बाँके २ ‘ख’ मा लोकतान्त्रिकका हमाल र ३ ‘क’ मा बामगठबन्धनका खरेल विजयी

२३ मंसिर २०७४, शनिबार १७:४६
 

सदरलाइनडटकम
२३ मंसिर, नेपालगन्ज : गत मंसिर २१ गते भएको निर्वाचनको परिणाम आउन सुरु भएको छ । बाँकेमा प्रदेश सभातर्फ दुई स्थानको अन्तिम मत परिणाम सार्वजनिक हुँदा बाँके निर्वाचन क्षेत्र नं. २ ख मा नेपाली कांग्रेसका उम्मेदवार सुरेन्द्र हमाल र प्रदेश सभा ३ क मा नेकपा माओवादी केन्द्रका उम्मेदवार इन्द्रप्रसाद खरेल विजयी भएका छन् ।
हमालले ९,२११ मत प्राप्त गरी विजय हासिल गरेका छन् । त्यस्तै खरेल १६,६७५ मत प्राप्त गरी विजयी भएका छन् । हमालका निकटतम् प्रतिद्वन्दी संघीय समाजबादी फोरमका दुर्गेश कुमार गुप्ताले ८,४३२ मत प्राप्त गरे । त्यस्तै खरेलका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका चन्तराम थारुले १४,९१ मत प्राप्त गरे ।


प्रतिनिधि सभातर्फ ३ वटा निर्वाचन क्षेत्र र प्रदेश सभातर्फ १ स्थानबाहेक अन्य क्षेत्रमा मतगणना जारी छ । पछिल्लो विवरण अनुसार प्रतिनिधि सभा क्षेत्र नम्बर १ मा नेकपा माओवादी केन्द्रका महेश्वर गहतराज अथकले ७,६११ मतका साथ अग्रता कायमै राखेका छन् ।
उनलाई नेपाली कांग्रेसका माधवराम खत्रीले ६,६३० मतका साथ पछ्याइरहेका छन् भने प्रदेश सभा १ क मा पनि माओवादी केन्द्रकी कृष्णा केसी नमुनाको अग्रता कायमै छ । हालसम्म नमुनाको ९,३२२ र नेपाली कांग्रेसका शरदचन्द्र बर्माको ६,८१८ मत रहेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा संघीय समाजबादी फोरमका मोहम्मद इस्तियाक राई १४,२९३ मतका साथ अग्रस्थानमा छन् भने उनलाई सूर्य चुनाव चिन्ह लिएर निर्वाचन लडेका पशुपतिदयाल मिश्रले ९,८५१ मत प्राप्त गरेका छन् । तेस्रो स्थानमा रहेका राप्रपाका ओमप्रकाश आजादले ८,६७३ मत पाएका छन् ।



प्रदेश सभा २ क मा पनि संघीय समाजबादी फोरमका विजय यादवको अग्रता कायमै छ । यादवको अहिलेसम्म ७,९४ मत छ भने कांग्रेसका निरन्जनसिंह सिंजापतिको ४,१४२ मत रहेको छ ।
प्रतिनिधि सभा क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार नन्दलाल रोकाय १५,७५२ मतका साथ पहिलो स्थानमा छन् भने नेपाली कांँग्रेसका बादशाह कुर्मी ११,७२२ मतका साथ दोस्रो स्थानमा रहेका छन् । क्षेत्र नं. १ ख को अझैं मतगणना शुरु भएको छैन भने क्षेत्र नं. ३ ख को भर्खरै मतगणना शुरु भएको छ ।

     

Next Post

कोहलपुर कार्यालयमा अख्तियार दुरुपयोगका उजुरीको ओईरो

२३ मंसिर २०७४, शनिबार १७:४६
सदरलाइनडटकम  २३ मंसिर, नेपालगन्ज : अख्तियार दुरुपयोग अनुसन्ंधान आयोग कोहलपुर कार्यालयमा विभिन्न विषयमा भएका अनियमितताको छानविनको लागि विभिन्न जिल्लाबाट उजुरीको ओईरो आउने गरेको पाईएको छ । अख्तियार दुरुपयोग अनुसन्ंधान आयोग कोहलपुर कार्यालयले नेपालगन्जमा भ्रष्टाचार बिरुद्धको अन्तराष्ट्रिय दिवसको अवसरमा आयोजना गरिएको अन्तरक्रियाको अवसरमा सो कुरा बताईएको हो । कार्यालय प्रंमुख प्रहरी […]

सम्बन्धित