प्रचारको अन्तिम दिन नेपालगन्जका व्यावसायीले मागे गुप्ता र मिश्रलाई मत

१८ मंसिर २०७४, सोमबार २०:२३
 

सदरलाइनडटकम
१८ मंसिर, नेपालगन्ज : नेपालगन्जका उद्योगी व्यावसायीहरुले बामगठबन्धनका उम्मेदवारलाई विजय गराउन अपिल गर्दै नेपालगन्जका विभिन्न स्थानमा प्रदर्शन गरेका छन् ।
नेपालगन्ज उद्योग बाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्यको अगुवाईमा नेपालगन्जका उद्योगी व्यावसायीहरुको समुहले बाम गठबन्धनका उम्मेदवार बाँके निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार पशुपतिदयाल मिश्र, क्षेत्र नं. २ ख का उम्मेदवार विजयकुमार गुप्ता समेतको उपस्थितिमा मत माग्दै र्याली निकालेको र्याली तयारी समितिका संयोजक सेम शाक्यले जानकारी दिए ।
बामगठबन्धनले प्रतिनिधि सभा बाँके निर्वाचन क्षेत्र नं २ र प्रदेश सभा २ ख मा पहिलो पटक व्यावसायी उद्योगीलाई उम्मेदवार बनाएको भन्दै प्रचार प्रसारको अन्तिम दिन उनीहरुको पक्षमा मत माग्दै हिडेका हुन ।
उनले बाँके निर्वाचन क्षेत्र नं. २ मा सोमबार गुप्ता र मिश्रको समर्थनमा खजुरारोड, घरबारीटोल, एकलैनी, सदरलाइन हुँदै त्रिभुवनचोक पुगेर कोणसभामा परिणत भएको बताए । कोण सभालाई नेपालगन्ज उद्योगबाणिज्य संघका अध्यक्ष नन्दलाल बैष्य, उम्मेदवार मिश्र र गुप्ताले सम्बोधन गरेका थिए ।

 


Next Post

३० वर्षदेखि उपभोग गर्दै आएको एैलानी जमिनमा घर बनाउदा जमिन्दारले अदालतबाट रोक्का लगाएपछि विचल्लीमा रैदास परिवार

१८ मंसिर २०७४, सोमबार २०:२३
सदरलाइन / रुद्र सुवेदी १९ मंसिर नेपालगन्ज : ‘जाँहा पातलो त्याहाँ प्वाल’ भने झै बाँके जानकी गाउपालिका–२ बकोटियाका दुईघर चमार परिवारको लागि माथिको उक्ति ठ्याक्कै मिल्दो भएको छ । तिस वर्षअघिदेखि गाँउको किनारमा रहेको ठूलो खाडलको छेउमा ऐलानी प्रति जमिनमा बुकुरो बनाएर बस्दै तराईका सिमान्तकृत तथा दलित समुदायकी माया रैदास […]