बाँके क्षेत्र नंं १ बामगठबन्धनको कब्जामा परेपछि यसरी मच्चाए धुम… (भिडियोसहित)

२५ मंसिर २०७४, सोमबार १५:३२
 

सदरलाइनडटकम 
२५ मंसिर, नेपालगन्ज  : बाँके निर्वाचन क्षेत्र नं. १ को प्रतिनिधि सभा र प्रदेश सभाका ३ वटै सिट बाम गठबन्धनको कब्जामा परेपछि कार्यकर्ताहरुले नाचगानका साथ धुम मच्चाएका छन् ।
गत मंसिर २१ गते सम्पन्न निर्वाचनमा बाम गठबन्धका तर्फबाट महेश्वर गहतराज अथकले ३१ हजार १ सय ७३ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका माधवराम खबीले २८ हजार २ सय १० मै चित्त बुझाउनु परेको थियो ।
प्रदेश सभा १ क मा बाम गठबन्धनका कृष्णा केसी नमूना विजयी भएकी छन् । उनले १३ हजार ४ सय ३६ मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी लोकतान्त्रिक गठबन्धनका सरद चन्द्र बर्माले १० हजार २ सय ४० ल्याएका छन् ।

बाँके क्षेत्र नं.१ को ख मा बामगठबन्धन की आरती पौड्यालले १९ हजार ३ सय ८९ मत ल्याई बाजी मारेकी छन् । उनले लोकतान्त्रिक गठबन्धनका नारायण प्रसाद गौडेललाई ४ हजार १ सय ८४ मतले पछाडि पार्दै सो क्षेत्र बाट प्रदेश सभा सदस्यको लागि निर्वाचित भएकी हुन । गौडेलले १५ हजार २ सय ५ मत प्राप्त गरेका थिए ।
यसैबीच सो क्षेत्रको मतपरिणाम आईतबार राती आएको कारणले सोमबार बिहान एमाले पार्टी कार्यालयमा जम्मा भएर नेपालगन्ज नगर परिक्रमा गरी कोहलपुरतर्फ लागेका छन् ।


 

Next Post

शहरी स्वास्थ्य सेवा सञ्चालनका लागि भवन शिलन्यास

२५ मंसिर २०७४, सोमबार १५:३२
सदरलाइनडटकम   २५ मंसिर, नेपालगन्ज :  शहरी स्वास्थ्य क्लीनिक सञ्चालनको लागि नेपालगन्ज – २३ स्थित ३ कठ्ठा सरकारी जमीनमा आठ कोठे भवनको सोमबार भवनको शिलान्यास गरिएको छ । स्वास्थ्य मन्त्रालय प्राथमिक स्वास्थ्य सेवा पुनर्जागरण महाशाखाको सहयोगमा नेपालगन्ज उप–महानगरपालिकाले भवन निर्माण गर्ने भएको हो । ६५ लाख ४३ हजार लागतमा निर्माण हुने […]