१४ किलो चरेशसहित ४ पक्राऊ

२३ मंसिर २०७४, शनिबार १८:५१
 

सदरलाइनडटकम 
२३ मंसिर, नेपालगन्ज : प्रहरीले १४ किलो चरेश सहित ४ जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ । शुक्रवार राती करिव ११ बजे विशेष सुचनाको आधारमा संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जको टोलीले बाँकेको बैजनाथ गाउँपालिका–१ चिसापानीबाट १४ किलो चरेश सहित ४ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरीले दिएको जानकारी अनुसार पक्राउ पर्नेहरुमा जाजरकोट कुसे गाउँपालिका पजारु–८ बस्ने २७ बर्षिय अर्जुन बस्नेत, सोही ठाउँका ३० बर्षिय रामबहादुर खत्री, २२ बर्षिय प्रेमबहादुर खत्री र सोही ठाउँकै ४३ बर्षिय प्रेमबहादुर खत्री रहेका छन् ।
संघिय प्रहरी इकाई कार्यालय बाँकेले पत्रकार सम्मेलन गरि सार्वजनिक गर्दै संघिय प्रहरी ईकाईका डिएस्पी नान्तीराज गुरुङले १४ किलो लागुऔषध चरेश सहित ४ जनालाई विशेष सूचनाको आधारमा पक्राउ गरेको बताए । पक्राउ परेकालाई अनुसन्धान गरि कानुनी कारवाहीका लागि प्रकृया अघि बढाईने डिएसपी गुरुङले बताए ।
पक्राउ परेका चारै जनाले आफुहरुले ५ हजारको लोभमा ठूलै झमेलामा परेको दुखेसो पोखे । ५ हजार रुपैया दिन्छु भनेर अन्यत्र ठाउँमा पु¥याउन लगाएको र आफु त्यसै क्रममा पक्राउ परेको उनीहरुले बताएका छन् ।
पहिले दुई जनालाई प्रहरीले पक्राउ गरेको थियो बाटोमा दुई जनालाई भेटाएपछि एउटै गाउँका हुन भनेर दुई जनालाई पनि पक्राउ गरेको पक्राउ परेका मध्येका एक जनाले भने । हामीहरुको केही दोष छैन त्यही पनि हामीलाई समातेर ल्याएको उनले पत्रकार सम्मेलनमा भने ।

Next Post

सुशील ‘दा’ को क्षेत्र संघिय समाजबादी फोरमको कब्जा, यसरी मनायो खुसीयाली

२३ मंसिर २०७४, शनिबार १८:५१
सदरलाइन / रुद्र सुवेदी   २४ मंसिर, नेपालगन्ज : बाँकेमा बहुचर्चित निर्वाचन क्षेत्र नं.२ जुन क्षेत्रबाट काँग्रेसका पूर्व सभापति सुशील कोईरालाले चुनाव लड्दै आएका थिए त्यो क्षेत्र काँग्रेसले राप्रपालाई सुम्पदा पनि आफ्नो बर्चस्व बचाउन सकेन । बाँके प्रतिनिधि सभामा क्षेत्र नं २ बाट संघिय समाजबादी फोरमले जीत निकालेको छ । बाम […]