बागेश्वरी मन्दिर व्यवस्थापन गर्न पहल सुरु : सरसफाईदेखि सडक विस्तारसम्म

२८ मंसिर २०७४, बिहीबार १८:२८
 

सदरलाइनडटकम
२८ मंसिर, नेपालगन्ज : यस क्षेत्रकै हिन्दू धर्मावलम्बीहरुको आस्थाको केन्द्र नेपालगन्जको बागेश्वरी मन्दिरको बृहत्तर विकासको लागि पहल शुरु गरिएको छ । नेपालगन्ज उप–महानगर प्रमुख डा. धवल सम्शेर राणाको अध्यक्षतामा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरिएसँगै नियमित भएका छलफल र वैठकबाट बागेश्वरी मन्दिर व्यवस्थापनसँगै पुर्वाधार विकासमा पनि पहल कदमी लिइएको हो ।
समितिका अध्यक्ष लगायतका पदाधिकारी, उप–महानगरपालिका उपप्रमुख उमा थापा, नेपालगन्ज–२ का वडाध्यक्ष सुनिल सिंह हमाल, मन्दिरका मुल महन्थ चन्द्रनाथ योगी लगायतको उपस्थितीमा बसेको वैठकले त्रिवेणीमोडदेखि धम्वोझी चौकसम्मको सडकलाई (१० मिटर) विस्तार गर्ने लगायतका महत्वपूर्ण निर्णय गरेको छ ।
सडक विस्तार गर्ने क्रममा बागेश्वरी मन्दिरका पश्चिम दक्षिण तर्फका संरचनाहरुको आर्कीटेक्ट इन्जिीनियरको सहयोगमा तीन तला नक्सा, लागत इष्टिमेट सहित सो को आर्थिक लगानीका लागि गुठी संस्थान केन्द्रीय कार्यालयमा पठाउने, तलाउलाई छेकी बनाइएका पसलहरुलाई पार्कको पुर्व गेटको उत्तरतिर व्यवस्थापन गर्ने, दक्षिण पुर्वमा ४०÷८०को कथा, भजन, प्रवचनको लागि खुला स्टेज तयार गर्ने, श्रीपेचसहितको पार्क क्षेत्रलाई चिल्ड्रेन पार्क बनाउने लगायतका निर्णय गरिएका छन् ।
मन्दिर उत्तरतर्फ घरबारी  टोलदेखि  न्यू रोडसम्म सडक निर्माणका लागि उप–महानगरपालिकालाई अनुरोध  गर्ने,  मन्दिरको  पुर्वाधार  र संरचना निर्माणका लागि आर्कीटेक्ट इन्जिनीयर नियक्त गर्ने,  मन्दिरको  विद्युत  वक्यौता  प्रत्येक  महिनामा  एक  लाख  तिर्ने,  मन्दिर परिसरमा  टायल,  मार्वल  लगाउने, शैचालय सफाई गर्ने लगायतका कार्य गर्ने गरि तयारी भइरहेको सचिव गोपाल अधिकारीले जानकारी दिए ।
बागेश्वरी मन्दिरको समग्र विकाससँगै सो को सरसफाई, सौन्दयर्ता, संरक्षण र सम्वद्र्धनमा विशेष प्राथमिकता दिइने समितिका अध्यक्ष एवं उपमहानगरपालिका प्रमुख डा राणाले बताए । समितिले मन्दिरको सम्पूर्ण व्यवस्थापन प्रभावकारी ढंगले हेर्ने धेरैको विश्वास रही आएको छ ।

Next Post

आठौ राष्ट्रिय शैक्षिक महोत्सवको उद्घाटन गर्दै उपराष्ट्रपति पुनले भने : मुलुकले अव नयाँ युगमा प्रवेश गर्यो

२८ मंसिर २०७४, बिहीबार १८:२८
सदरलाइनडटकम २८ मंसिर, नेपालगन्ज : उपराष्ट्रपति नन्दबहादुर पुनले स्थानीयतहको निर्वाचनेदेखि प्रदेश र प्रतिनिधिसभा निर्वाचन समेत सौहार्दपूर्ण तरिकाले सम्पन्न गर्दै मुलुक अब नयाँ युगमा प्रवेश गरेको बताएका छन् । नेपाल पुस्तक तथा स्टेशनरी व्यवसायी महासंघले नेपालगन्जमा आयोजना गरेको आठौ राष्ट्रिय पुस्तक प्रदर्शनी तथा शैक्षिक महोत्सवको उदघाटन गर्दै उनले सो कुरा बताएका […]