नेपालगन्ज उप–महानगरपालिकाको वडामा अब अनलाइन सेवा

१८ पुष २०७४, मंगलवार १९:२४
 

सदरलाइनडटकम 
१८ पुस, नेपालगन्ज : नेपालगन्ज उपमहानगर क्षेत्रमा व्यक्तिगत घटना तथा सामाजिक सुरक्षा कार्यक्रमलाई सहज र प्रभावकारी बनाइउनको लागि प्रविधि युक्त बनाईने भएको छ ।
नेपालगन्ज उप–महानगरपालिकाका हरेक वडामा अब अनलाईन प्रणालीमार्फत व्यक्तिगत घटना दर्ता तथा सामाजिक सुरक्षा भत्ता वितरण सेवालाई व्यवस्थित गरिन लागिएको हो ।
उप–महानगरका २३ वटै वडाका वडा सचिव र सहायकलाई लक्षित गरेर नेपालगन्ज उप–महानगरपालिका उप–महानगर कार्यपालिकाको कार्यालयले ४ दिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेपछि अबको केही दिनमै सो सेवा शुरु गरिने भएको हो ।
प्लान इन्तरनेशलन नेपालको सहयोगमा उप–महानगरद्वारा सञ्चालित कार्यक्रममा सामाजिक सुरक्षा सिद्धान्त, प्रयोग, घटना दर्ता प्रमाणीकरण, दर्ता नवीकरण, मृत्यू दर्ता, बसाई सराई, विवाह दर्ता लगायतमा सञ्चार प्रविधि (अनलाईन) को प्रयोग, उपादेयता र सहजता लगायतका विषयमा सहभागिलाई सिकाइएको थियो ।


उप–महानगरपालिकाका नगर प्रमुख डा. धवल शमशेर राणाद्वारा उद्घाटित कार्यक्रममा शाखा अधिकृत एवं कार्यक्रम संयोजक गणेश न्यौपाने, उप–महानगरपालिका सूचना प्रविधि अधिकृत घनश्याम बर्मा, खजुरा गाउँपालिकाका सूचनाप्रविधि अधिकृत सुरेश साहु, वैजनाथ गाउँपालिकाका वडा सचिव निमबहादुर थापा, कोहलपुर नगरपालिकाका कम्प्यूटर अपरेटर करुणा विष्ट, डुडुवा गाउँपालिकाका कम्प्यूटर अपरेटर शिवकुमार मौर्य लगायतले सहजीकरण गरेका थिए ।
समापन समारोहमा नेपालगन्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा मगरले जनशक्ति व्यवस्थापनसँगै सूचना प्रविधि लगायतमा दक्षता अभिवृद्धि गर्नुपर्ने आवश्यक्तामा जोड दिईन । अनलाईन सेवाले वडाको काम, कारवाहीलाई सहज र प्रभावकारी बनाउने विश्वास पनि उनले व्यक्त गरिन । यस्तै प्लान इन्टरनेशनल नेपालगन्जका म्यानेजर स्नेहलता श्रेष्ठले कर्मचारीको क्षमता विकासमा सहकार्यका लागि प्रतिवद्धता व्यक्त गरिन ।


Next Post

हाईस बसको ठक्करबाट चितुवाको मृत्यु

१८ पुष २०७४, मंगलवार १९:२४
सदरलाइन / रुद्र सुवेदी     १८ पुस, नेपालगन्ज : पूर्वपश्चिम राजमार्ग अन्तरगतको राप्ती सोनारी गाउँपालिका–१ बाघखोरमा हाइस बसको ठक्करबाट चिुतवाको मृत्यु भएको छ । मंगलबार मध्यान्ह १२ बजेतिर नेपालगन्जबाट प्युठान जाँदै गरेको बा ४ ख २९७४ नम्बरको यात्रु बाहक हाइस बसले बाँके राष्ट्रिय निकुन्जमा पर्ने पूर्वपश्चिम राजमार्ग बाघखोरमा चितुवालाई ठककर […]

सम्बन्धित