४१ वर्ष अनवरत क्रियाशिल शिक्षिका शाहलाई भव्य कार्यक्रमका बिच सम्मानसहित विदाई

७ मंसिर २०७४, बिहीबार १८:४२
 

सदरलाइनडटकम
७ मंसिर, अछाम :अछामको तुर्माखाँदमा रहेको श्रीकालिकेश्वरी उच्च माध्यामिक विद्यालयकी शिक्षिका रमादेबी शाहलाई विद्यालयले भव्य कार्यक्रमका बिच सम्मान गरेको छ ।
४१ वर्षदेखि सो द्यिालयमा अध्यापन गराउँदै आएकी शिक्षिका शाहले गत असोज २४ गते अवकाश प्राप्त गरेपछि विद्यालयद्वारा एक भब्य कार्यक्रमको आयोजना गरेर उनको सेवा निबृत्त बिदाई तथा सम्मान कार्यक्रमको आयोजना गरेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी शिक्षक अभिभावक सँघका अध्यक्ष चक्रबहादुर बयकले शाहलाई कदर पत्र र मायाको चिनो प्रदान गरे भने कार्यक्रमका अन्य अतिथीहरुले दोसल्ला, माला लगाई शाहलाई सम्मान गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी बयकले लामो समय कार्यरत शाहको प्रशंसा गर्दै भने–‘शाहले ४१ वर्ष लामो समय अविछिन्न रुपमा अध्यापन गराई विद्यालयको चौतर्फि विकासमा पु¥याएको योगदान अतुलनिय छ । विद्यालयमा अहिले शिक्षकदेखि व्यवस्थापन समिति र अभिभावकसँघका पदाधिकारीहरु सबै वहाँकै शिष्यहरु छन्, शिष्यहरु नैं पदाधिकारी भएर बिदाई गर्न पाउनु हाम्रो अहोभाग्य हो ।’
कार्यक्रममा बोल्दै बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष झँकरबहादुर बुढाले ईमान्दार, योग्य र कर्तव्यनिष्ठ शिक्षिकाको रुपमा शाहले बिद्यालयमा कार्य गरेको उल्लेख गरे । उनले आफुलाई पढाएको गुरुलाई बिदाई गर्न पाउँदा गौरवान्वित भएको बताए ।


कार्यक्रममा विद्यालयका निमावि शिक्षक परमभक्त भण्डारी, मावि. शिक्षक बद्रिप्रसाद धमाला, उमावि. शिक्षक महेन्द्रबहादुर शाही लगाएतले शिक्षिका शाहको बारेमा बोलेका थिए । विद्यालयलाई माबि., उमाबि. बनाउन शाहले महत्वपूर्ण भूमिका निर्बाह गरेको भन्दै शाहलाई बधाई तथा धन्यवाद ज्ञापन गरिएको थियो । बोल्ने बक्ताहरुले लगनशिलताका साथ लामो समय अध्यापन गराई हजारौं बिद्यार्थीहरुलाई मार्गदर्शन गरेको भन्दै शाहको प्रशंसा गरेका थिए ।
कार्यक्रममा बोल्दै सम्मानित शाहले आफ्नो भूमिकालाई महत्व दिएर सम्मान सहित बिदाई गरेकोमा बिद्यालय परिवारलाई धन्यवाद ज्ञापन गरिन । उनले अनवरत रुपमा बिद्यालय मार्फत शिक्षाको ज्योती छर्न पाएकोमा गर्ब महसुस भएको बताईन । आफूले पढाएका विद्यार्थीहरु शिक्षक, बिभिन्न समितिहरुको पदाधिकारी, पत्रकार, निजामति कर्मचारी, प्रहरी, सेना, कलाकार बन्नुका साथै बिभिन्न अहोदामा पूग्न सफल भएकोमा खुसी व्यक्त गरिन २०३० साल असोजदेखि २०३१ कार्तिकसम्म अछामको नाडास्थित श्री कालिकेश्वरी नेराप्राबिमा अध्यापन गराएकी शाहले २०३३ साल पौष १९ गतेदेखि अस्थाई नियुक्ति लिई २०३४ असार ८ गतेदेखि स्थायी रुपमा प्राबि. स्तर शिक्षकको रुपमा कार्य गरेकी थिईन । २०४९ सालमा कार्यसिमा पार गरेकी शाहको २०५५ सालमा द्धितिय श्रेणी बढुवा हुनुका साथै २०६६ सालमा प्रथम श्रेणी बढुवा भएको थियो ।
शाहको उत्कृष्ठ कामको मूल्याँकन गर्दै शिक्षा दिवसको अवसरमा शिक्षा मन्त्रालयले ०५४ सालमा नगद सहित शाहलाई पदक र प्रशंसा पत्र प्रदान गरि सम्मान गरेको थियो भने जिल्ला शिक्षा कार्यालय, बिद्यालय लगाएत बिभिन्न सँघ—सँस्थाबाट बिभिन्न समयमा प्रशंसा—पत्र र कदर—पत्र प्रदान गरि वहाँलाई सम्मान गरिएको थियो । सम्मानित शाह नेपालगन्जका पत्रकारद्वय जयनारायण शाह र नमस्कार शाहका पुजनिय माता हुन ।


   

Next Post

जनताले एकीकृत राप्रपा राष्ट्रवादीलाई रोज्ने छन् : प्रवक्ता कंडेल

७ मंसिर २०७४, बिहीबार १८:४२
सदरलाइनडटकम   ७ मंसिर, नेपालगन्ज  : एकीकृत राप्रपा राष्ट्रबादीबाट बाँके निर्वाचन क्षेत्र नं. २ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार तेजनारायण कंडेलले आसन्न निर्वाचनमा आफु र आफ्नो पार्टीका लागि मतदान गर्न आव्हान गरेका छन् । बुधबार आफ्नो निर्वाचन क्षेत्रका विभिन्न स्थानहरुमा मतदाताहरुसंग घरदैलो र छलफल गर्दै उनले आफुले जिते बाँकेको मुहारनै फेरीने गरी […]