सल्यानका तीन बालकले बनाएको हेलिकोप्टर मोटर बिग्रदा उडान भर्न सकेन

२८ पुष २०७४, शुक्रबार १६:३८
 

सदरलाइनडटकम
२८ पुस, सल्यान : सल्यान सिद्धकुमाख गाँउपालिकाको निराजन मावि ढोरचौरमा अध्यनरत बालकहरुको टोलीले सानो हेलिकोप्टर निर्माण गरेका छन् । सिद्धकुमाख गाँउपालिका–५ का १५ वर्षिय दिपक रानाले घर नजिकैका कक्षा ७ मा अध्यनरत साथी १३ वर्षिय बसन्त बुढाथोकी र कक्षा ५ मा पढ्ने १२ वर्षिय निरज रोकासंग मिलेर हेलिकप्टर निर्माण गरेका हुन ।
उनीहरुले निर्माण गरेको हेलिकप्टर सल्यानमा जारीे छैठौं कृषि, पशु, वन, पर्यटन, उद्योग, व्यापार तथा साँस्कृतिक महोत्सवमा प्रदर्शन गरिएको छ । आफुहरुले बनाएको सानो नमुना हेलिकप्टर यसरी महोत्सवमा प्रदर्शन गर्न पाउदा निकै खुशी भएको बताउदै रानाले भने ‘हामीले १५ दिन लगाएर हेलिकप्टर तैयार पारेका हौं । यस महोत्सवमा हामीले बनाएको हेलिकप्टर उडाउने विचार थियो मोटर बिग्रिएर उडाउन सकेनौं तर छिटै उडाउने छौं ।’ २ जना बस्न मिल्ने सो हेलिकप्टर करिब २० मीटर माथि उड्न सक्ने रानाले बताए ।
फलाम काठ र जस्तापाताबाट निर्मित हेलिकोप्टरमा उडाउनका लागि मोटर, ब्याट्री, अन गर्नलाई स्वीच, हेडफोन लगायतका आवश्यक सामाग्री पनि रहेको बुढाथोकीले बताए । उनले खुशी हुदै भने ‘सानो छंदा कागजको हेलिकप्टर बनाएर उडाउथ्यौं अहिले सानो हेलिकप्टर बनाउन सफल भयौं भविश्यमा ठूलै हेलिकप्टर बनाउने योजना छ ।’


१२ वर्षीय निरज रोकाले भने ‘अहिले सानो हेलिकप्टर निर्माण गर्दा आमा बुवाले साथ दिनु भयो भविश्यमा समयले साथ दिए हामीले ठूलो हेलिकप्टर निमार्ण गर्ने छौं र नेपालको आकाशमा उडाउने छौें ।’उनीहरुले केहि स्थानीय श्रोत साधन र बाँकी सामाग्री नेपालगन्जबाट ल्याएर हेलिकोप्टर निर्माण गरेको बताए । सल्यानमा जारी महोत्सवमा उनीहरुले बनाएको हेलिकोप्टर मुख्य आकर्षकको रुपमा रहेको छ ।
महोत्सवमा आउने दर्शकले सानो हेलिकप्टर नजिकैबाट निशुल्क हेर्न पाउदा खुशी व्यकत गर्नुका साथै तिनै जना बालकको प्रशंसा समेत गर्ने गरेका छन् । महोत्सव पुस ३० गतेसम्म चल्ने आयोजकले जनाएको छ ।
महोत्सबमा जिल्लाका कृषक उद्यमीहरुले उत्पादन गरेका खाद्यान्न बाली तथा बिभिन्न बालीका बिउ बिजन, तरकारी, फलफुल, दलहन नगदे बालीका साथै कृषि जन्यबस्तु, पशुजन्य, बनजन्य, घरेलु तथा साना उद्योगबाट उत्पादन गरिएका र हस्तकालबाट उत्पादन गरिएका सामाग्रीहरुको प्रदर्शन गरिएकोे छ ।


 

Next Post

बागेश्वरी एग्रो सीड प्रालिको सार्वजनिक सुनुवाई

२८ पुष २०७४, शुक्रबार १६:३८
सदरलाइनडटकम २८ पुस, नेपालगन्ज : बाँकेमा सञ्चालनमा रहेको बागेश्वरी एग्रो सीड प्राईभेट लिमिटेड नेपालगन्जले शुक्रबार दोश्रो सार्वजनिक सुनुवाई सम्पन्न गरेको छ । साना तथा मझौला कृषक आयस्तर बृद्धि योजना बाँकेको कृषि व्यवसाय अनुदान सहयोगमा प्राप्त मसुरो बीउ उत्पादन, खरीद, प्रशोधन तथा बजारीकरण उपआयोजना अनुदानमा  सञ्चालित  कार्यक्रमको  सार्वजनिक  सुनुवाई  गरिएको हो […]