राप्रपा अध्यक्ष कमल थापा पूर्वराजासंगको भेटबारे के भन्छन हेर्नुहोस भिडियो सहित

१५ पुष २०७४, शनिबार १९:२८
 

सदरलाइनडटकम   
१५ पुस, नेपालगन्ज : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री कमल थापाले शनिबार दिउसो पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालगन्जमा भेटेका छन् ।
उनले आफ्नो भेट शिष्टाचार मात्र भएको स्पष्ट पारे । उनले भने–‘ अघि दिउसो उहाँसग शिष्टाचार भेट भएको हो । शिष्टाचार भेटमा शिष्टाचार कुरा मात्रै भयो ।’ उनले पूर्व राजाको मध्य तथा सुदूर पश्चिमको भ्रमण होटलको उद्दघाटन र यस क्षेत्रको पर्यटकिय र धार्मिक स्थलको भ्रमणको लागि मात्र भएको आफुले जानकारी पाएको बताउदै भने–‘पूर्व राजाको मध्य र सुदुर पश्चिम भ्रमण राजनीति उद्देश्यले अभिप्रेरित भएको जस्ता मलाई लाग्दैन मात्र होटल सोल्टीको उद्दघाटन, धार्मिक भ्रमणको लागि मात्र भएको आफुले पाए ।’
उनले आफुहरु बीचको भेटका अवसरमा पूर्व राजासंग देशको हालको परिस्थितिको बारेका विचा आदान प्रदान गरिएको बताए । उनले भने–‘हामी दुईबीचको भेटमा उहाँ (पूर्व राजा)ले राप्रपाको कार्यक्रमको बारेमा चासो राख्नु भयो र मैले पनि उहाँको भ्रमणको बारेमा जिज्ञासा राखेको थिए । यो भेट त्यस्तो कुनै राजनीतिक दृष्टिले अर्थ राख्ने नभई नितान्त शिष्टाचार मात्र हो ।’


Next Post

बाँकेका बालबालिकाको पढाईको स्तर सुधारोन्मुख

१५ पुष २०७४, शनिबार १९:२८
सदरलाइन / रुद्र सुवेदी १६ पुस, नेपालगन्ज  : प्राथामिक तहका बालबालिकाको पढाई सीपमा परिवर्तन ल्याउदै उनीहरुबीचमा पढाईको स्तर बढाउने उद्देश्यले सञ्चालनमा रहेको प्रारम्भिक कक्षा पढाई सीप कार्यक्रमको नतिजा आउन सुरु भएको छ । शिक्षा मन्त्रालय शिक्षा बिभागले बाँके लगायत देशका विभिन्न ६ वटा जिल्लामा पाइलोट प्रजेक्टको रुपमा सञ्चालन गरेको यो […]