माडवारी युवा मञ्चले आयोजना गरेको रक्तदान कार्यक्रममा ३५ जनाले गरे रक्तदान

२९ पुष २०७४, शनिबार १६:०५
 

सदरलाइनडटकम  
२९ पुस, नेपालगन्ज  : मारवाडी युवा दिवसको अवसर पारेर माडवाडी युवा मञ्च नेपालगन्जले शनिबार नेपालगन्जमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । व्यापारीक पृष्ठभूमिका मारवाडी समुदायका युवाहरु समाजिक कार्यमा सक्रिय रहनको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको मारवाडी युवा मञ्च नेपालगन्जका अध्यक्ष महेश अग्रवालले जानकारी दिए ।
नरम स्वाभावका मानिने मारवाडी समुदायका युवाहरु अहिले सामाजिक क्षेत्रमा अग्रसर हुँदै काम गरिरहेका छन् । मारवाडी युवाहरु अब व्यापार गर्ने मात्रै नभएर समुदायको विकासका लागि पनि अग्रसर हुने मारवाडी युवा मञ्च नेपालगन्जका अध्यक्ष अग्रवालले दाबी गरे ।
‘हामीले विपन्न वस्तीहरुमा चाँडै नै स्वास्थ्य शिविर सञ्चालन गर्ने योजनासमेत बनाएका छौँं,’ अध्यक्ष अग्रवालले भने, ‘व्यापार मात्र नभई समुदायका लागि पनि केही गर्नुपर्छ भन्ने भावनाका साथ एकीकृतरुपमा सक्रियता पूर्वक लाग्नेछौँ ।’ उनले मारवाडी घरानाका युवाहरु समाजमा सामाजिक अभियन्ताको नमूना बन्नुपर्नेमा जोड दिँदै भने, ‘सामाजिक विकास र समृद्धिका लागि हामीहरु सक्रियतापूर्वक सहयोग गर्न तयार छौँ ।’

व्यापार गरेर मात्रै नपुग्ने बताउँदै अध्यक्ष अग्रवालले मारवाडी युवाहरुले राम्रो समाजमा राम्रो काम पनि गर्नुपर्नेमा उनले जोड दिदै मारवाडी युवा दिवसको अवसर पारेर रक्तदान कार्यक्रमको आयोजना गरेको बताए । ‘रक्तदान जिवनदान’ भन्ने मुल नाराका साथ आयोजना गरिएको रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेको अध्यक्ष अग्रवालले जानकारी दिए ।
मञ्चका अध्यक्ष महेश अग्रवालले रगतको अभाव खड्किएर कसैको ज्यान नजाओस् भन्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटीसँगको समन्वयमा रक्तदान कार्यक्रम गरिएको बताए । रक्तदान गरौं अरु र आफ्नो जीवन बचाऔं भनेर रक्तदान कार्यक्रम गरिएको बताउँदै अध्यक्ष अग्रवालले रक्तदान गर्ने सबैमा धन्यावाद ज्ञापन गरेका छन् ।


 

 

Next Post

मिस्टर एण्ड मिस टिन नेपालगन्जको आयोजना गरिदै माघ १५ देखि अडिशन

२९ पुष २०७४, शनिबार १६:०५
सदरलाइनडटकम २९ पुस, नेपालगन्ज : बाँकेका विभिन्न विद्यालयमा अध्ययनरत विद्यार्थीलाई लक्षित गरी मिस्टर एण्ड मिस टिन नेपालगन्ज प्रतियोगिता आयोजना गरिने भएको छ । मुन मिडिया हाउस काठमाण्डौले नेपालगन्जमा सो प्रतियोगिता गर्ने शनिबार पत्रकार सम्मेलनको आयोजना गरी जानकारी दिएको हो । आयोजक संस्था मुन मिडिया हाउसका सञ्चालक बिजय खत्रीले बाँकेमा अध्ययनरत […]