जुम्लाका बुढाले चुमे नेपालगन्ज म्याराथन तेस्रे संस्करणको उपाधी

५ मंसिर २०७४, मंगलवार १९:५१
 

सदरलाइनडटकम
५ मंसिर, नेपालगन्ज : बिस्तृत शान्ति सम्झौताको दिनमा आयोजना हुने ‘नेपालगन्ज म्याराथन’को तेस्रोे संस्करण उपाधी जुम्लाका दुर्गाबहादुर बुढाले २ घन्टा २६ मिनेट ५८ सेकेन्डमा दौड पुरा गर्दै चुमेका छन् । विभागिय टोलीका खेलाडीलाई झन्डै २२ सेकेन्डपछि पार्दै दुर्गाले सो उपाधि हात पारेका हुन । विजेता बुढा बाहेक शीर्ष ८ मा सबै स्थान विभागिय टोलीका खेलाडीले कब्जा गरेका छन् ।
यसैगरी महिला हाफ म्याराथनको शीर्ष तीनमै विभागका टोलीको वर्चश्व रहेको छ । त्रिभुवन आर्मीकी रेसु बस्नेतले हाफ म्याराथन जितिन् । रेसुले १ घन्टा २४ मिनेट ४५ सेकेन्डमा दौड पुरा गरेकी थिइन् । आर्मीकै चन्द्रा रावतले १ घन्टा २८ मिनेट ०६ सेकेन्ड दोस्रो र नेपाल एपिएफ क्लबकी कृष्णश्वरी सिन्तकला १ घन्टा ३० मिनेट ०७ सेकेन्ड तेस्रो स्थान हासिल गरिन् ।
म्याराथनमा आर्मीका खडकबहादुर खड्का २ घन्टा २७ मिनेट २० सेकेन्ड दोस्रो , एपिएफका गणेशसिंह ठकुरी २ घन्टा २८ मिनेट ३५ सेकेन्ड तेस्रो भए । विजेता दुर्गाले ५५ हजार रुपैयाँ, दोस्रोले २५ हजार, तेस्रोले १५ हजार, चौथो स्थान हासिल गर्नेले १० हजार, पाँचौंले ८ हजार, छैठौंले ७ हजार, सातौंले ६ हजार र आठौंले ५ हजार रुपैयाँ प्राप्त गरे ।


हाफ म्याराथनमा विजेता रेसुले ३० हजार, द्धितीयले १५ हजार र तृतीयले १० हजार पाएका छन् । हाफ म्याराथनमा शीर्ष छ जना नगदबाट पुरस्कृत हुनेछन् । त्यसमा चौथो स्थान हात पार्नेले ७ हजार, पाँचौंले ६ हजार र छैठौंले ५ हजार पाउनेछन् ।



५ किलोमिटर दौडमा छात्रातर्फ जुम्लाकी राममाया बुढा र छात्रतर्फ नरेश बुढा विजयी भए । रामायाले १९ मिनेट ४२ सेकेन्डमा तथा नरेशले १६ मिनेट ५५ सेकेन्डमा दौड पुरा गरेका थिए । छात्रार्फ जुम्लाका विवेक कठायत (१७ मिनेट १५ सेकेन्ड) दोस्रो, बाँकेका अरविन्द क्षत्री १८ मिनेट तेस्रो भएका थिए । छात्रामा जुम्लाकी अमृता भण्डारी (२० मिनेट ३३ सेकेन्ड) र सल्यानकी चन्द्रकुमारी घर्ती २१ मिनेट ५०)तेस्रो स्थान हासिल गरेकी थिइन् । 
ह्विलचियरतर्फ कमल बुढा पहिलो, नन्कु थारु दोस्रो र दीपक दराई तेस्रो भएको थियो । उनीहरुले ५हजार, ३ हजार र २ हजार रुपैयाँ प्रदान गरिएको थियो । सोही अवसरमा आयोजित नृत्यमा नेपालगन्ज मोडल एकेडेमीका गरिमा चौधरी प्रथम, जयबागेश्वरी दीपेश थापा दोस्रो र ग्रिनपिस स्कुलका प्रिन्सा खड्का तेस्रा भइन् । विजेताले १०, दोस्राले ७ र तेस्रो हुने ५ हजार रुपैयाँ प्राप्त गरे । सबै इभेन्ट्समा गरि ६ सय ५६ भन्दा बढीको सहभागिता रहेको थियो ।
क्रियटिभ्स ह्यान्ड्सको आयोजनामा भएको नेपालगन्ज म्याराथनको उद्घाटन राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशवकुमार विष्ट, नेपालगन्ज उप महानगरपालिकाका मेयर धवल शम्सेर राणाले संयुक्त रुपमा गरेका थिए ।     

Next Post

बाँकेमा लोकतान्त्रिक गठबन्धनको प्रचार अभियान र घरदैलो जारी

५ मंसिर २०७४, मंगलवार १९:५१
सदरलाइनडटकम    ५ मंसिर, नेपालगन्ज : बाँकेमा लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुले घरदैलो, भेटघाट र चुनावी सभालाई जारी राखेका छन् । लोकतान्त्रिक गठबन्धनबाट नेपाली काँग्रेसका प्रतिनिधि सभा क्षेत्र नम्बर १ का उम्मेदवार माधवराम खत्री र प्रदेश सभा–१ क का उम्मेदवार शरदचन्द्र बर्माले मंगलबार नरैनापुर गाउँपालिकास्थित लक्ष्मणपुर, कटकुइँया लगायतका ठाउँमा घरदैलो गरेका छन् । […]