विज्ञान र प्रविधिको क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सुझाव

३१ आश्विन २०७४, मंगलवार १८:५२
 

सदरलाइनडटकम
३१ असोज, नेपालगन्ज : नेपाल सरकारका विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव डा. सन्जय शर्माले विज्ञान र प्रविधिको क्षेत्रलाई राजनीतिबाट मुक्त राख्न सके मात्र मुलुकले प्रगती गर्न सक्ने बताएका छन् ।
नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान, त्रिभुवन विश्व विद्यालय महेन्द्र बहुमुखी क्याम्पस र मध्यपश्चिम विश्वविद्यालय विज्ञान तथा प्रविधि संकायले नेपालगन्जमा आयोजना गरेको ‘नेपालमा विज्ञान तथा प्रविधिको विकास बर्तमान स्थिति एवम भविश्य सम्बन्धित अवधारण परामर्श गोष्ठिलाई सम्बोधन गर्दै सो बताएका हुन ।
उनले भने–‘मुलुकको प्रगतिको लागि विज्ञान र प्रविधिको क्षेत्र मात्र नभएर समग्र शिक्षा प्रणालीलाई नै राजनीति मुक्त बनाउन आवश्यक देखिएको छ ।’ उनले आवश्यक भन्दा बढी राजनीतिको कारण स्पष्ट नीति नहुनु र भएका नीतिमा रहेर पनि काम गर्ने बताबरण नभएको कारण पछयैटे पन बढेको जिकिर गरे ।


उनले विज्ञान र प्रविधिको क्षेत्रमा रणनीतिक योजना बनाएर अघि बढ्नको लागि यस्ता खालका अन्तरक्रियाले सहयोग पुर्याउने बताए । उनले नीति भएर कार्यान्वयन गर्ने निकायले योजना र नीति अनुसार काम नगरे त्यसको प्रतिफल बाहिर नआउने भएकोले हाल सोही अनुसार भएको बताए ।
सो कार्यक्रमका सहजकर्ता तथा प्रा. डा दिनेशराज भुजुले प्रविधि तथा आविस्कारको क्षेत्रले मात्र राष्टको सर्वाङ्गिन विकास तथा सम्मृद्धिको लागि ढोका खोल्ने भएकोले राज्यले विनियोजन गरेको बजेटको कम्तिमा पनि ५ प्रतिशत बजेट खोज तथा आविस्कारको लागि छुट्याउन आवश्यक रहेको औल्याए ।


उनले विज्ञान तथा प्रविधि राज्यको अति नै उच्च महत्वको क्षेत्र हुनु पर्ने तर विडम्बना अति नै कम महत्वको हुँदा प्रति व्यक्ति आयमा तथा आर्थिक बृद्धिदरमा समेत २० वर्षदेखि हलचल गर्न नसकेको दावी गरे । उनले प्रदेस नंं. ५ र ६ मा प्राकृतिक सम्पदा र संभावना अति भएपनि गरिबी, अशिक्षा र पछ्यौटेपन यीनै प्रदेशमा भएको बताए ।
महेन्द्र बहुमुखि क्याम्पस नेपालगन्जका विज्ञान संकाय प्रमुख रविन्द्र कर्णलृ स्वागत गरेको कार्यक्रममा सो क्याम्पसका क्याम्पस प्रमुख गणेश रेग्मी, मध्य पश्चिम विवि विज्ञान संकायका डिन प्रा. डा. देवबहादुर खड्का र धम्बोजी उमाविका प्रअ किरण आचार्यलगायतले आफ्नो विचार राखेको कार्यक्रममा शिक्षक, तथा विभिन्न क्षेत्रका व्यक्तिहरुको सहभागिता रहेको थियो ।


 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Next Post

बाँके प्रहरीद्वारा राँझाबाट १४ जना जुवाडेसहित डेढ लाख बरामद

३१ आश्विन २०७४, मंगलवार १८:५२
सदरलाइनडटकम ३१ असोज, नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिका वडानं. २० राँझाबाट बाँके प्रहरीले जुवातास खेल्ने र खेलाउने १४ जनालाई नियन्त्रणमा लिएर अनुसंधान सुरु गरेको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका सह प्रवत्ता तथा प्रहरी निरिक्षक बिरबहादुर थापाले दिएको जानकारी अनुसार राँझाका नन्दबहादुर थापाको घरमा जुवा खेल्दै गरेका घरभेटी थापा सहित सोही […]