द्वन्द्वप्रभावित महिलाहरुविच सहभोजले आत्मियता कायम गरेको दावी

१५ मंसिर २०७४, शुक्रबार १७:३१
 

सदरलाइनडटकम
१५ मंसिर, नेपालगन्ज : द्वन्द्वपीडित तथा एकल महिला सञ्जाल बाँकेको आयोजनामा द्वन्द्वप्रभावित महिलाहरु बिच आपसी मेलमिलाप र सहअस्तित्वको भावना विकास गर्नका लागि सहभोजको आयोजना गरिएको छ ।
सञ्जालले ‘टिआरसी प्रक्रियामा द्वन्द्व प्रभावित महिलाहरुको न्यायमा पहुँच’ परियोजना अन्र्तगत गठन गरिएका महिला शान्ति कक्षका सदस्यहरु विच सहभोज कार्यक्रम गरिएको जनाएको छ । पहिलो चरणको कार्यक्रममा साविकका टिटिहिरीया, बनकटवा र महादेवपुरी गाविसका र दोस्रो चरणमा साविकका नौबस्ता र चिसापानी गाविसका द्वन्द्व प्रभावित तथा एकल महिलाहरुको सहभागिता रहेको थियो ।
द्वन्द्वपीडित तथा एकल महिला सञ्ंजाल बाँकेले गत मंसिर ३ गतेदेखि राप्तिसोनारी–९ मा र मंसिर १५ गते वैजनाथ–१ गाभरमा दुई चरण गरी सहभोजको आयोजना गरेको जनाएको हो ।
सहभोजले द्वन्द्वका कारण पीडित र प्रभावितबीच आफसी सौहार्दता बढ्ने सहभागी चम्पा विक बताईन । राज्यबाट यातना पाएकी उनले आफु जस्तै अरु दिदि बहिनीहरुले आफ्ना समस्या गुनासो सहित परिचय आदान प्रदान गर्न पाउदा पनि मन हलुंङ्गो भएको बताउदै यस्ता कार्यक्रमले आपसी मेलमिलाप र सहयोगको भावना विकास हुने विश्वास व्यक्त गरिन ।
त्यसैगरी द्वन्द्वकै क्रममा श्रीमान बेपत्ता पारिएकी बाँके बानियाभारकी उत्तिमा रोकायले विभिन्न पक्षद्धारा प्रभावित महिलाहरुलाई संगै राखि सहभोज गराउनुले आफुहरु बिच परिचय, दुख सुख साटासाट र एक अर्कामा निकट गराउन मद्दत पुगेको बताईन । उनले भनिन–‘यस्ता कार्यक्रमले आपसी मनमुटाव समेत कम गरि शान्ति स्थापनामा सहयोग पुग्ने विश्वास रहेको छ ।’ महिला शान्ति कक्षमा राज्य तथा गैर राज्य पक्षबाट पीडित भएका महिलाहरुको सहभागिता रहेको छ ।
द्वन्द्व कालमा बेपत्ता, हत्या, यातना, विस्थापित, यौनहिंसा र अयोग्य लडाकु समेतको सहभागी रहेको यी समुहहरुमा अझै पनि मनमुटाव रहेको हुँदा उनीहरु विच मनमुटाव हटाउन साृ सहभोजको आयोजना गरिएको र आसन्न प्रदेशको निर्वाचन लगत्तै द्वन्द्वकालमा गैर न्यायिक हत्या गरिएका र बलपूर्वक बेपत्ता पारिएकाहरुका आफन्तीहरु बिच बाँकेको कोहलपुरमा ‘पिस भिजाईल’ शान्ति शुद्धाशुद्धी कार्यक्रम आयोजना गर्न लागिएको शान्ति परियोजनाका जिल्ला फोकल पर्सन आरति केसीले जानकारी दिईन ।
उनले यस्ता खाले कार्यक्रमले राज्य तथा गैरराज्य पक्षद्वारा बनाईएका पीडितहरु विच आपसी मेल मिलाप सहअस्तित्वको भावनाको विकास गर्ने दाबी गरिन । शान्ति परियोजना अन्र्तगत गठन गरिएको महिला शान्ति कक्षमा १ सय २५ जना द्वन्द्व प्रभावित तथा एकल महिलाहरु समावेश रहेको परियोजनाले सन् २०१६ मार्च यता साविका बनकटवा, टिटिहीरीया, महावदेवपुरी चिसापानी र नौबस्ता गाविसमा समुह गठन गरी विभिन्न कार्यक्रम संचालन गरि रहेको छ । 

 


 

Next Post

नेपालगन्जलाई आधुनिक शहरमा बदल्ने बामगठबन्धनका उम्मेदवारको अठोट

१५ मंसिर २०७४, शुक्रबार १७:३१
सदरलाइनडटकम १५ मंसिर, नेपालगन्ज : निर्वाचनको तिथि नजिकिदै गर्दा मतदातालाई आफ्नो पक्षमा पार्नको लागि विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारलाई भ्याई नभ्याई रहेको छ । यसक्रममा वाम गठबन्धनबाट बाँके क्षेत्र नं. २ का उम्मेद्वार पशुपतिदयाल मिश्र र क्षेत्र नं. २ ‘ख’का उम्मेद्वार विजयकुमार गुप्ताले नेपालगन्जलाई अत्याधुनिक शहरका रुपमा विकसित गर्ने […]