बाँके राजधानीका लागि नव निर्वाचित जनप्रतिनिधी एकमत, दबाब सिर्जनामा जोड

१८ पुष २०७४, मंगलवार १८:३२
 

सदरलाइनडटकम
१८ पुुस, नेपालगन्ज : नेपालगन्ज उप–महानगरपालिकाले मंगलबार एक कार्यक्रमको आयोजना गरी बाँकेका नव निर्वाचित प्रतिनिधी तथा प्रदेश सभा सदस्यहरुलाई स्वागत गरेको छ । स्वागत तथा शुभकामना कार्यक्रममा सहभागि बाँकेका नवनिर्वाचित प्रतिनिधी तथा प्रदेश सभा सदस्यहरुले बाँकेलाई प्रदेश नं. ५ को राजधानी बनाउन दवाव सिर्जना गर्ने पक्षमा रहेदै प्रतिबद्धता समेत जनाएका छन् । यद्यपी सरकारले आज मात्र दाङलाई प्रदेश न ५ को राजधानी तोकेको छ ।
सो कार्यक्रममा बाँके क्षेत्र न २ का प्रतिनिधी सभा सदस्य मो इस्तियाक राइले राजधानीका लागि बाँके भन्दा उपयुक्त स्थान अन्यत्र नभएको जीकीर गर्दै राजधानीका लागि बाँकेका सबै जनप्रतिनीधीको एउटै आवाज रहेको दावी गरे । पार्टीबाट चुनाव लडेर जिते पनि आफनो क्षेत्रको समग्र विकासका लागि अब आफुहरु पार्टी र राजनीती भन्दा माथि उठन सक्नु पर्ने उनको सुझाव युक्त भनाई थियो ।
क्षेत्र न १ का प्रतिनिधी सभा सदस्य महेश्वर गहतराज(अथक)ले जोखीम नमोली सहजै प्रदेश राजधानी नहुने भएकाले त्यसका लागि पनि साझा र दिर्घकालिन धारणासँगै आन्दोलनको आवश्यक्तामा पनि जोड दिए ।
क्षेत्र न २ ख का प्रदेश सभा सदस्य सुरेन्द्र हमालले जनसेवकका रुपमा जनताको आवाजलाई सम्वोधन गर्न तयार रहनु पर्ने भन्दै आपसी हातेमालोको खाँचो औल्याए । क्षेत्र न २ क का प्रदेश सभा सदस्य विजय यादवले हरेक दृष्टिकोणले बाँकेलाई राजधानी बनाउन उपयुक्त हुने भन्दै अब बन्ने वाम गठवन्धन सकरात्मक हुनुपर्ने बताए ।
उप–महानगरपालिकाका प्रमख डा राणाले प्रदेश राजधानीका लागि बाँके हर तरहले उपयक्त भएको भन्दै आफनो तहबाट हर प्रयास र सहकार्य जारी रहने प्रतिवद्धता व्यक्त गरे । उप–महानगरपालिकाका उप प्र्रमुख मगरद्धारा स्वागत गरिएको कार्यक्रममा क्षेत्र न १ का प्रदेश सभा सदस्यद्धय कृष्णा केसी(नमूना), आरती पौडेल, क्षेत्र न ३ का प्रदेश सभा सदस्य बाबुराम गौतमले नगरको समग्र विकासका लागि सदैव तयार रहेको प्रतिवद्धता व्यक्त गरेका थिए ।
सो कार्यक्रममा हालै निर्वाचित सदस्यहरुलाई उप–महानगरपालिकाका नगर प्रमुख डा धवल शमशेर राणा र उपप्रमुख उमा थापामगरले दोसल्लासहित स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिए । नगरको समग्र विकासको लागि आपसी प्रगाढ सम्वन्ध तथा सहकार्यको बातावरण बन्नु पर्ने आशयसहितको कार्यक्रममा उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरि प्याकुरेल, वडा अध्यक्ष, सदस्य लगायतको सहभागिता रहेको थियो ।


 

Next Post

चिसो बढेपछि चोकचोकमा उप–महानगरपालिकाद्वारा आगो ताप्ने व्यवस्था मिलायो

१८ पुष २०७४, मंगलवार १८:३२
सदरलाइनडटकम  १८ पुस नेपालगन्ज : नेपालगन्जमा अत्यधिक चिसो बढेपछि नेपालगन्ज उप–महानगरपालिकाले चिसोबाट जोगिनको लागि नगरका विभिन्न सार्वजनिक स्थानहरुमा आगो ताप्ने ब्यवस्था मिलाएको छ । विगत तीन दिनदेखि हुस्सु र कुहिरोसँगै बढेको चिसोले जनजीवन प्रभावित बनेपछि सोमबार साँझदेखि नै भिडभाड हुने नगरका विभिन्न स्थानमा आवागमन गर्ने सर्व साधारणका लागि न्यानो पार्न […]