग, व्यावसायको विकास तथा समृद्धिको लागि नेपालगन्जको कारकाँदोमा रहेको सडक विभागको परिसरमा आधुनिक सभागृह र प्रदर्शनी स्थल निर्माण गर्ने भन्दै नेपालगन्ज उद्योग बाणिज्य संघले करिव १० वर्षदेखि महोत्सवको आयोजना गर्दै आएको छ ।
‘सडक विभागको परिसरमा आधुनिक सभागृह र प्रदर्शनी स्थल निर्माण गर्ने भन्दै हरेक वर्ष जसो संघले मेला महोत्सवको आयोजना गर्दै आएको भए पनि हालसम्म निर्माणको कुनै पनि काम थालनी गरेको छैन’– संघका निवर्तमान उध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भने–‘मेरै पालामा १ करोड बढी रकम आधुनिक सभागृह र प्रदर्शनी स्थल निर्माण गर्नेको लागि जम्मा भएको छ । तर, केही काम अगाडि बढ्न सकेन ।’
उसो त सभा हल र प्रशर्दनी स्थलको निर्माणको लागि संघले मेला महोत्सवको आयोजना गर्दै आएको भएपनि उद्योग, कलकारखाना, व्यावसाय, कृषि र जडिबुटीको क्षेत्रमा भएका सम्भावनाहरुको खोजि गरिने मुल नारा भए पनि महोत्सवको केन्द्र बिन्दू नितान्त साँस्कृतिक कार्यक्रम मात्र हुने गरेको व्यावसायीहरुको आरोप छ ।


संघले नेपालगन्जका उद्योग व्यावसायको प्रबद्र्धनको लागि खासै ध्यान नदिएको कारण सीमापरीको रुपैडिहा बजार दिनानुदिन फस्टाउदै जानु तर, नेपालगन्जको व्यावसाय दिनानुदिन धाराशायी हुदै गएको भन्दा पनि हरेक वर्ष जसो मेला र महोत्सवको आयोजना गरेर मनोरञ्जन गर्ने कार्य हुँदै आएको स्थानीय व्यावसायीको आरोप छ ।
‘स्थानीय स्तरको कला र संस्कृतिलाई झाँकीमा मात्र सिमित राखेर राष्ट्रिय कलाकारको कमाउने र उनीहरुको सेवामा समर्पित बनाउने कारणले पनि नाम अनुसारको प्रादेशिक महोत्सव हुन नसक्ने आयोजकले विभिन्न स्थानमा टाँसेका होर्डिङ्गबोर्डले पनि संकेत गरेको छ’–नेपालगन्ज त्रिभुवन चोकका एक व्यावसायीले भने–‘स्थानीय कलाकारको कतै नाम निसान नै छैन होर्डिङ्ग बोर्डमा हेर्दा पनि उद्योग धन्धा कलकारखाना र कृषिलाई भन्दा राष्ट्रिय कलाकारको महोत्सव हुदै गरेको भान भएको छ ।’
यसैबीच प्रादेशिक महोत्सव–२०७४ का संयोजक तथा नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैश्यले महोत्सवको सबै तयारी सकिने चरणमा रहेको बताए । उनले स्टल विक्रि तथा कलाकार अनुबन्धका सबै काम सकिएको बताए । उनले महोत्सवले स्थानीयलाई समेट्ने प्रयास भएको दाबी गरे ।


 

Next Post

पूर्वी रुकुममा तरुल खन्न गएका दुई जना डडेलोमा परि मृत्यु एक गम्भीर

१ माघ २०७४, सोमबार १९:३१
सदरलाइनडटकम २ माघ, पूर्वी रुकुम : माघे सक्रान्तीको लागि तरुल खन्न जंगल गएका दुई जनाको जंगलमा लागेको डडेलोमा परी ज्यान गएको छ भने एक जना गम्भीर घाइते भएका छन् । घटना गत पुस २९ गतेको हो । रुकुम पूर्वको पुथाउतरगंगा गाउपालिका– ३ को लालपाटन जंगलमा लागेको डडेलोमा परेर वडानं. ७ […]

सम्बन्धित